menu bar

Monday, February 16, 2015

रक्षाशास्त्र (अपोलोजेटिक्स) बारे १५ ओटा भनाइहरू (भाग २)



बाइबलले मानिसहरूलाई तिनीहरूको विश्वास परमेश्वरमाथि राख्न उत्साह दिन्छ अभाग्यवश: धेरै मानिसहरूले विश्वासलाई अन्धविश्वास वा मनको चाहको समान ठान्छन् तर बाइबलले अपेक्षा गरेको विश्वास बौद्धिक विश्वास हो यो अन्धो अबौद्धिक बाइबलिय विश्वास कसै (परमेश्वर) माथि गरिने भरोसा हो जो हाम्रो विश्वासको योग्य हुनुहुन्छ कसैले बाइबलको परमेश्वरमाथि विश्वास गर्दा उसले आफ्नो तर्कशक्तिलाई त्याग गर्नुपर्छ भनी उसलाई बिन्ती गरिएको छैन
डन स्टेवार्ट  

हामीलाई विश्वासको इमान्दार प्रतिस्पर्धीहरू हुन बोलावट भएको वादविवादमा अल्झने, खराब विचार राख्ने या तर्क वितर्कको खोजी गर्नको लागि हाम्रो बोलावट भएको होइन प्रभुको सेवक झगडालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील, नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ” ( तिमोथी :२४२५) हामीले प्रेमसाथ सत्यता बोल्नुपर्छ (एफिसी :१५) परमेश्वरको सत्यतालाई कठोरसाथै प्रेम नदेखाईकन प्रयोग गर्नाले कुनै पनि व्यक्तिलाई सुसज्जित पार्दैन त्यसले परमेश्वरको महिमा गर्दछ
बोब होक्स्ट्रा   

असल दर्शनशास्त्र अस्तित्वमा हुनैपर्छ, कुनै कारणले गर्दा होइन भने पनि खराब दर्शनशास्त्रलाई जवाफ दिनुपर्नै भएकोले गर्दा हो
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

आज ख्रीष्टियमत सङ्घर्षमा यसले सेकुलर संसारको विरुद्धमा सङ्घर्ष गरिरहेको ; हाम्रो विरुद्धमा शत्रुतापूर्ण व्यवहार गर्ने संसारका धर्महरूको विरुद्धमा सङ्घर्ष गरिरहेको ; झुटा शिक्षा रहस्यमय धर्महरूको विरुद्धमा सङ्घर्ष गरिरहेको ; हाम्रा ईश्वरशास्त्रीय सेमिनारीहरूमा भएका भ्रष्ट ईश्वरशास्त्रको विरुद्धमा सङ्घर्ष गरिरहेको ; प्रायश: पुल्पिटमा सङ्घर्ष गरिरहेको ; हाम्रा सबै किनाराहरूमा वरिपरि भएका दुष्टका सबै रूपहरूको विरुद्धमा सङ्घर्ष गरिरहेको मण्डली सङ्घर्षमा नै जन्म्यो; यो सङ्घर्षमा नै जिउँछ यसले सङ्घर्षमा नै विजय हासिल गर्छ भन्ने कुरालाई महसुस नगर्ने व्यक्ति वास्तवमा मूर्ख हो हामीलाई क्रूसका सिपाहीहरू हुन डाकिएको , यदि हामी क्रूसका सिपाहीहरू बन्छौँ भने यसको अर्थ हुन्छ कि हामीले युद्धका पोशाकहरू धारण गर्नुपर्छ त्यसकारण तिमोथी अध्यायमा पावलले भन्न सके, “मैले उत्तम लडाइँ लडेको छु” (पद ) तिनले यसो भनेनन्, “मैले लामो छुट्टी लिएको छु मैले उत्तम लडाइँ लडेको छु; मैले दौड सिद्ध्याएको छु; मैले विश्वासलाई बचाइराखेको छु तर आज ख्रीष्टियमतमा हामीले सामना गरिरहेको समस्या ( यो सङ्कष्टमय परिस्थितिमा पर्नुको कारण) यो हो कि ख्रीष्टियान मण्डलीको ठुलो हिस्साले संसारसित सङ्घर्ष गर्दैन , त्यो हाम्रो एउटा महानतम कमजोरी हो
वाल्टर मार्टिन, ख्रीष्टियान रक्षाशास्त्रीसाथै लेखक

ख्रीष्टियमतका सिमाभन्दा बाहिर रहेकाहरूले यसलाई विरलै बुझ्छन् वास्तवमा ख्रीष्टियमतलाई गलत बुझाइबाट जोगाउनु सम्भवत: रक्षाशास्त्रीले सामना गरेको एउटा महानतम काम हो
अलिस्टर . म्याकग्रेथ, ख्रीष्टियान रक्षाशास्त्री, ईश्वरशास्त्रीसाथै वैज्ञानिक

साधारणतया तर्क गर्न तयार नहुने व्यक्तिले उपहासमा उडाउने काम गर्दछ
जी. के. खेस्टर्टोन, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै ईश्वरशास्त्री 

