menu bar

Saturday, February 28, 2015

परमेश्वरले भन्नुभएजस्तै निषेधित फल खाएको दिनमा नै आदम किन मरेनन् (उत्पत्ति २:१६–१७) ?



अदनको बगैँचामा परमेश्वरले आदमलाई गम्भीर चेताउनी दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्” (:१६१७) निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो भनी परमेश्वरले भविष्यवाणी गर्नुभए तापनि उत्पत्तिको विवरणअनुसार तिनी शारीरिक रूपमा तुरुन्तै मरेनन् परमेश्वरको आज्ञा उल्लङ्घन गरेपछि तिनले छोराछोरीहरू जन्माए अनि तिनी ९३० वर्षको उमेरमा मरे (उत्पत्ति :) के आदम तुरुन्तै नमरेकाले परमेश्वरको भविष्यवाणी चुकेको हो ? कदापि होइन

पवित्र धर्मशास्त्र बाइबललमा तिन किसिमका बेग्लाबेग्लै मृत्युको उल्लेख भएको पाइन्छशारीरिक मृत्यु, आत्मिक मृत्यु अनन्त मृत्यु

शरीरबाट आत्माको विच्छेद हुनुलाई शारीरिक मृत्यु भनिन्छ शारीरिक मृत्यु व्यक्तिको अन्त्य होइन भन्ने विषयमा पुरानो करारमा परमेश्वरका जनहरू सचेत थिए अब्राहामको मृत्यु भएपछि तिनीआफ्ना मरेका पितापुर्खाहरूसँग मिल्न गए” (उत्पत्ति २५:) यसले मृत्युपश्चात् तिनको आत्माको निरन्तर अस्तित्वलाई अङ्कित गर्दछ पुरानो करारमा मरेका आत्माहरू पाताल भन्ने ठाउँमा जान्थे जुन मृतकहरूको वासस्थान थियो

दोस्रो किसिमको मृत्युलाई आत्मिक मृत्यु भनिन्छ परमेश्वरबाट आत्मिक रूपमा विच्छेद हुनु नै आत्मिक मृत्यु हो (एफिसी :) यो येशू ख्रीष्टमाथि विश्वास नगरेको अवस्था हो  

तेस्रो किसिमको मृत्युलाई अनन्त मृत्यु भनिन्छ परमेश्वरबाट सदाको निम्ति विच्देछ हुनु नै अनन्त मृत्यु हो यसलाई दोस्रो मृत्यु पनि भनिन्छ (प्रकाश २१:)

मृत्युका किसिमहरूबारे बाइबलिय दृष्टिकोणलाई हेरिसकेपछि अब हाम्रो प्रश्नमा फर्कौंके आदम त्यही दिनमा मरेनन् ? जुन दिन आदमले त्यो निषेधित फल खाए तिनी आत्मिक रूपमा तुरुन्तै मरे तिनीलगायत सम्पूर्ण मानवजातिमाथि शारीरिक मृत्युको दण्डाज्ञा पर्यो परमेश्वरले आफ्नो अनुग्रहमा यसलाई तुरुन्तै कार्यान्वयन भने गर्नुभएन    

Leave Your Comments Here.


Thursday, February 26, 2015

के येशूका जीवनीकारहरू प्रत्यक्षदर्शीहरू हुन् ?



येशू ख्रीष्ट परमेश्वरका अद्वितीय पुत्र हुनुहुन्छ वा हुनुहुन्न भन्नेजस्ता ऐतिहासिक विषयहरूको लागि पनि प्रत्यक्षदर्शीको गवाही अत्यधिक महत्त्वपूर्ण हुन्छ के हामीसँग येशूको बारेमा बताउने प्रत्यक्षदर्शीका विवरणहरू छन् ? येशूलाई व्यक्तिगत रूपमा भेट्ने, उहाँका शिक्षाहरू सुन्ने, उहाँका आश्चर्यकर्महरूलाई देख्ने, उहाँको मृत्युको साक्षी बन्ने मृत्युपश्चात् उहाँलाई देखेको दाबी गर्ने मान्छेहरूले लेखेका कागजातहरू हामीसँग छन् ? छन् भने येशूको वास्तविक चिनारीको लागि ती अमूल्य छन्

बाइबलका दुई ओटा मुख्य भागमध्ये पछिल्लो भागलाई नयाँ करार भनेर चिनिन्छ नयाँ करारका अगिल्ला चार ओटा पुस्तकका लेखकहरू क्रमश: मत्ती, मर्कूस, लूका यूहन्ना हुन् भनिएको यी चार जना लेखक येशूका जीवनीकारहरू हुन् पृथ्वीमा भएको उहाँको सेवाकार्य मानवजातिको पापको निम्ति उहाँको स्थानापन्न मृत्युलाई उल्लेख गरेका छन् तिनीहरूले अगिल्ला तिन ओटा सुसमाचारले उहाँको जीवनीलाई झण्डै उही किसिमले प्रस्तुत गरेका छन् तसर्थ, तिनीहरूलाईसम्मिलित सुसमाचारहरूभनेर चिनिन्छ चौथो सुसमाचारका लेखक आफ्नो प्रस्तुतीकरणमा अलि फरक छन्

