जोन
गेडी क्यानडामा पास्टरको
सेवा गर्दै थिए
। तर परमेश्वरले
तिनलाई नयाँ भूमिमा
मिसनरी भई सेवा
गर्न बोलाउनुभयो ।
ख्रीष्टाब्द १८४६ मा
आफ्नी प्यारी पत्नी
र दुई सन्तानलाई
लिई तिनी दक्षिण
प्रशान्त क्षेत्रमा पर्ने न्यु
हेब्रिडेस (हाल भानुआटु)
नाउँ गरेको टापुमा
गए । २०
हजार माइलको यात्रा
गरी तिनीहरू त्यहाँ
पुगेका थिए ।
त्यहाँका
स्थानीयहरू नरभक्षी थिए अर्थात्
तिनीहरूले मान्छेलाई मारेर खाने
गर्थे । जोनको
परिवार त्यहाँ पुग्नुभन्दा केही
महिना अगि मात्र
त्यहाँका बासिन्दाहरूले एउटा ब्रिटिस
पानी जहाजका २२
जना नाविकहरूको हत्या
गरी तिनीहरूलाई खाएका
थिए । मान्छेको
मासु सबैभन्दा स्वादिलो
हुन्छ भन्ने स्थानीयहरूको
विश्वास थियो ।
मारिएका मानिसहरूको मासु खानुलाई
उचित मानिन्थ्यो ।
एउटा यस्तो बर्बरतापूर्ण
टापु जहाँ आफ्नै
सन्तानको हत्या गरी मासु
खाने गरिन्थ्यो !
सुसमाचार प्रचारको लागि त्यो
अत्यधिक जोखिमपूर्ण ठाउँ थियो
।
जोनको
परिवारले त्यहाँको स्थानीय भाषा
सिक्न निकै सङ्घर्ष
गर्नुपर्यो
। तिनीहरूको कुनै
लिखित भाषा नै
थिएन, शब्दकोष त
धेरै परको कुरो
। जोनलाई बारम्बार
हत्याको धम्की आउँथ्यो ।
तरै पनि तिनी
प्रभुमा भरोसा गर्दै अगाडि
बढे । सुरुमा
केही स्थानीयहरूले येशूमा
विश्वास गरे ।
त्यसपछि चाँडै नै धेरैले
सुसमाचारलाई अङ्गाले । परमेश्वरमा
विश्वास गर्दै जोनले निरन्तर
रूपमा आफ्नो सेवालाई
अगाडि बढाए ।
२४ वर्ष उक्त
विदेशी भूमिमा सङ्घर्षपूर्ण जीवन
बिताउँदा तिनले घरबाट खासै
मद्दत पाएका थिएनन्
। तरै पनि
परमेश्वर आफ्नो सेवकप्रति विश्वासयोग्य
हुनुहुन्थ्यो ।
अन्तत:
तिनले त्यहाँको स्थानीय
भाषामा पुरै बाइबललाई
अनुवाद गरे; पच्चिस
ओटा मण्डली स्थापना
गरे । त्यस
टापुको जताततै स्कुलहरू स्थापना
गरिए । जोनको
सेवाबाट हजारौँ स्थानीयहरूले येशूलाई
स्वीकार गरे अनि
तिनीहरू पढ्न र
लेख्न सक्षम भए
। त्यस टापुको
एउटा गाउँ जहाँ
जोनले वर्षौंसम्म प्रचार
गरेका थिए त्यस
गाउँको मण्डलीमा भएको पुल्पिटको
पछाडि तिनको सम्मानमा
यी शब्दहरू लेखिए,
“१८४८ मा तिनी
यहाँ आउँदा यहाँ
कोही ख्रीष्टियान थिएन
तर १८७२ मा
तिनी यहाँबाट प्रस्थान
गर्दा कोही गैरख्रीष्टियान
रहेन ।”