येशूको
पुनरुत्थान ख्रीष्टियान विश्वासको कुने–ढुङ्गो हो जसविना
ख्रीष्टियमत गल्र्यामगुर्लुम ढल्छ ।
प्रेरित पावलको भाषामा भन्नुपर्दा,
“यदि ख्रीष्ट मृतकबाट
पुनर्जीवित पारिनुभएको होइन भनेता
हाम्रो प्रचार व्यर्थ हुन्छ,
र तिमीहरूको विश्वास
पनि व्यर्थ हुन्छ”
(१ कोरिन्थी १५:१४) ।
यस अलौकिक घटनालाई
विगत दुई हजार
वर्षदेखि नै प्राकृतिक
दृष्टिकोणबाट बुझ्ने कोसिस गरिँदै
आएको छ । सर्वप्रथम यहूदी अगुवाहरूले
त्यस्तो दुश्प्रयास गरेका थिए
। येशू पुनरुत्थान
हुनुभएपछि तिनीहरूले एउटा कथा
रचेका थिए जसअनुसर
येशूका चेलाहरूले येशूको मृत
शरीरलाई चोरेर लगे (मत्ती
२८:११–१५)
। यहूदीहरूको बिचमा
यही कथा फैलियो
। निस्सन्देह, कतिपय
यहूदीहरूले येशूमा विश्वास नगर्नुमा
यही कहानी जिम्मेवार
थियो । तर
के यहूदी धर्म–गुरुहरूले भनेजस्तै येशूका
चेलाहरूले उहाँको शवलाई चोरी
पुनरुत्थानको नाटक रचेका
हुन् त ? होइन
भन्नाका लागि यहाँ
५ ओटा कारण
पेस गरिएका छन्
।
१. येशूको गिरफ्तारीपश्चात्
चेलाहरू
औधी
डराएका
थिए
।
जब
गेतसमनीको बगैँचामा येशूलाई गिरफ्तार
गरियो तब सबै
चेलाहरूले उहाँलाई छाडेर भागे
(मत्ती २६:५६)
। येशूको पक्राउपछि
पत्रुसले उहाँलाई तिन पटक
इन्कार गरे ।
सम्भवत: तिनीहरूले आफूलाई येशूको
चेलाको रूपमा चिनाएनन् ।
यूहन्ना लेख्छन्, “यहूदीहरूको डरले
चेलाहरू ढोकाहरू बन्द गरेर
भित्र बसेका थिए”
(२०:१९) ।
केही चेलाहरू आफ्नै
पुरानो पेसामा फर्किसकेका थिए
(यूहन्ना २१:३)
। यी विवरणहरूलाई
नियाल्दा हामी प्रस्ट
हुन सक्छौँ कि
चेलाहरू निकै डराएका
थिए । यस्ता
डरपोक चेलाहरूले येशूको
चिहान रुँग्न बसेका
सिपाहीहरूको विरुद्धमा सङ्घर्ष गरी
येशूको शव लगे
भन्ने परिकल्पनामा कुनै
दम छैन ।
तिनीहरूसँग न आँट
थियो न त शक्ति नै ।
२. येशूको चिहानमा भएका
कपडाहरू
उही
स्थानमा
थिए
।
चिहानमा
भएका कपडाहरूले उल्लेखनीय
रूपमा येशूको पुनरुत्थानको
गवाही दिन्छन् ।
यूहन्नाले लेखेका छन्, “... चिहानभित्र
निहुरेर हेर्दा, तिनले सूती
कपडाहरू मात्र पडिरहेका देखे,
... । अनि तिनले
पनि मलमलका बेह्ने
कपडाहरू मात्र त्यसै पडिरहेका
देखे । उहाँको
शिरमा बाँधिएको रूमालचाहिँ
मलमलका कपडाहरूसँग थिएनन् तर
अलग्गै एक ठाउँमा
पटयाएर राखिएको थियो ।
...” (२०:३–९)
। यो विवरण
निकै चाखलाग्दो छ
किनकि येशूको शरीर
गायब छ तर
उहाँको शरीरमा बेह्एिका कपडाहरू
चिहानमा नै छन्,
यत्रतत्र छरिएर रहेको अवस्थामा
नभई पहिलेकै अवस्थामा
। यदि कसैले
उहाँको शव चोरेको
थियो भने कपडा
किन छोड्यो ? चोरीको
काम हतारमा हुने
भएकोले किन कपडाहरू
जथाभावी छरिएनन् ? किन मिलाइएको
अवस्थामा ?