सुसमाचारहरू कसले लेखे भन्ने विषय अत्यधिक महत्त्वपूर्ण पछिल्लो समयमा आएर येशूका जीवनीकारहरूको चिनारीको सम्बन्धमा प्रश्न उठाइएको येशूको मृत्यु भएको कैयौँ वर्षपछि मत्ती, मर्कूस, लूका यूहन्नाका नाउँ राखी सुसमाचारहरू लेखिए, यथार्थत: तिनीहरू वास्तविक लेखकहरू होइनन् भनी आरोप लगाइएको

तर प्रारम्भिक मण्डलीको एकत्रित साक्षीअनुसार येशूका बार् चेलामध्ये एक मत्ती नामक चेलाले नै पहिलो सुसमाचार लेखे तिनलाई लेवी पनि भनिएको जसले येशूको अनुयायी हुनुअगि महसुल उठाउने काम गर्थे पत्रुसका मित्र यूहन्ना मर्कूसले दोस्रो सुसमाचार लेखे पावलका प्रिय वैद्य भनी चिनिने लूकाले तेस्रो सुसमाचार प्रेरितको पुस्तक लेखे

यिनीहरू वास्तविक लेखक नभए पनि यिनीहरूको नाउँमा कसैले लेखेको हो कि भन्ने शङ्का सजिलैसित दूर गर्न सकिन्छ मर्कूस लूका बार् चेलामध्येका थिएनन् मत्ती बार्हमध्ये एक भए पनि तिनी महसुल उठाउने पेसाका थिए जुन पेसालाई घृणित ठानिन्थ्यो कसैले चालबाजी गर्न खोजेको भए तापिन पत्रुस, मरियम, याकूबजस्ता नामहरू जोड्ने थिए किनकि यी नामहरूमा मत्ती, मर्कूस लूकाका नामहरूमाभन्दा बढी तौल ज्यादै पछि लेखिएका अपोक्रिफासम्बन्धी सुसमाचारहरूमा यसै गरिएको पाउँछौँ हामी

चौथो सुसमाचारका लेखक यूहन्ना हुन् भन्ने कुरामा कुनै शङ्का छैन तर कुनचाहिँ यूहन्ना (प्रेरित यूहन्ना कि अर्कै यूहन्ना) हुन् भन्ने बारेमाचाहिँ विवाद प्रेरित यूहन्नाद्वारा नै चौथो सुसमाचार लेखिए भन्नेमा नै अधिकतर साक्षी पाइन्छ

मत्ती मर्कूसले नै अगिल्ला दुई ओटा सुसमाचार लेखेका हुन् भनी ख्रीष्टाब्द १२५ मा पपियासले प्रष्ट पारेका छन् तिनको साक्षी प्राचीनतम सम्भवत: सर्वाधिक उल्लेखनीय ख्रीष्टाब्द १८० मा आइरेनियसले पनि सो पुष्टि गरे, “मत्तीले हिब्रूहरूको आफ्नै भाषामा तिनीहरूका बिचमा तिनको आफ्नो सुसमाचार प्रकाशित गरे जुन समयमा पत्रुस पावल रोममा सुसमाचार प्रचार गर्दै त्यहाँ मण्डली स्थापना गर्दै थिए तिनीहरूको प्रस्थानपछि चेलासाथै पत्रुसका अनुवादक मर्कूसले पत्रुसका वचनहरूको सारलाई लिपिबद्ध गरी हामीलाई सुम्पिदिए पावलका अनुयायी लूकाले आफ्ना शिक्षकद्वारा प्रचार गरिएको सुसमाचारलाई लेखे एसियामा अवस्थित एफिससमा बस्दा प्रभुका चेला यूहन्ना जो उहाँको छातीमा ढल्केर बसेका थिए तिनले आफ्नो सुसमाचारको रचना गरे

तब हामी निश्चयतासाथ भन्न सक्छौँ कि मत्ती, मर्कूस, लूका यूहन्ना नै वास्तविक लेखकहरू हुन् तिनीहरूद्वारा अभिलिखित सुसमाचारहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रत्यक्षदर्शीका गवाहीहरूमा आधारित छन् पहिलो शताब्दीमा सुसाचारका लेखकहरूको चिनारीको सम्बन्धमा कुनै विवाद थियो भन्ने साक्षी नहुनु उल्लेखनीय पाटो हो

Leave Your Comments Here.


