menu bar

Monday, February 29, 2016

कुमदेखि तल पक्षघात भएकी जोनी संसारकै लागि प्रेरणाको स्रोत भएकी छन्



आफ्नो शारीरिक अवस्था जस्तोसुकै कमजोर भए तापनि इच्छाशक्ति भएमा सफलता हात पार्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो, जोनी एरिक्सन टाडा

ख्रीष्टाब्द १९४९ मा अमेरिकामा जन्मेकी जोनीलाई अन्य खेलहरूका अतिरिक्त पौडी पनि मन पथ्र्यो पौडी पोखरी गहिरो होला भनी ठानेर डुबुल्की मार्दा उनले कहिल्यै कल्पना नगरेको दुर्घटनाको शिकार बन्नुपर्यो जोनी १७ वर्षको उमेरमा भएको उक्त दुर्घटनाले गर्दा उनको गर्धन भाँचियो उनी पक्षाघाती भइन् उनको शरीरको कुमदेखिको तलको भाग नचल्ने भयो अनुगामी वर्षहरूमा जोनीले रिस निराशालाई मात्रै आश्रय दिइनन् तर आत्महत्या गर्ने सम्मको सोच बनाइन्

परमेश्वरले जोनीको जीवनमा त्यस्तो दु: किन ल्याउनुभयो भनी उनले सोच्नै सकिनन् तथापि जोनीको जीवनमा परमेश्वरले असाधारण योजना बुन्दै हुनुहुन्थ्यो जोनीले आफ्नो दर्दनाक अवस्थाको लागि परमेश्वरलाई गनगन गर्नुको साटो उनले परमेश्वरसितको सम्बन्धलाई गहिरो बनाउँदै लगिन् त्यस्तो असक्त अवस्थाबाट नै परमेश्वरले उनको जीवनमा काम गर्न चाहनुभएको थियो भनी जब उनले महसुस गर्न लागिन् तब उनको सफलताको यात्राको थालनी भयो

उनले ब्रुस दाँतमा राखेर चित्र कोर्न थालिन् आफूले बनाएका चित्रहरू बेच्न सुरु गरिन् उनका चित्रहरूको माग बढ्न थाल्यो उनले आफ्ना चित्रहरूमार्फत ख्रीष्टको प्रेम पनि बाँड्न थालिन्

जोनी चित्रकार मात्र रहिनन् उनी वक्ता, अभिनेत्री लेखिका पनि बनिन् जोनीले ४८ ओटाभन्दा बेसी पुस्तकहरू लेखेकी छन् ती पुस्तकहरू अशक्तता ख्रीष्टियमतको बारेमा छन् उनले असक्त मानिसहरूका लागि एउटा संस्था पनि खोलेकी छन् जुन संस्थाले असक्तहरूका आवश्यकतालाई पुरा गर्नुपर्छ भन्ने येशूको आज्ञालाई शिरोपर गर्ने प्रयत्न गर्दछ

विभिन्न पुरस्कारहरू जितेकी जोनी आज विश्वमा असक्तता भएका मानिसहरूका लागि मात्र नभएर सक्षमहरूका लागि पनि प्रेरणाकी स्रोत बनेकी छन्

Leave Your Comments Here.