यो
सारा विश्व लथालिङ्ग
रूपमा अस्तित्वमा मात्र
छैन तर यो
अकल्पनीय रूपमा जटिल, सुन्दर
र व्यवस्थित छ
। विगतमा भन्दा
अहिले हामी विश्वलाई
अझै राम्ररी बुझ्न
सफल भएका छौँ
। आधुनिक वैज्ञानिक
खोजहरूले विश्वका रहस्यहरूलाई बिस्तार–बिस्तारै उजागर पार्दै
छन् । खगोल–भौतिकशास्त्रीहरूले ६० भन्दा
बेसी मापदण्डहरू फेला
पारेका छन् जुन
पृथ्वीमा जीव बाँच्नको
लागि अपरिहार्य छन्
। तलको कुनै
पनि कुरो साँचो
भएमा पृथ्वीमा जीव
बाँच्न सक्दैन:
- पृथ्वीको परिक्रमण अलि ढिलो वा अलि छिटो भएमा ।
- हामी सूर्यबाट केवल २% नजिक वा टाढा भएमा ।
- पृथ्वीमा आउने सूर्यको प्रकाशमा केवल १% अदलबलद भएमा ।
- पृथ्वी अलि ठुलो वा अलि सानो भएमा ।
- चन्द्रमा अलि ठुलो वा अलि सानो भएमा ।
- पृथ्वीको बाहिरी सतह अलि बाक्लो वा अलि पातलो भएमा ।
- अक्सिजन/नाइट्रोजनको अनुपात अलि बढी वा अलि कम भएमा ।
- ओजन तह अलि बढी वा अलि कम भएमा ।
यी
माथिका बुँदाहरू केही नमुनाहरू
हुन् जसले प्रस्ट
पार्छन् कि जुन
वस्तु जहाँ र
जति हुनुपर्ने हो
ती त्यहीँ र
त्यति नै छन्
। थोरै मात्र
परिवर्तनले पनि जीवको
अस्तित्वलाई असम्भव बनाइदिन्छ । पावलले
रोमीहरूलाई लेखे, “उहाँको अदृश्य
गुण, अर्थात् उहाँको
अनन्त शक्ति र
ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि
नै बनाइएका थोकहरूमा
छर्लङ्गै देखिएको छ” (रोमी
१:२०) ।