आफ्नो
मालिकमाथि आक्रमण हुँदा कुकुर
भुक्छ । परमेश्वरको
सत्यतामाथि आक्रमण हुँदा पनि
म मौन रहन्छु
भने म डरपोक
हुनेछु ।
जोन काल्भिन,
प्रभावशाली
ईश्वरशास्त्रीसाथै
पास्टर
यदि
ख्रीष्टियमत झुटो छ
भने यसको कुनै
महत्त्व छैन र
यो साँचो छ
भने यो असीमित
रूपमा महत्त्वपूर्ण छ
। यो अलि–अलि महत्त्वको
भने हुन सक्दैन
।
सी. एस.
लेविस,
साहित्यकारसाथै
ख्रीष्टियान
रक्षाशास्त्री
ख्रीष्टियानहरूले
जे विश्वास गर्छन्
त्यसको लागि मजबुत
साक्षी उपलब्ध गराउन र
गैरविश्वासीहरूका प्रश्नसाथै अवरोधहरूका लागि
असल उत्तरहरू उपलब्ध
गराउनलाई ख्रीष्टियानहरूलाई तालिम दिइने हो
भने तिनीहरूको पहिचान
बिस्तारै परिवर्तन हुनेथियो ।
ख्रीष्टियानहरूलाई भावनात्मक धर्मान्ध या
जोकरहरूको रूपमा हेरिनुको साटो
गम्भीर रूपमा विचार गरिनुपर्ने
चिन्तनशील मानिसहरूको रूपमा लिइन्थ्यो
। सुसमाचार मानिसहरूले
अङ्गाल्नुपर्ने वास्तविक विकल्प हुनेथियो
।
विलियम लेन
क्रेग,
ख्रीष्टियान
रक्षाशास्त्री,
दार्शनिकसाथै
लेखक
यदि
बाइबल परमेश्वरको प्रेरणा
पाएको वचन होइन
भने सारा ख्रीष्टियान
जगत् १,८००
वर्षसम्म विशाल भ्रममा छ;
आधा मानव–जाति
ठगिएका छन् र
मण्डलीहरू मूर्खताका स्मारकहरू हुन्
। यदि बाइबल
परमेश्वरको प्रेरणा पाएको वचन
हो भने यसलाई
विश्वास गर्न इन्कार
गर्नेहरू सबै नै
डरलाग्दो खतरामा छन्; तिनीहरू
अनन्त दुर्दशाको तटमा
जिउँदै छन् ।
यो पुरै विषयको
लागि ज्यादै गम्भीर
ध्यानको खाँचो पर्छ भनी
देख्नबाट कुनै पनि
शिष्ट व्यक्ति चुक्न
सक्दैन ।
जे. सी.
राएल,
बिशपसाथै
लेखक
सत्यता
यो हो कि
विश्वासको लागि रक्षाशास्त्र
[अपोलोजेटिक्स] को
खाँचो पर्छ ।
एकातिर यसले पुनरुत्थानको
विरुद्धमा भएका नकारात्मक
तर्कहरूको उत्तर दिनुपर्छ भने
अर्कोतिर यसको पक्षमा
सकारात्मक तर्कहरूको निर्माण गर्नुपर्छ
। रक्षाशास्त्रले विश्वासको
निर्माण गर्दैन तर सायद
केहीलाई यसले पुनरुत्थानको
लागि मार्ग प्रशस्त
गर्छ । मेरो
विचारमा विशुद्ध ख्रीष्टियान विश्वासको
विनाशपूर्ण कुरो रक्षाशास्त्र
होइन तर आधारहीन
विश्वास र अपुष्ट
प्रतिबद्धताहरू हुन् ।
कमजोर तर्कहरू विश्वाससका
अबौद्धिक छलाङहरू हुन् ।
त्यस्ता कुराहरूको थुप्रोबाट ख्रीष्टियान
विश्वासलाई जोगाउनु नै रक्षाशास्त्रको
लक्ष्य हो ।
स्टिफेन टी.
