८
जनवरी १९५६ को
दिन मण्डली इतिहासमा
शोकाकुल दिन हुन
पुग्यो जुन दिन
जङ्गली आदिवासीलाई सुसमाचार सुनाउने
क्रममा ख्रीष्टियान जगत्ले पाँच
जना ख्रीष्टियान योद्धाहरूलाई
गुमाएको थियो जो
सहिद बने ।
ज्यान गुमाउनेहरूको बिचमा
एक जना २९
वर्षको जवान व्यक्ति
पनि थिए जसको
नाउँ हो— जिम
इलिअट ।
आमा
क्लारा र बुबा
फ्रेडबाट ८ अक्टोबर
१९२७ मा जिमको
जन्म अमेरिकामा भएको
थियो । तिनका
आमा–बुबा कट्टर
ख्रीष्टियानहरू थिए जसले
आफ्ना सन्तानहरूलाई तिनीहरूकै
विश्वासमा हुर्काए । आज्ञा
पालन र इमान्दरीलाई
जोड दिइने घरमा
हुर्कने मौका पाएका
जिमले ६ वर्षको
उमेरमा येशू ख्रीष्टमाथि
विश्वास गरेका थिए ।
जिमका आमा–बुबाले
आफ्ना सन्तानलाई ख्रीष्टको
निम्ति जिउन उत्साह
दिन्थे ।
आफ्नो
स्कुलको अध्ययन सकेपछि १९४५
मा जिम ह्विटन कलेजमा भर्ना
भए जुन निजी
ख्रीष्टियान कलेज थियो
। अध्ययनको क्रममा
ब्राजिलको निम्ति मिसनरी भई
गएका एक जना
ख्रीष्टियान अगुवासँग भेटेपछि परमेश्वरले
तिनलाई दक्षिण अमेरिकामा बस्ने
आदिवासीको बिचमा मिसनरी भई
डाक्नुभएको तथ्यमा विश्वस्त हुने
पुगे तिनी ।
८
अक्टोबर १९५३ मा
जिमले एजिजाबेथ होवार्डसित
बिहे गरे र
दुई वर्षपछि तिनीहरूबाट
भलेरी नाउँकी एक
छोरीको जन्म भयो
।
दक्षिण
अमेरिकी मुलुक इक्वेडरको घना जङ्गलमा
बस्ने एउटा जाति
थियो— उका ।
हुरानी पनि भनेर
चिनिने यो आदिवासी
निकै हिंसक थियो
। बाहिरी संसारसित
तिनीहरूको कुनै सम्पर्क
थिएन । तिनीहरू
जङ्गलमै जन्मन्थे; त्यहीँ हुर्कन्थे
र त्यहीँ मर्थे
। तिनीहरूको क्षेत्रमा
आएका बाहिरी मान्छेहरूलाई
तिनीहरूले मारिदिन्थे । तिनीहरूको
क्षेत्र नजिकै एउटा तेल
कारखाना थियो ।
तर कारखानाका कामदारहरू
पटक–पटक हुरानीहरूको
शिकार हुनुपरेकाले त्यो
कारखाना नै बन्द
गरिएको थियो ।
एउटा खतरनाक असभ्य
जाति जसको बिचमा
येशूको सुसमाचार लैजानु फलामको
चिउरा चपाउनुसरह थियो
। तरै पनि
जिम तिनीहरूलाई सुसमाचार
सुनाउन चाहन्थे किनकि सुसमाचार
नै हत्या हिंसाको
अन्त्य हो भनी
जिमलाई राम्ररी थाहा थियो
।
जिमसँग
अन्य चार जना
साथीहरू पनि थिए
जसको उद्देश्य जिमसित
मेल खान्थ्यो— त्यो
निर्दयी आदिवासीलाई येशूको सुसमाचार
सुनाउने । हुरानीहरूसँग
मैत्रीपूर्ण सम्पर्क गर्न मिसनरीहरूले
विमानबाट तिनीहरूलाई आवश्यक पर्ने
हँसिया, डालोजस्ता सामानहरू उपहारको
रूपमा खसालिदिन्थे ।
केही महिना बितेपछि
तिनीहरूको गाउँबाट केही किलो
मिटर पर कुरारी
नदीको तटमा मिसनरीहरूले
आधार शिविर खडा
गरे । केही
हुरानीहरू मिसनरीहरूलाई भेट्न पनि आए
जसमध्ये एक जनालाई
तिनीहरूले आफ्नो विमानमा चढाएर
यात्रा गराए ।
मिसनरीहरूले उसलाई जर्ज नाउँ
दिएका थिए यद्यपि
उसको वास्तविक नाउँ
नयनकिवी थियो ।
हुरानीहरूको मैत्रीपूर्ण व्यवहारबाट उत्साहित
भएर मिसनरीहरूले तिनीहरूलाई
भेट्ने निधो गरे
। तर दु:खको कुरो
नयनकिवीले मिसनरीहरूको अभिप्रयाको सम्बन्धमा
आफ्ना मान्छेहरूलाई झुटो
बोलिदिएको थियो जसबारे
मिसनरीहरू अनभिज्ञ थिए ।
८ जनवरी १९५६
को दिन मिसनरीहरूले
तिनीहरूको प्रतीक्षा गरिरहँदा करिब
१० जनाको सङ्ख्यामा
आएका हुरानी लडाकाहरूले
मिसनरीहरूमाथि एक्कासि आक्रमण गरी
तिनीहरूको हत्या गरे ।
संसारलाई
निराश पार्ने खबर
वनको डडेलोझैँ फैलियो
। लाइफ पत्रिकाले इलिअट र
तिनका मित्रहरूको मिसनसाथै
मृत्युको विषयमा १० पृष्ठ
लामो लेख प्रकाशित
गर्यो
। आफ्नो श्रीमान्को
मृत्युपश्चात एलिजाबेथ र अन्य
मिसनरीहरूले हुरानीहरूको बिचमा सुसमाचरिय
कामलाई अगाडि बढाए ।
यस दर्दनाक घटनाको
९ वर्षपछि हुरानीहरूको
भाषामा मर्कूसको सुसमाचार छापियो
। अझै छक्क
पार्ने खबर त
यो हो कि
ती हुरानीहरू बिस्तारै
ख्रीष्टतर्फ फर्के । ती
पाँच जना मिसनरीहरूको
हत्यारामध्ये ६ जनाले
येशूलाई ग्रहण गरे ।
किमो नाउँका एक
जना हत्यारा तिनीहरूको
जातिको पास्टर बने जसले
मारिएका एक जना
मिसनरीका दुई सन्तानलाई
त्यही घटनास्थल अर्थात
कुरारी नदीमा बप्तिस्मा दिए
। आज तिनीहरूको
बिचमा स्कुलहरू स्थापना
गरिएका छन्; स्थानीय
मण्डलीहरू खडा गरिएका
छन् । तिनीहरू
सभ्यताको खुड्किलो चढ्दै छन्
।
आफ्नो
जीवन कालमा धेरै
मानिसहरू मिसनरीहरू होऊन् भन्ने
जिमको इच्छालाई सम्भवत:
तिनको मृत्युले मूर्त
रूप दियो जुन
अनपेक्षित घटनाले धेरै मानिसहरूलाई
मिसनरी भई विभिन्न
देशमा गएर येशूको
सुसमाचार सुनाउन अभिप्रेरित गर्यो
।