तिनी
केवल १५ वर्ष
पुगेका थिए ।
पापले कायल भएर
क्षमाको लागि तिनी
एउटा मण्डलीमा पुगे
। स्थानीय प्रचारकले
बाइबललाई मुश्किलैले पढ्न सक्थे
। वक्ताको खण्ड
थियो, “मतिर फर्क,
र उद्धार पाओ,
हे पृथ्वीका सबै
पल्लो छेउका हो,
किनकि म परमेश्वर
हुँ र अरू
कोही छैन” (यशैया
४५:२२) ।
वचन साधारण र
सङ्क्षिप्त भए तापनि
बाइबलको वचनले ठिटोको ह्दयलाई
छोयो । त्यही
दिन अर्थात् ६
जनवरी १८५० को
दिन तिनले आफ्नो
जीवन प्रभुमा सुम्पे
र बाँकी जीवन
उहाँकै निम्ति बिताए ।
तिनको नाउँ हो—
चाल्र्स स्परजिन ।
उन्नाइसौँ
शताब्दीको उत्तराद्र्धमा इङ्गल्यान्डका सर्वोत्तम प्रचारक थिए,
स्परजिन । “प्रचारकहरूका
राजकुमार” भनेर चिनिने
स्परजिनले जीवनमा अनुमानित एक
करोड मानिसहरूलाई प्रचार
गरे । तिनले
लन्डनस्थित मेट्रोपोलिटन
टेबरनेकलमा ३८
वर्षसम्म पास्टर भई प्रभुको
सेवा गरे ।
तिनका हजारौँ प्रवचनहरू
संसारको चारैतिर पुगेका छन्
। तिनका रचनाहरू
मनग्गे भाषाहरूमा अनुवाद गरिएका
छन् । अनाथालय
खोली सामाजिक सेवामा
पनि होमिएका स्परजिन
पत्रिकाका सम्पादक पनि थिए
। प्रवचन, आत्मचरित्र,
टिप्पणीसाथै विभिन्न साहित्यिक कृतिहरूमा
कलम चलाएका स्परजिनले
कविता, भजनसाथै प्रार्थनाको विषयमा
पनि लेखेका छन्
। स्रोताहरूले मन्त्रमुग्ध
भएर तिनका प्रवचनहरू
सुन्थे । धेरै
ख्रीष्टियानहरूका लागि तिनका
लिखित प्रवचनहरू सर्वोत्तम
ख्रीष्टियान साहित्य बनेका छन्
।
१९
जुन १८३४ मा
स्परजिनको जन्म इङ्गल्यान्डमा
भएको थियो ।
३ मे १८५०
मा बप्तिस्मा लिएका
स्परजिनले १६ वर्षको
उमेरमा आफ्नो जीवनको पहिलो
सुसमाचारिय प्रवचन तोडे ।
१९ वर्षको उमेरमा
लन्डनस्थित न्यु
पार्क
स्ट्रिट
च्यापलमा पास्टरको
भूमिका निभाउन तिनलाई निमन्त्रणा
गरियो । त्यसबेला
यो नै सबैभन्दा
ठुलो ब्याप्टिस्ट मण्डली
थियो । तिनको
प्रचारको असाधारण खुबीको कारणले
केही महिनाभित्रमा नै
तिनी प्रसिद्ध प्रचारक
कहलाइए । हरेक
हप्ता तिनका प्रवचनहरू
पत्रिकामा छापिन्थे र व्यापक
रूपमा प्रचार–प्रसार
हुन्थे । आफू
स्वर्गीय घरमा प्रस्थान
नगरुञ्जेलसम्म तिनले झण्डै ३,६०० ओटा
प्रवचन तोडे र
४९ ओटा ठेली
प्रकाशित गरे ।
ईश्वरशास्त्रको अध्ययनको लागि कहिल्यै
स्कुल नगएको भए
तापनि २२ वर्षकै
उमेरमा तिनी लन्डनकै
सर्वाधिक लोकप्रिय प्रचारक बनिसकेका
थिए ।
८
जनवरी १८५६ मा
स्परजिन वैवाहिक बन्धनमा बाँधिए,
सुसन्नासँग । तिनीहरूबाट
जुम्ल्याहा छोरा जन्मे—
चाल्र्स र थोमस
।
हरेक
हप्ता ५,०००
को भिडलाई प्रचार
गर्ने स्परजिनले एक
पटक २३,०००
को भिडलाई सम्बोधन
गरेका थिए ।
तिनले आफ्नो प्रवचनलाई
पुरै लेख्ने गर्थे
यद्यपि पुल्पिटमा तिनले रूपरेखा
मात्र लैजाने गर्थे
। तिनले स्रोताहरूलाई
कहिल्यै वेदीमा बोलाउँदैनथ्ये तर
कोही तिनको वचनबाट
प्रभावित भई येशू
ख्रीष्टको बारेमा थप जान्न
चाहेको खण्डमा भोलिपल्ट बिहान
तिनको घरमा गई
तिनलाई भेट्न सक्थ्यो ।
अर्को दिन सधैँ
कोही न कोही
तिनको ढोकामा हुन्थ्यो
।
नियमित
प्रचारका अतिरिक्त तिनले मण्डलीहरू
स्थापना गरे; अनाथालय
खोले, पास्टरर्स कलेजको सुरुआत
गरे । तिनले
मासिक ख्रीष्टियान पत्रिकाको
सम्पादन गरे र
ख्रीष्टियान साहित्यको विकासमा उल्लेखनीय
भूमिका निभाए ।
३१
जनवरी १८९२ मा
तिनी प्रभुको घरमा
गए ।