यस
धरतीमा बाँच्ने महानतम पुरातत्त्वविद्हरूमध्ये
एक जनाको नाउँ
हो— सर विलियम
राम्से । आफ्ना
नास्तिक आमाबाबुद्वारा अविश्वासीको रूपमा सर
विलियम राम्सेलाई हुर्काइएको थियो
। उन्नाइसौँ शताब्दीमा
तिनले जर्मनीको ऐतिहासिक
स्कुलबाट शिक्षा पाएका थिए
। परिणाम स्वरूप
कट्टरवादीहरूले भनेजस्तै प्रेरितको पुस्तक
पहिलो शताब्दीमा नभई
दोस्रो शताब्दीको मध्यतिर लेखिएको
थियो भनी तिनलाई
सिकाइएको थियो ।
त्यसमा तिनी निकै
विश्वस्त थिए ।
तर तिनलाई प्रमाण
चाहिएको थियो ।
बाइबलको
ऐतिहासिक विवरण गलत थियो
भन्ने कुरामा राम्से
निश्चित थिए ।
तिनले बाइबललाई दन्त्यकथाहरूको
पुस्तक भन्थे । बाइबललाई
अप्रमाणित गर्ने उद्देश्यले नै
तिनले पुरातत्त्वविद्या भन्ने
विषय पढे ।
आवश्यक वैज्ञानिक सामग्रीहरू र
शिक्षासहित तयार भएपछि
तिनी एसिया माइनर
र प्यालेस्टाइनतर्फ लागे,
खास गरी प्रेरितको
पुस्तकलाई काल्पनिक विवरणको रूपमा
पुष्टि गर्नको लागि ।
२५
वर्षसम्म तिनले एसिया र
मध्यपूर्वमा जोडतोडका साथ खोज
गरे । नयाँ
करारको ऐतिहासिक सच्चाइ र
साक्षी देखेर राम्से तिन
छक परे ।
तिनका खोजहरूले बाइबललाई
अप्रमाणित गर्नुको साटो पुष्टि
गरेको भेट्टाए तिनले
। बाइबलका ससना
विवरणहरूमा सत्यता भेट्टाए तिनले
। अन्तमा आफू
ख्रीष्टियान भएको घोषणा
गरी तिनले बौद्धिक
वृत्तमा भुइँचालो ल्याइदिए ।
तिनी पक्का ख्रीष्टियान
बने ।
स्कटल्यान्डमा
जन्मेका राम्से विख्यात् पुरातत्त्वविद्
र नयाँ करारको
विद्वान् कहलाइए । डेढ
दर्जनभन्दा बेसी कृतिहरूका
लेखक राम्से एसिया
माइनरको इतिहास र नयाँ
करारको अध्ययनमा आफ्नो समयका
प्रमुख विद्वान् बने ।