३. चिहानको
मुखमा
ठुलो
ढुङ्गो
राखिएको
थियो
।
येशूलाई
राखिएको चिहानको मुखमा एउटा
ठुलो ढुङ्गो राखिएको
थियो (मत्ती २७:६०) ।
ढुङ्गा कति ठुलो
थियो भन्ने यथार्थतालाई
अङ्कित गर्दै चिहानमा गएका
स्त्रीहरूले चिन्ता व्यक्त गरे,
“हाम्रा निम्ति चिहानको ढोकाको
ढुङ्गा कसले हटाइदेला
?” (मर्कूस १६:३)
। मानिस र
जनावरहरूबाट सुरक्षा गर्न चिहानको
मुखमा ढुङ्गा राखिन्थ्यो
। चोरी हुन
सक्ने सम्भावनालाई रोक्न
येशूको चिहानको मुखमा साधारणतया
प्रयोग गरिने भन्दा ठुलो
ढुङ्गा राखिएको हुनुपर्छ ।
यदि चेलाहरूले चिहानमा
आएर येशूको शवलाई
चोर्न खोजेका थिए
भने पनि ढुङ्गा
हटाउँदा उत्पन्न आवाजले पहरादारहरूलाई
पक्कै बिउँझाउनेथियो ।
तसर्थ, यो सारा
घटनामा यो ढुङ्गा
मौन साक्षी हो
।
४. चेलाहरू
इज्जतदार
मानिसहरू
थिए
।
चेलाहरूले
आफ्नो बाँकी जीवन
येशू नै मसीह
हुनुहुन्छ भनी प्रचार
गरेर बिताए जसको
लागि पुनरुत्थान अपरिहार्य
अवयव थियो ।
आफ्नो विश्वासको निम्ति
तिनीहरू अपहेलित भए; पिटिए;
गिरफ्तार गरिए र
अन्त्यमा तिनीहरू डरलाग्दो मृत्यु
वरण गरी सहिद
बने । जस्तोसुकै
कठिन परिस्थितिमा तिनीहरूले
एक पटक पनि
आफ्नो विश्वासलाई त्यागेनन्
। येशूको गिरफ्तारीमा
डरपोक यी चेलाहरू
केही हप्तापश्चात् सिंहझैँ
निर्भीक बनेका थिए ।
झुटले तिनीहरूलाई यस्तो
सुरो बनाउँदैनथ्यो ।
५. यहूदी
अगुवाहरूले
बनाएको
कथामा
खोट
थियो
।
यस
काल्पनिक कथामा भएको खोट
यही हो— यदि
पहरादारहरू सुतिरहेका थिए भने
चेलाहरूले येशूको लाश चोरे
भनी तिनीहरूले कसरी
भन्न सक्थे ? पहरादारहरू
कि ब्युँझेका थिए
कि निदाएका थिए
। तिनीहरू जागा
नै थिए भने
तिनीहरूले यस्तो कथा रच्दैनथ्ये
। यदि तिनीहरू
निदाएका थिए भने
चेलाहरूले लाश लगे
भनेर तिनीहरूलाई कसरी
थाहा भयो ? तपाईं
निदाइरहनुहुँदा फलानोले तपाईंको घरको
कम्प्युटर चोरेर लग्यो भनी
तपाईंले भन्नुभयो भने अदालतमा
मान्छेहरू हाँस्छन् । पहरादारहरू
सुत्न सक्दैनथ्ये किनकि
त्यसो गर्नु भनेको
ज्यान गुमाउनु थियो
।
निष्कर्षमा,
उपलब्ध विवरणहरूलाई होसीयारीपूर्वक अध्ययन
गरेपछि एउटा दक्षसाथै
सचेत अनुसन्धानकर्ताले येशूको
शव चोरी भएको
थियो भन्ने परिकल्पनालाई
सहजै लत्त्याइदिन्छ किनकि
ऐतिहासिक विवरणको वरिपरि भएका
दृश्यहरूले यो विकल्पको
कत्ति पनि समर्थन
गर्दैनन् ।