menu bar

Saturday, February 6, 2016

सडके वक्ताको प्रवचनबाट प्रभावित भएका टोजर परिचित लेखक बने



ख्रीष्टाब्द १८९७ मा अमेरिकामा जन्मेका . डब्लु. टोजर पास्टर, प्रचारक, लेखकसाथै पत्रिकाका सम्पादक थिए तिनको कामको कदर गर्दै तिनलाई दुई ओटा मानार्थी विद्यावारिधि प्रदान गरिएको थियो कुनै औपचारिक ईश्वरशास्त्रीय तालिमविना नै पास्टरिय सेवामा होमिएका टोजरको नाउँ धारण गर्ने ६० ओटाभन्दा बेसी पुस्तकहरूमध्ये परसुइट अफ गड नलेज अफ होली उच्चस्तरीय ख्रीष्टियान कृतिहरू हुन् टोजरको गवाही यस प्रकार रहेको  

गरिब परिवारमा जन्मेका . डब्लु. टोजरले १७ वर्षको उमेरमा रबर कारखानामा काम गर्थे एक दिन तिनी हलम्यान नाउँ गरेका ख्रीष्टियान छिमेकीसँग बाटोमा हिँड्दै थिए तिनको काँधमा हात राख्दै ती छिमेकीले भने, “तपाईं ख्रीष्टियान हुनुहुन्छ कि हुनुहुन्न भन्ने विषयमा छक्क परिरहेको छु यस विषयमा तपाईंसित कुरा गर्ने मौका खोज्दै थिएँ

जवान टोजरले जवाफ दिए, “मिस्टर हलम्यान, ख्रीष्टियान होइनँ तर मलाई यसो भन्नुभएकोमा तपाईंलाई धन्यवाद व्यक्त गर्दछु यस विषयमा गम्भीर रूपमा सोच्नेछु

यो ख्रीष्टाब्द १९१५ को कुरो हो टोजर बाटोमा हिँडिरहँदा तिनले एक जना मानिसको आवाज सुने जसको आवाजले तिनलाई रोकिन बाध्य पार्यो ती मानिस सडके प्रचारक रहेछन् ती प्रचारकले भन्दै थिए, “कसरी उद्धार पाउने भनी तपाईंलाई थाहा छैन भने यसो भनी परमेश्वरलाई पुकारा गर्नुस्, ‘हे परमेश्वर, पापीप्रति कृपालु हुनुस्अनि परमेश्वरले सुन्नुहुनेछ

यी वचनहरूले टोजरको ह्दयमा काम गर्न सुरु गरे तिनले यी वचनहरूलाई आफ्नो ह्दयबाट हटाउन सकेनन् तिनी बिस्तारै घर जाँदै गर्दा तिनी प्रचारकले भनेका वचनहरूबारे सोच्दै अगाडि बढे तिनले पहिले यस्तो वचन कहिल्यै सुनेका थिएनन्  

टोजर घर गए अनि कोठाभित्र प्रवेश गरे आफूले सुनेको विषयमा तिनले सङ्घर्ष गर्न थाले तिनी कोठाबाट नयाँ सृष्टि बनेर निस्के

Leave Your Comments Here.