Wednesday, February 25, 2015

चाल्र्स स्परजिन: प्रचारकहरूका राजकुमार



तिनी केवल १५ वर्ष पुगेका थिए पापले कायल भएर क्षमाको लागि तिनी एउटा मण्डलीमा पुगे स्थानीय प्रचारकले बाइबललाई मुश्किलैले पढ्न सक्थे वक्ताको खण्ड थियो, “मतिर फर्क, उद्धार पाओ, हे पृथ्वीका सबै पल्लो छेउका हो, किनकि परमेश्वर हुँ अरू कोही छैन” (यशैया ४५:२२) वचन साधारण सङ्क्षिप्त भए तापनि बाइबलको वचनले ठिटोको ह्दयलाई छोयो त्यही दिन अर्थात् जनवरी १८५० को दिन तिनले आफ्नो जीवन प्रभुमा सुम्पे बाँकी जीवन उहाँकै निम्ति बिताए तिनको नाउँ होचाल्र्स स्परजिन

उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा इङ्गल्यान्डका सर्वोत्तम प्रचारक थिए, स्परजिन प्रचारकहरूका राजकुमारभनेर चिनिने स्परजिनले जीवनमा अनुमानित एक करोड मानिसहरूलाई प्रचार गरे तिनले लन्डनस्थित मेट्रोपोलिटन टेबरनेकलमा ३८ वर्षसम्म पास्टर भई प्रभुको सेवा गरे तिनका हजारौँ प्रवचनहरू संसारको चारैतिर पुगेका छन् तिनका रचनाहरू मनग्गे भाषाहरूमा अनुवाद गरिएका छन् अनाथालय खोली सामाजिक सेवामा पनि होमिएका स्परजिन पत्रिकाका सम्पादक पनि थिए प्रवचन, आत्मचरित्र, टिप्पणीसाथै विभिन्न साहित्यिक कृतिहरूमा कलम चलाएका स्परजिनले कविता, भजनसाथै प्रार्थनाको विषयमा पनि लेखेका छन् स्रोताहरूले मन्त्रमुग्ध भएर तिनका प्रवचनहरू सुन्थे धेरै ख्रीष्टियानहरूका लागि तिनका लिखित प्रवचनहरू सर्वोत्तम ख्रीष्टियान साहित्य बनेका छन्

१९ जुन १८३४ मा स्परजिनको जन्म इङ्गल्यान्डमा भएको थियो मे १८५० मा बप्तिस्मा लिएका स्परजिनले १६ वर्षको उमेरमा आफ्नो जीवनको पहिलो सुसमाचारिय प्रवचन तोडे १९ वर्षको उमेरमा लन्डनस्थित न्यु पार्क स्ट्रिट च्यापलमा पास्टरको भूमिका निभाउन तिनलाई निमन्त्रणा गरियो त्यसबेला यो नै सबैभन्दा ठुलो ब्याप्टिस्ट मण्डली थियो तिनको प्रचारको असाधारण खुबीको कारणले केही महिनाभित्रमा नै तिनी प्रसिद्ध प्रचारक कहलाइए हरेक हप्ता तिनका प्रवचनहरू पत्रिकामा छापिन्थे व्यापक रूपमा प्रचारप्रसार हुन्थे आफू स्वर्गीय घरमा प्रस्थान नगरुञ्जेलसम्म तिनले झण्डै ,६०० ओटा प्रवचन तोडे ४९ ओटा ठेली प्रकाशित गरे ईश्वरशास्त्रको अध्ययनको लागि कहिल्यै स्कुल नगएको भए तापनि २२ वर्षकै उमेरमा तिनी लन्डनकै सर्वाधिक लोकप्रिय प्रचारक बनिसकेका थिए  

जनवरी १८५६ मा स्परजिन वैवाहिक बन्धनमा बाँधिए, सुसन्नासँग तिनीहरूबाट जुम्ल्याहा छोरा जन्मेचाल्र्स थोमस  

हरेक हप्ता ,००० को भिडलाई प्रचार गर्ने स्परजिनले एक पटक २३,००० को भिडलाई सम्बोधन गरेका थिए तिनले आफ्नो प्रवचनलाई पुरै लेख्ने गर्थे यद्यपि पुल्पिटमा तिनले रूपरेखा मात्र लैजाने गर्थे तिनले स्रोताहरूलाई कहिल्यै वेदीमा बोलाउँदैनथ्ये तर कोही तिनको वचनबाट प्रभावित भई येशू ख्रीष्टको बारेमा थप जान्न चाहेको खण्डमा भोलिपल्ट बिहान तिनको घरमा गई तिनलाई भेट्न सक्थ्यो अर्को दिन सधैँ कोही कोही तिनको ढोकामा हुन्थ्यो

नियमित प्रचारका अतिरिक्त तिनले मण्डलीहरू स्थापना गरे; अनाथालय खोले, पास्टरर्स कलेजको सुरुआत गरे तिनले मासिक ख्रीष्टियान पत्रिकाको सम्पादन गरे ख्रीष्टियान साहित्यको विकासमा उल्लेखनीय भूमिका निभाए

३१ जनवरी १८९२ मा तिनी प्रभुको घरमा गए



    

Leave Your Comments Here.