अठारौँ
शताब्दीमा इङ्गल्यान्डमा जन्मेका जोन न्युटन प्रखर
वक्ता, कविसाथै भजन लेखक
थिए । येशू
ख्रीष्टलाई अङ्गाल्नुअगि तिनकै भाषामा भन्नुपर्दा
तिनी एक भयानक
“ईश्वर–निन्दक” थिए जसले
पापलाई माया गर्थे
। तर परमेश्वरले
तिनलाई सामुन्द्रिक आँधीबाट बचाउनुभएपछि
तिनले आफ्नो बाँकी
जीवन ख्रीष्टको निम्ति
समर्पित गरे ।
तिनका भजनहरूमध्ये अम्याजिङ् ग्रेस (अचम्मको अनुग्रह) बहुचर्चित
भजन हो जुन
तिनको पद्यात्मक जीवनी
हो ।
आफ्नो
आत्मिक यात्रा थाल्नुअगि तिनले
दास दासीहरूको व्यापार
गर्थे । तर
तिनको जीवनमा नाटकीय
परिवर्तन आएपछि तिनले ४०
वर्षसम्म पास्टरको रूपमा प्रभुको
सेवा गरे ।
बाइबल अध्ययनबाट दास
प्रथा ख्रीष्टियान शिक्षाको
विपरीत छ भन्ने
बुझेपछि तिनी मानव
बेचविखनको विरुद्धमा उत्रेका थिए
। ख्रीष्टाब्द १८०७
मा इङ्गल्यान्डले दास
प्रथालाई कानुनबाट उन्मूलन गर्दा
तिनले निकालेको पर्चाले
उल्लेखनीय भूमिका निभाएको थियो
।
८२
वर्षको उमेरमा पनि तिनी
परमेश्वरको अनुग्रहदेखि छक्क पर्थे
जुन अनुग्रहले तिनलाई
पूर्णत: रूपान्तरित गरेको थियो
। भनिन्छ, तिनको
मृत्युअगि तिनले उच्च सोरमा
यी वचनहरूको घोषणा
गरेका थिए, “मेरो
स्मरणशक्ति लगभग समाप्त
भइसकेको भए तापनि
दुई ओटा कुराहरू
भने म सम्झन्छु:
म एक महान्
पापी हुँ र
ख्रीष्ट महान् मुक्तिदाता हुनुहुन्छ
।”