सानो
छँदा मैले बाइबल
र ताल्मुड दुवैबाट
शिक्षा पाएँ ।
म एउटा यहूदी
हुँ तर नासरतका
ज्योतिर्मय पात्रबाट म मोहित
भएको छु ।
... येशूको वास्तविक उपस्थितिको अनुभव
नगरीकन कसैले सुसमाचारहरू पढ्न
सक्दैनन् । हरेक
शब्दमा उहाँको व्यक्तित्व स्पन्दित
हुन्छ । यस्तो
जीवनमा कुनै मिथ्या
भरिँदैन ।
अल्बर्ट
आइन्स्टाइन,
भौतिकशास्त्रीसाथै
दार्शनिक
उहाँ
[येशू]
यस धरतीमा बाँच्नुहुने
महानतम मानवीय प्राणी हुनुहुन्थ्यो
। उहाँ असाधारण
प्रतिभा भएको नैतिकवान्
व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको
नैतिक चेतना अद्वितीय
थियो । मेरो
जीवन वा पढाइमा
मैले जम्काभेट गरेका
मानिसहरूमध्ये उहाँ अन्तर्निहित
रूपमा सबैभन्दा बुद्धिमानी
व्यक्तित्व हुनुहुन्थ्यो ।
चाल्र्स टेम्प्लेटन
ख्रीष्टमा
भएको प्रत्येक कुरोले
मलाई चकित तुल्याउँछ
। ... म जति
उहाँको नजिक जान्छु
त्यति नै धेरै
म होसियारीपूर्वक जाँच
गर्दछु । उहाँ
हरेक कुरोमा मभन्दा
माथि हुनुहुन्छ ।
उहाँको हरेक कुरो
शानदार छ ।
उहाँको महिमा शक्तिशाली छ
। ... न इतिहास,
न मानव–जाति,
न युग, न
प्रकृतिले यस्तो कुरो उपलब्ध
गराएको छ जससित
म उहाँको तुलना
गर्न सक्छु ।
उहाँमा हरेक कुरो
अद्भूत छ ।
नेपोलियन बोनापार्ट,
फ्रान्सेली
सम्राट्
येशू
संसारका महान् मानिसहरूमध्ये एक
हुनुहुन्न । यदि
तपाईं इच्छा गर्नुहुन्छ
भने अलेक्ज्यान्डर महान्
वा चाल्र्स महान्
वा नेपोलियन महान्बारे
कुरा गर्नुस् ।
... येशू फरक हुनुहुन्छ
।
सिम्पसोन
म
ख्रीष्टियान भएँ किनभने
मैले आफैमा एउटा
आवश्यकता भेट्टाएँ जसलाई येशू
ख्रीष्टमा मात्र सन्तुष्ट पार्न
सकिन्थ्यो ।
आर. एल.
मिक्स्चर
येशू
ख्रीष्टले यस्तो कुरोको माग
गर्नुहुन्छ जुन सबै
कुराहरूभन्दा पर छ,
जसलाई सन्तुष्ट पार्न
कठिन छ ।
... उहाँले मानवीय ह्दय चाहनुहुन्छ
। उहाँले यो
आफ्नै निम्ति पूर्ण
रूपमा लिनुहुनेछ ।
उहाँले यो विनाशर्त
माग गर्नुहुन्छ र
उहाँको माग तुरुन्तै
पुरा गरिनुपर्छ ।
... यो अद्भूत दृश्य गैरजिम्मेवार
देखिन्छ । यो
पूर्णत: मानिसको सृजनशील शक्तिको
क्षमताभन्दा पर छ
।
नेपोलियन बोनापार्ट,
फ्रान्सेली
सम्राट्
संसारलाई
आवश्यक परेको कुरो प्रेम
हो अर्थात् ख्रीष्टियान
प्रेम र दया
।
बेट्रान्ड रस्सेल,
दार्शनिक,
गणितज्ञसाथै
इतिहासकार
येशू
महानतम धार्मिक प्रतिभावान् व्यक्ति
हुनुहुन्थ्यो । उहाँको
सुन्दरता अनन्त छ र उहाँको शासनको कहिल्यै
अन्त्य हुनेछैन । हरेक
क्षेत्रमा येशू अद्वितीय
हुनुहुन्छ र कुनै
कुरो उहाँसित तुलना
गर्न सकिँदैन ।
अर्नेस्ट रेनान,
दार्शनिकसाथै
लेखक
उहाँको
[येशूको] जीवन
पवित्र थियो; उहाँको वचन
सत्य थियो; उहाँको
पुरै चरित्र सत्यताले
भरिपूर्ण थियो; नासरतका येशूभन्दा
वास्तविक वा साँचो
मान्छे कहिल्यै देखा परेको
छैन ।
ग्रिफिथ थोमास,
विद्वान्साथै
अगुवा
यदि
सेक्सपिएर यस कोठाभित्र
प्रवेश गर्ने हो भने
तिनको स्वागतको लागि
हामी सबै उठ्ने
थियौँ तर यी
व्यक्ति [येशू]
यस कोठाभित्र प्रवेश
गर्ने हो भने
हामी सबैले दण्डवत्
गर्ने थियौँ र
उहाँको कपडाको छेउलाई चुम्ने
थियौँ ।
चाल्र्स ल्याम्ब
येशूको
जीवनी वादविवादको आँधी
थियो । प्रेरितहरूभन्दा
अगिका अगमवक्ताहरूले प्रेरितहरूले
जस्तै वादविवादविना मुश्किलैले
कुनै दिन बिताए
। पावलले दिनदिनै
बजारहरूमा बहस गर्थे
भनी तिनले बताएका
छन् । वादविवादलाई
पन्छाउनु भनेको ख्रीष्टलाई पन्छाउनु
हो । हामीमा
शान्ति हुन सक्छ
तर यो नीच
र शारीरिक शान्ति
हुन्छ जहाँ सडकहरूमा
सत्यताको हत्या गरिन्छ ।
आर. सी.
