ख्रीष्टाब्द
१९३९ मा अमेरिकामा
जन्मेका जोस म्याकडोल
प्रभावशाली ख्रीष्टियान वक्ता, लेखकसाथै
रक्षाशास्त्री हुन् ।
तिनी १३५ ओटाभन्दा
बेसी पुस्तकका लेखकसाथै
सहलेखक हुन् ।
एक
पटक तिनलाई दक्षिण
अमेरिकाको एउटा विश्वविद्यालयमा
बोल्न निमन्त्रणा दिइयो
। उक्त विश्वविद्यालयको
झुकाव माक्र्सवादतर्फ भएकोले
चार वर्षमा त्यहाँ
गएर बोल्ने तिनी
पहिलो अमेरिकन थिए
।
क्याम्पसको
चारैतिर म्याकडोलका ठुला–ठुला
फोटाहरू टाँसिएका थिए ।
साम्यावादी विद्यार्थीहरूले उक्त सभामा
सहभागीहरूको सङ्ख्या कम गर्न
हर सम्भाव्य प्रयास
गरेको भए तापनि
सभाकक्ष भरिएको थियो ।
तर
त्यहाँ सभा बिथोल्ने
माक्र्सवादीहरू पनि उपस्थिति
थिए । त्यस
भूगोलमा तिनीहरूले पहिले पनि
त्यस्तै गर्थे । तिनीहरूले
एकपछि अर्को गर्दै
म्याकडोललाई अभियोग लगाए अनि
तथानाम गाली गरे
। परिस्थित निकै
भयावह देखिन्थ्यो ।
त्यो कुनै सभाकक्ष
नभएर कसैलाई निमन्त्रणा
गरी उसलाई अपशब्दहरू
प्रयोग गरी उसको
उपेक्षा गर्ने ठाउँजस्तो देखिन्थ्यो
।
४५
मिनेट बितेपछि म्याकडोल
आफ्नो प्रस्तुतीलाई रद्द
गर्न तयार थिए
। वक्ताले हरेक पटक
येशूको नाउँ लिँदा
तिनीहरू खित्का छाडेर हाँस्थे
। म्याकडोलले यसरी
सोचे, “हे परमेश्वर,
किन तपाईं केही
गर्नुहुन्न ? किन तपाईं
शैतानलाई जित हासिल
गर्न दिनुहुन्छ ?”
अन्तत:
परमेश्वरले काम गर्न
थाल्नुभयो । क्रान्तिकारी विद्यार्थी
अभियानका सचिव
खडा भइन् अनि
हरेक विद्यार्थी स्तब्ध
भयो । उनी
कुशल वक्ता थिइन्
। उनले भनिन्,
“म्याकडोलज्यू, यदि आज
राति म ख्रीष्टियान
भएँ भने तपाईंले
हाम्रो निम्ति देखाउनुभएको प्रेम
के परमेश्वरले मलाई
दिनुहुनेछ त ?”
त्यहाँ
म्याकडोलले प्रचार गर्नुपरेन तर
तिनको मौनता नै
प्रचार साबित भयो र
धैर्यमा प्रदर्शित तिनको प्रेम
देखेर ५८ जनाले
ख्रीष्टमाथि विश्वास गरे ।