menu bar

Thursday, February 26, 2015

के येशूका जीवनीकारहरू प्रत्यक्षदर्शीहरू हुन् ?



येशू ख्रीष्ट परमेश्वरका अद्वितीय पुत्र हुनुहुन्छ वा हुनुहुन्न भन्नेजस्ता ऐतिहासिक विषयहरूको लागि पनि प्रत्यक्षदर्शीको गवाही अत्यधिक महत्त्वपूर्ण हुन्छ के हामीसँग येशूको बारेमा बताउने प्रत्यक्षदर्शीका विवरणहरू छन् ? येशूलाई व्यक्तिगत रूपमा भेट्ने, उहाँका शिक्षाहरू सुन्ने, उहाँका आश्चर्यकर्महरूलाई देख्ने, उहाँको मृत्युको साक्षी बन्ने मृत्युपश्चात् उहाँलाई देखेको दाबी गर्ने मान्छेहरूले लेखेका कागजातहरू हामीसँग छन् ? छन् भने येशूको वास्तविक चिनारीको लागि ती अमूल्य छन्

बाइबलका दुई ओटा मुख्य भागमध्ये पछिल्लो भागलाई नयाँ करार भनेर चिनिन्छ नयाँ करारका अगिल्ला चार ओटा पुस्तकका लेखकहरू क्रमश: मत्ती, मर्कूस, लूका यूहन्ना हुन् भनिएको यी चार जना लेखक येशूका जीवनीकारहरू हुन् पृथ्वीमा भएको उहाँको सेवाकार्य मानवजातिको पापको निम्ति उहाँको स्थानापन्न मृत्युलाई उल्लेख गरेका छन् तिनीहरूले अगिल्ला तिन ओटा सुसमाचारले उहाँको जीवनीलाई झण्डै उही किसिमले प्रस्तुत गरेका छन् तसर्थ, तिनीहरूलाईसम्मिलित सुसमाचारहरूभनेर चिनिन्छ चौथो सुसमाचारका लेखक आफ्नो प्रस्तुतीकरणमा अलि फरक छन्

सुसमाचारहरू कसले लेखे भन्ने विषय अत्यधिक महत्त्वपूर्ण पछिल्लो समयमा आएर येशूका जीवनीकारहरूको चिनारीको सम्बन्धमा प्रश्न उठाइएको येशूको मृत्यु भएको कैयौँ वर्षपछि मत्ती, मर्कूस, लूका यूहन्नाका नाउँ राखी सुसमाचारहरू लेखिए, यथार्थत: तिनीहरू वास्तविक लेखकहरू होइनन् भनी आरोप लगाइएको

तर प्रारम्भिक मण्डलीको एकत्रित साक्षीअनुसार येशूका बार् चेलामध्ये एक मत्ती नामक चेलाले नै पहिलो सुसमाचार लेखे तिनलाई लेवी पनि भनिएको जसले येशूको अनुयायी हुनुअगि महसुल उठाउने काम गर्थे पत्रुसका मित्र यूहन्ना मर्कूसले दोस्रो सुसमाचार लेखे पावलका प्रिय वैद्य भनी चिनिने लूकाले तेस्रो सुसमाचार प्रेरितको पुस्तक लेखे

यिनीहरू वास्तविक लेखक नभए पनि यिनीहरूको नाउँमा कसैले लेखेको हो कि भन्ने शङ्का सजिलैसित दूर गर्न सकिन्छ मर्कूस लूका बार् चेलामध्येका थिएनन् मत्ती बार्हमध्ये एक भए पनि तिनी महसुल उठाउने पेसाका थिए जुन पेसालाई घृणित ठानिन्थ्यो कसैले चालबाजी गर्न खोजेको भए तापिन पत्रुस, मरियम, याकूबजस्ता नामहरू जोड्ने थिए किनकि यी नामहरूमा मत्ती, मर्कूस लूकाका नामहरूमाभन्दा बढी तौल ज्यादै पछि लेखिएका अपोक्रिफासम्बन्धी सुसमाचारहरूमा यसै गरिएको पाउँछौँ हामी

चौथो सुसमाचारका लेखक यूहन्ना हुन् भन्ने कुरामा कुनै शङ्का छैन तर कुनचाहिँ यूहन्ना (प्रेरित यूहन्ना कि अर्कै यूहन्ना) हुन् भन्ने बारेमाचाहिँ विवाद प्रेरित यूहन्नाद्वारा नै चौथो सुसमाचार लेखिए भन्नेमा नै अधिकतर साक्षी पाइन्छ

मत्ती मर्कूसले नै अगिल्ला दुई ओटा सुसमाचार लेखेका हुन् भनी ख्रीष्टाब्द १२५ मा पपियासले प्रष्ट पारेका छन् तिनको साक्षी प्राचीनतम सम्भवत: सर्वाधिक उल्लेखनीय ख्रीष्टाब्द १८० मा आइरेनियसले पनि सो पुष्टि गरे, “मत्तीले हिब्रूहरूको आफ्नै भाषामा तिनीहरूका बिचमा तिनको आफ्नो सुसमाचार प्रकाशित गरे जुन समयमा पत्रुस पावल रोममा सुसमाचार प्रचार गर्दै त्यहाँ मण्डली स्थापना गर्दै थिए तिनीहरूको प्रस्थानपछि चेलासाथै पत्रुसका अनुवादक मर्कूसले पत्रुसका वचनहरूको सारलाई लिपिबद्ध गरी हामीलाई सुम्पिदिए पावलका अनुयायी लूकाले आफ्ना शिक्षकद्वारा प्रचार गरिएको सुसमाचारलाई लेखे एसियामा अवस्थित एफिससमा बस्दा प्रभुका चेला यूहन्ना जो उहाँको छातीमा ढल्केर बसेका थिए तिनले आफ्नो सुसमाचारको रचना गरे

तब हामी निश्चयतासाथ भन्न सक्छौँ कि मत्ती, मर्कूस, लूका यूहन्ना नै वास्तविक लेखकहरू हुन् तिनीहरूद्वारा अभिलिखित सुसमाचारहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रत्यक्षदर्शीका गवाहीहरूमा आधारित छन् पहिलो शताब्दीमा सुसाचारका लेखकहरूको चिनारीको सम्बन्धमा कुनै विवाद थियो भन्ने साक्षी नहुनु उल्लेखनीय पाटो हो

Leave Your Comments Here.