स्प्रौल,
ईश्वरशास्त्री,
लेखकसाथै
पास्टर
येशू
ख्रीष्टको क्रूसबाहिर संसारमा कुनै
आशा छैन ।
क्रूस र पुनरुत्थान
सुसमाचारका अपरिहार्य तत्त्वहरू हुन्
र सुसमाचार मानव–जातिको एउटै मात्र
आशा हो ।
तपाईं जहाँ जानुहुँदा
पनि उक्त सुसमाचारलाई
कसरी प्रस्तुत गर्ने
भनी परमेश्वरसँग बुद्धि
माग्नुस्, त्यो जीवनको
सबैभन्दा कठिन परिस्थिति
नै किन नहोस्
।
रबि जकरिया,
ख्रीष्टियान
रक्षाशास्त्री,
लेखकसाथै
प्रचारक
पश्चात्ताप
र ख्रीष्टमाथिको विश्वासद्वारा
मात्रै कसैले उद्धार पाउन
सक्छ । कुनै
पनि धार्मिक क्रियाकलाप
पर्याप्त छैन; केवल
येशू ख्रीष्टमाथिको साँचो
विश्वास मात्रै पर्याप्त छ
।
रबि जकरिया,
ख्रीष्टियान
रक्षाशास्त्री,
लेखकसाथै
प्रचारक
पृथ्वीमा
सबैभन्दा घनिष्ठ मित्र पनि
येशू ख्रीष्टको तुलनामा
केवल छाया हो
।
ओसवाल्ड च्याम्बर्स,
प्रचारकसाथै
शिक्षक
मैले
ख्रीष्टियमतलाई बौद्धिक रूपमा खण्डन
गर्न तम्सिएँ र
नसकेपछि बाइबल साँचो छ
र येशू ख्रीष्ट
परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने
निष्कर्षमा पुगेँ म ।
जोस म्याकडोल,
ख्रीष्टियान
रक्षाशास्त्री,
लेखकसाथै
प्रचारक
हामीले
येशू ख्रीष्टलाई हाम्रो
मुक्तिदाताको रूपमा पाएको दिन
हाम्रो जीवनका महानतम दिनहरूमध्ये
एक हो ।
हाम्रा पापहरू मात्र पखालिँदैनन्,
तर परमेश्वरले आफ्नो
आत्मा हामीभित्र हालिदिनुहुन्छ
अनि हामीलाई नयाँ
इच्छाहरू दिनुहुन्छ ।
जोएस मेऐर,
प्रचारिका
सारा
पृथ्वीको राजा हुनुभन्दा
बरु म येशू
ख्रीष्टलाई अङ्गाली मर्न तयार
छु । म उहाँको खोजी गर्दछु
जो हाम्रो निम्ति
मर्नुभयो; म उहाँलाई
प्रेम गर्दछु जो
हाम्रो कारणले बौरी उठ्नुभयो
।
इग्नेसियस, प्रेरितिय
पिता
येशू
ख्रीष्ट तिन ओटा
कुरा गर्नका लागि
आउनुभयो भनी बाइबलले
हामीलाई बताउँछ— मेरो विगतलाई
क्षमा दिन, जीवनको
लागि उद्देश्य प्रदान
गर्न र स्वर्गमा घर
तयार पार्न ।
रिक वारेन,
पास्टरसाथै
लेखक
तसर्थ,
कुनै व्यक्तिले ख्रीष्टमा
आउन इन्कार गर्दा
त्यो साक्षीको कमी
वा बौद्धिक कठिनाइको
कारणले गर्दा भएको होइन
तर उसको ह्दयमा
परमेश्वरको पवित्र आत्माको खिँचाइलाई
उसले जानाजानी बेवास्ता
गरेकोले वा इन्कार
गरेकोले त्यसो भएको हो
। आखिरी विश्लेषणमा
तर्कको कमीले कोही पनि
ख्रीष्टियान हुनबाट चुक्दैन ।
ज्योतिलाई प्रेम गर्नुको साटो
उसले अन्धकारलाई प्रेम
गरेकोले र परमेश्वरसित
कुनै कुरो गर्न
नचाहेकोले ऊ ख्रीष्टियान
हुनबाट असफल भएको
हो ।
विलियम लेन
क्रेग,
ख्रीष्टियान
रक्षाशास्त्री,
दार्शनिकसाथै
लेखक
दुई
हजार वर्षसम्म उहाँ
[येशू ख्रीष्ट] संसारको ज्योति
हुनुभएको छ र
उहाँका वचनहरू बितेर गएका
छैनन् ।
हेन्री मोरिस,
ख्रीष्टियान
रक्षाशास्त्रीसाथै
लेखक
येशू
परमेश्वर हुनुहुन्छ जसकहाँ हामी
विनादम्भ जान सक्छौँ
र उहाँको सामु
निराश नभईकन हामीले
आफैलाई विनम्र तुल्याउन सक्छौँ
।
ब्लाइज पास्कल,
गणितज्ञ,
भौतिकशास्त्रीसाथै
ख्रीष्टियान
दार्शनिक
उहाँ
[येशू] को
विषयमा केही कुरो
यति विशुद्ध, निष्कपट
र विशिष्ट थियो
कि उहाँको इमान्दारीमाथि
आशङ्का गर्नु भनेको सूर्यको
चमकमाथि आशङ्का गर्नुजस्तै हो
।
चाल्र्स एडवार्ड
जेफर्सन,
ख्रीष्टियान
सेवक