menu bar

Monday, December 1, 2014

बाइबलको अविनाशिताबारे केही भनाइहरू



[बाइबललाई जस्तै] अर्को कुनै पुस्तकलाई टुक्राटुक्रा पारिएको छैन; चक्कु रोपिएको छैन; नियालेर जाँच गरिएको छैन; अनुसन्धान गरिएको छैननिन्दा गरिएको छैन ... [तथापि] बाइबललाई अझै दसौँ लाखले प्रेम गर्छन्; दसौँ लाखले पढ्छन् दसौँ लाखले अध्ययन गर्छन्
बर्नाड र्याम, रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री

विधर्मीहरूले अठार शताब्दीसम्म यस पुस्तक [बाइबल] लाई खण्डन गर्दै गिराउँदै आएका छन् तर आजसम्म पनि यो चट्टानझैँ स्थिर यसको प्रचारप्रसार बढ्दो पहिलेभन्दा बढी आज यसलाई प्रेम गरिन्छ; पोषण गरिन्छ पढिन्छ ... यदि यो परमेश्वरको पुस्तक नभएको भए धेरै पहिले नै मानिसहरूले यसलाई नष्ट गरिसक्ने थिए सम्राट् पोपहरू, राजा पुजारीहरू, राजकुमार शासकहरू सबैले नै यसलाई नष्ट गर्ने प्रयास गरेका छन् तर तिनीहरू मरेर जान्छन्, बाइबल आजपर्यन्त जीवित
एच. एल. हेस्टिङ्ग्स

दुई हजार वर्षसम्म बाइबलप्रति भएको मानिसको घृणा दृढ, निर्णीत, निष्ठुर घातक बाइबलको प्रेरणा अधिकारमाथि भएको विश्वासलाई कमजोर पार्नका लागि हरेक सम्भाव्य प्रयास गरिएको यसको विस्मृतीको लागि अनगिन्ती हिम्मत गरिए बाइबलको प्रत्येक प्रति नष्ट गरिनुपर्छ भन्ने सम्राट्का उर्दीहरू निकालिए परमेश्वरको वचनलाई निर्मूल पार्न जब त्यो असफल भयो तब धर्मशास्त्र भएको प्रत्येक व्यक्ति मारिनुपर्छ भन्ने आज्ञाहरू निकालिए
पिङ्क

दुई शताब्दीभन्दा बेसी समयसम्म सर्वाधिक वजनदार वैज्ञानिक बन्दुकहरूको सामना गरी बाइबल जीवित रहेको सायद [आज] त्यस्तो आक्रमणको लागि यो बढी तयार हेतुवादीहरूले आक्रमण थालेको समयमाभन्दा आलोचकहरूको आफ्नै भाषामा ऐतिहासिक सत्यता अर्थात् धर्मशास्त्रलाई आज बढी स्वीकार गरिएको जस्तो देखिन्छ
टाइम पत्रिका, डिसेम्बर ३०, १९७४

यो पुस्तक [बाइबल] लाई संसारबाट निर्मूलन पार्नको लागि मानवीय विज्ञान, दर्शनशास्त्र, चतुरता, तर्क वा क्रूरताको हरेक उपकरण जुन यसको विरुद्धमा ल्याउन सकिन्थ्यो अठार शताब्दीसम्म त्यो ल्याइएको भए तापनि यसले पहिलेभन्दा अहिले संसारमा अझै शक्तिशाली ढङ्गमा पकड जमाएको यदि यो मानिसको पुस्तक थियो भने यसको निर्मूलन भइसक्नेथियो सयौँ वर्ष पहिले नै यो गायब भइसक्थ्यो
आर. . टोरी

यस [बाइबल] ले नास्तिकवादी दार्शनिकहरू, उच्चतर आलोचनाका स्कुलहरू, आधुनिकवादीहरू, लिबरल ईश्वरशास्त्रीहरू, हेतुवादी, मानवतावादीहरू, वैज्ञानिक सन्देहवाद, कम्युनिस्टहरू आलोचनाको कुनै पनि झुण्डको पुनरावृत्त आक्रमणहरूको सामना गरेको बाइबलको विरुद्धमा अनवरत आक्रमणहरूको बाबजुत पनि यो केवल जीवित मात्र छैन तर यसका सबै शत्रुहरूमाथि यसले निरन्तर रूपमा विजय हासिल गरेको
बिल किम्बल

इतिहासमा सबैभन्दा व्यापक रूपमा पढिएको सबैभन्दा बेसी आक्रमण गरिएको पुस्तक हो, बाइबल बौद्धिक पुस्ताहरूले यसको बेइज्जत गर्ने प्रयास गरेका छन्; हरेक पुस्ताका तानाशाहहरूले यसलाई गैरकानुनी घोषित गरेका छन् यसलाई पढ्नेहरूलाई मृत्युदण्ड दिएका छन् तथापि सिपाहीहरूले आफ्ना हतियारभन्दा यसलाई शक्तिशाली ठानी तिनीहरूले युद्धमा यसलाई सँगसँगै लिएर जान्छन् एकान्त झ्यालखानामा गोप्य तवरले पठाइएका यसका टुक्राहरूले निर्दयी हत्याराहरूलाई भद्र सन्तहरूमा रूपान्तरित गरेका छन्
चाल्र्स कोलसन

कैसरको साम्राज्य बितेर गएको ; रोमका सैनिक दस्ताहरू धुलोमा हराउँदै छन्; युरोपमाथि फ्याँकिएका नेपोलियनका हिउँका पहिराहरू पग्लेर गएका छन्; फारोको राजकुमार पतन भएर गएको ; आफ्ना चिहानहरूका निम्ति फारोहरूले उठाएका पिरामिडहरू हरेक दिन मरुभूमिको बालुवामा डुब्दै छन्; टुरोस फुस्रो मछुवाका जालहरूको निम्ति चट्टान बनेको ; सिदोनले मुश्किलैले आफ्नो अवशेष छाडेको तर परमेश्वरको वचन अझै जीवित यसलाई निर्मूलन पार्नका लागि धम्क्याउने सबै कुराहरू केवल सहयोगी बन्न पुगे
अल्बर्ट बी. कुमिन्स

कैयौँ शताब्दीको अनुभवले बाइबलको जाँच गरेको अन्य कुनै ठेलीले भोगेको भन्दा बेसी आलोचनाका आगोको सामना गरेको यसले यसको आत्मिक सत्यताले ज्वालाहरू सहेको जलेको गन्धविना नै यो बाहिर आएको
डब्लु. . साङ्गस्टर





Leave Your Comments Here.