menu bar

Wednesday, February 24, 2016

थोमास अक्विनास: मध्यकालका महानतम दार्शनिक



थोमास अक्विनास मध्यकालका महानतम दार्शनिकसाथै ईश्वरशास्त्री थिए तिनी मण्डलीका डाक्टर थिए प्राकृतिक ईश्वरशास्त्रका अग्रणी अक्विनासले पाश्चात्य विचारमा व्यापक प्रभाव पारे खास गरी नीतिशास्त्र, प्राकृतिक नियम, पराभौतिक दर्शन राजनीतिक सिद्धान्तमा प्रस्तुत तिनका विचारको पक्षमा वा विपक्षमा अधिकांश आधुनिक दर्शनशास्त्र खडा सुम्मा थियोलोजिका सुम्मा कन्ट्रा जेन्टाएल्स नामक आफ्ना दुई ओटा कृतिका लागि अक्विनास निकै परिचित छन् तिनका कृतिहरूले इतिहासभरि मनग्गे विचारकहरूलाई प्रभाव पारेका छन्

थोमास अक्विनासको जन्म ख्रीष्टाब्द १२२५ मा भएको मानिन्छ पिता ल्यान्डफ माता थियोडोराबाट वर्तमान इटालीमा जन्मेका अक्विनास परिवारमा जन्मेका नौ सन्तानमध्ये एक थिए तिनी धनी परिवारमा जन्मेका थिए

पाँच वर्षको उमेरमा अक्विनासले आफ्नो प्राथमिक शिक्षाको थालनी गरे, मोन्टे क्यासिनोमा १८ वर्षको उमेरमा तिनी नेपल्सको विश्वविद्यालयमा गए यही विश्वविद्यालयमा अध्ययन गर्दा तिनी डोमिनिकान नाम गरेको धार्मिक समूहसित परिचित हुन पुगे यस समूहप्रति तिनको रुचि बढेपछि तिनी यही समूहमा आउन चाहे जुन तिनको बुबा आमाको इच्छा थिएन

डोमिनिकान समूहमा जाने अक्विनासको इच्छाले बुबा आमालाई क्रूद्ध तुल्यायो अक्विनासले आफ्नो मन नबदल्ने थाहा पाएपछि तिनको परिवारले तिनलाई घरमै थुनेर राख्ने सोच बनायो डोमिनिकान समूहसित मिल्न रोमतर्फ जाँदै गर्दा अक्विनासका दाजुभाइहरूले तिनलाई बाटोमा समाती घरमा ल्याए अनि पारिवारिक महलभित्र थुने जहाँ तिनले लगभग एक वर्ष बिताउनुपर्यो तरै पनि अक्विनासले आफ्नो मन बद्लेनन् पछि पारिवारिक बन्धनबाट मुक्त हुनेबित्तिकै तिनी डोमिनिकान समूहमा गईकन छाडे  

ख्रीष्टाब्द १२४५ मा अक्विनास अध्ययनको लागि पेरिसको विश्वविद्यालयमा गए विश्वविद्यालयमा तिनी शान्त धेरै नबोल्ने भएकाले तिनका केही सङ्गी विद्यार्थीहरूले तिनलाई शारीरिकसाथै मानसिक रूपमा सुस्त ठानीलाटो गोरुभन्थे तथापि डोमिनिकान विद्वान् अल्बर्टस मग्नुसले भविष्यवाणी गर्दै भनेका थिए, “तिमीहरू तिनलाई लाटो गोरु भन्छौ तर तिनको शिक्षामा तिनले एक दिन यस्तो सोर निकाल्नेछन् जुन सारा संसारभरि नै सुनिनेछ आफ्ना ती मित्रहरूलाई गलत साबित गर्दै अक्विनासले आफ्नो अध्ययन मात्र पुरा गरेनन् तर तिनी शिक्षकसमेत बने

१२५६ सम्म आइपुग्दा अक्विनासले ईश्वरशास्त्रमा स्नतकोत्तर पुरा गरिसकेका थिए ४५ वर्षको उमेरमा तिनी पोपकै लागि अनमोल सेवक भइसकेका थिए

अक्विनासले ९० ओटाभन्दा बेसी कृतिहरू लेखेका छन् जुन विभिन्न विषयहरूसित सम्बन्धित छन् अगस्टिनले जस्तै अक्विनासले पनि विश्वास धर्मशास्त्रमा अभिलिखित प्रकाशमा आधारित थियो भनी मान्थे तर तिनले कारणलाई पनि भरमग्दुर प्रयोग गरे

परमेश्वरको अस्तित्वको पक्षमा अक्विनासले प्रस्तुत गरेका पाँच ओटा तर्कहरूका लागि तिनी निकै प्रसिद्ध छन् केवल परमेश्वर अनन्त हुनुहुन्छ उहाँमात्रै असृजित हुनुहुन्छ परमेश्वरले समयको सृजना गर्नुअगि यो अस्तित्वमा थिएन चाखलाग्दो कुरो यो हो कि आधुनिक वैज्ञानिक खोजहरू अनन्तता सृष्टिबारे तिनका विचारहरूसित मेल खान्छन्

मार्च १२७४ मा तिनको निधन भयो



Leave Your Comments Here.