ख्रीष्टियान विश्वासले हाम्रो समझलाई तासीमा थन्काउनुपर्छ वा सामान्य बुद्धिसाथै इतिहासलाई खुल्लमखुल्ला अपमान गर्नुपर्छ वा अन्धो रूपमा विश्वास गर्नुपर्छ भनी आग्रह गर्दैन तर्कसङ्गत, साक्षीबारे पूर्णत: सूचित व्यक्तिले निश्चयतासाथ विश्वास गर्न सक्छ
विलियम लेन क्रेग, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

मानिसको लागि सबैभन्दा व्यावहारिक महत्त्वपूर्ण कुरो अझै पनि विश्वबारे उसको दृष्टिकोण नै हो
जी. के. खेस्टर्टोन, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै ईश्वरशास्त्री 

ख्रीष्टियमत साँचो हो भनी विश्वस्त भएको खण्डमा मात्रै मानिसहरू ख्रीष्टियान बन्नेछन् यदि मानिसहरूले ख्रीष्टियमत साँचो हो भनी विश्वास गरे मात्रै तिनीहरू ख्रीष्टियान भइरहन्छन् रक्षाशास्त्रीको काम ख्रीष्टियमत साँचो हो भनी प्रमाणित गर्नु हो उद्धार एउटा अलौकिक कार्य हो तर कसैले कुनै व्यक्ति ख्रीष्टियान भएको भनेर सुन्दा उसले पहिले यो साँचो थियो भनी विश्वास गरेको थिएन अनन्त जीवन सित्तैँको वरदान हो जुन येशू ख्रीष्टमाथिको विश्वासद्वारा मात्र प्राप्त हुन्छ भनी कुनै तरिकाले विश्वस्त हुन पुग्यो
रिक सेँक

सबै धर्महरू उही होइनन् सबै धर्महरूले परमेश्वरलाई देखाउँदैनन् सबै धर्महरू उही हुन् भनी सबै धर्महरूले बताउँदैनन् हरेक धर्ममा परमेश्वर को हुनुहुन्छ वा को हुनुहुन्न जीवनको उद्देश्य के हो भनी खास तवरले परिभाषित गर्ने सम्झौता नगर्ने प्रतिबद्धता हुन्छ
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक

मानिसले सोच्नुपर्छ; उसले आफ्ना सबै इन्द्रियहरूलाई प्रयोग गर्नुपर्छ; उसले जाँच गर्नुपर्छ; उसले तर्क गर्नुपर्छ; सोच्न नसक्ने मानिस मानिसभन्दा कम हुन्छ; नसोच्ने मानिसले आफैलाई धोका दिन्छ; सोच्न डराउने मानिस अन्धविश्वासको दास हो
रोबर्ट ग्रिन इङ्गरसोल, वकिलसाथै राजनीतिज्ञ

ख्रीष्टियानहरूमा भएको आशाको लागि कारण दिन सक्षम हुनु यी दिनमा तिनीहरूका लागि खास गरी महत्त्वपूर्ण ... अविश्वासी गैरविश्वासीहरूबाट आएका चुनौतिहरू हाम्रा वरिपरि छन् ख्रीष्टियान भएको नाताले हामी अवतार हुनुभएका वचन [लोगोस] अर्थात् परमेश्वरको तर्कलाई पुज्छौँ तसर्थ, हाम्रा आधारभूत विश्वासहरूप्रति खुला रूपमा जडवादी हुनेहरूलाई [हाम्रो विश्वास] बताउन हामी तयार हुनुपर्छ हामी मौन रह्यौँ भने हामीले परमेश्वरको विरुद्धमा पाप गरेका हुन्छौँ
डी. जेम्स केनेडी, पास्टरसाथै प्रचारक

ख्रीष्टियानहरूका लागि रक्षाशास्त्र ऐच्छिक होइन ... हामीले के विश्वास गर्छौं किन विश्वास गर्छौं भनेर जान्न हामीलाई आज्ञा दिइएको
फ्र्याङ्क टुरिक, लेखक, वक्तासाथै ख्रीष्टियान रक्षाशास्त्री

सुसमाचारहरूमा तपाईंलाई मन परेका कुराहरूलाई विश्वास गरी मन नपरेका कुराहरूलाई इन्कार गर्नुभयो भने तपाईंले विश्वास गर्नुभएको कुरो सुसमाचार होइन, त्यो तपाईं आफै नै हुनुहुन्छ
अगस्टिन, ख्रीष्टियान ईश्वरशास्त्रीसाथै दार्शनिक 

यदि सत्यताले चोट पुर्याउँछ भने पुर्याओस् परमेश्वरलाई चोट पुर्याउँदै मानिसहरूले आफ्नो सम्पूर्ण जीवन गुजार्दै आएका छन् केही क्षणको लागि तिनीहरूलाई चोट लागोस्
जोन माकार्थुर, पास्टर, प्रचारकसाथै लेखक




Leave Your Comments Here.