डेभिस
रक्षाशास्त्रले
कसैलाई उद्धार दिलाउँछ भनी
रक्षाशास्त्रीहरू विश्वास गर्दैनन् ।
यसले केवल साक्षीलाई
उपलब्ध गराउने काम गर्छ
जसको प्रकाशमा मानिसहरूले
तर्कसङ्गत निर्णयहरू लिन सक्छन्
। यसले ख्रीष्टियमत
साँचो हो भन्ने
साक्षीलाई मात्र उपलब्ध गराउँछ
। उद्धार पाउनका
लागि अझै पनि
एउटा व्यक्तिले आफ्नो
विश्वास ख्रीष्टमाथि राख्नैपर्छ ।
रक्षाशास्त्रले “घोडा” लाई केवल
पानी भएको ठाउँमा
डोर्याउँछ
। केवल पवित्र
आत्माले उसलाई पिउनको लागि
विश्वस्त पार्न सक्नुहुन्छ ।
नर्मन गेइस्लर,
ईश्वरशास्त्री,
दार्शनिकसाथै
रक्षाशास्त्री
जब
हामीले रक्षाशास्त्रको काम गर्दछौँ
हामीले येशूको चेलाको रूपमा
यो काम गर्दछौँ
र उहाँले गर्ने
तरिकाअनुसार गर्दछौँ हामी ।
यसको अर्थ हुन्छ
कि सर्वप्रथम त
हामी मानिसहरूलाई मद्दत
गर्न यो काम
गर्दछौँ, खास गरी
मद्दतको चाहना गर्नेहरूका लागि
। रक्षाशास्त्र मद्दत
गर्ने सेवा–कार्य
हो ।
दल्लास विलार्ड,
दार्शनिकसाथै
लेखक
मान्छे
जेसुकै भए तापनि
ऊ अपवाद हो
। यदि ऊ
परमेश्वरको स्वरूप होइन भने
ऊ धुलोको रोग
हो । यदि
ईश्वरीय प्राणीको पतन भएको
होइन भने हामी
यति मात्र भन्न
सक्छौँ कि कुनै
एउटा जनावर पूर्णत:
बौलाएछ ।
जी. के.
खेस्टर्टोन,
ख्रीष्टियान
रक्षाशास्त्री,
दार्शनिकसाथै
ईश्वरशास्त्री
चाहे
त्यो सामान्य होस्
या विशेष, सम्पूर्ण
सत्यता प्रकाशद्वारा दिइएको छ र यसलाई कारणद्वारा स्वीकार
गरिनुपर्छ । परमेश्वरले
उहाँको संसार र उहाँको
वचनमा उदाङ्गो पार्नुभएको
सत्यतालाई पत्ता लगाउनका लागि
परमेश्वरले दिनुभएको माध्यम हो,
कारण । परमेश्वर
सत्यतासहित ह्दयमा पुग्न चाहनुहुन्छ
तर उहाँले समझलाई
पाखा लगाउन भने
चाहनुहुन्न ।
जोनाथन एडवार्डस्,
प्रचारक,
ईश्वरशास्त्रीसाथै
दार्शनिक
तपाईंको
देशको बारेमा मानिसहरूले
सोध्ने सामान्य प्रश्नहरूको लागि
आफैलाई तयार पार्न
बेवास्ता गरी के
तपाईं आफ्नो देशको
राजदूत भएको कल्पना
गर्न सक्नुहुन्छ ? त्यो
गैरजिम्मेवार हुनेछ । चाँडै
नै तपाईंले आफ्नो
जागिर गुमाउनुहुनेछ ।
हामी उहाँका राजदूतहरू
हौँ भनी परमेश्वर
भन्नुहुन्छ (२ कोरिन्थी
५:२०) ।
यस्तो हुनेछ भन्ने
देखेकोले मेरो विचारमा
हरेक ख्रीष्टियानले यस
प्रश्नलाई मनन गर्नु
महत्त्वपूर्ण हुन्छ: मानिसहरूले परमेश्वरको
विषयमा सोध्ने सामान्य प्रश्नहरूको
जवाफ दिन के
म तयार छु
? बाइबल भरोसायोग्य छ भनेर
म किन विश्वास
गर्दछु भनी कसैलाई
व्याख्या गर्न के
म तयार छु
? हाम्रो विश्वासको रक्षा गर्न
हामी तयार हुनुपर्छ
भनी १ पत्रुस
३:१५ ले
भन्छ । के
तपाईं तयार हुनुहुन्छ
? दु:खसाथ भन्नुपर्छ
कि धेरै ख्रीष्टियानहरूले
परमेश्वर र बाइबलको
सम्बन्धमा भएका प्रश्नहरूको
जवाफ दिनका लागि
आफैलाई तयार पार्न
वर्षभरिमा तिनीहरूले बिताउने समयभन्दा
तिनीहरूले हप्तामा टी. भी.
हेर्न बढी समय
बिताउँछन् । विश्वासको
रक्षा गर्ने काम
पास्टरको हातमा नछाड्नुस् ।
मण्डलीलाई सन्तहरूको सेनाको खाँचो
छ जसले सत्यतालाई
चित्त बुझाउने गरी
र अनुग्रहपूर्वक स्पष्टसँग
व्यक्त गर्न सक्छन्
। हामीलाई विश्वासको
रक्षा गर्न बोलाइएको
छ (यहूदा ३)
।
चार्ली क्याम्पबेल