menu bar

Tuesday, February 17, 2015

फेला परेकै हो त पत्रुसको घर ?



पत्रुस प्रभु येशू ख्रीष्टका १२ जना प्रेरितहरूमध्ये एक थिए तिनको घर कफर्नहुममा थियो (मर्कूस :२९) जुन सहर गालील समुद्रको पश्चिमी किनारमा अवस्थित थियो गालीलमा येशूले यो सहरलाई आफ्नो सेवाको केन्द्रस्थलको रूपमा प्रयोग गर्नुभएको थियो गालीलमा येशू कहाँ बस्नुभयो ? निश्चय नै पत्रुसको घरमा येशूले यही घरमा पत्रुसकी सासूलाई चङ्गाइ गर्नुभएको थियो, “पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो उहाँले तिनको हात छुनुभयो, जरोले तिनलाई छाड्यो अनि तिनी उठिन्, उहाँको सेवा गरिन्” (मत्ती :१४१५)

इटालीका पुरातत्त्वविद्हरूले कफर्नहुममा एउटा घर फेला पारेका छन् जहाँ येशू बस्नुभएको हुन सक्छ बाइबलिय विवरणअनुसार येशूले गालीलमा सेवा गर्नुहुँदा उहाँ पत्रुसको घरमा बस्नुभएको थियो जुन घर कफर्नहुममा परिचित सभाघर नजिकै थियो हालसम्म उपलब्ध सबै साक्षीहरूको आधारमा यो पत्रुसकै घर भएको निष्कर्ष निकालिएको

ख्रीष्टाब्द १८३८ मा एडवार्ड रोबिन्सन नाउँ गरेका अमेरिकी अन्वेषकले पहिलो पटक यस ठाउँको सर्वेक्षण गरेका थिए त्यहाँ फेला परेका अवशेषहरू कुनै प्राचीन सभाघरको हुन् भनी तिनले सही निष्कर्ष निकालेका थिए

ख्रीष्टाब्द १८६६ मा चाल्र्स विलसनले उक्त क्षेत्रको उत्खनन गरी त्यो ठाउँ कफर्नहुम नै भएको पुष्टि गरे पत्ता लागेका अवशेषहरू लूका : मा उल्लिखित सभाघरका अवशेषहरू हुन् भनी निष्कर्ष निकाले त्यो सभाघर यहूदीहरूका निम्ति रोमी कप्तानले बनाइदिएका थिए (लूका :)

अन्तमा, यस क्षेत्रका अनमोल अवशेषहरूको सुरक्षाको लागि ख्रीष्टाब्द १८९४ मा फ्रान्सिस्कान फादरहरूले यस जग्गालाई किने त्यहाँका प्राचीन थोकहरू कतै नलगियोस् भन्ने हेतुले तिनीहरूले जग्गाको वरिपरि अग्लो पर्खाल लगाए

ख्रीष्टाब्द १९६८ सम्म कफर्नहुममा उत्खनन गर्दा ध्यान यही सभाघरमा केन्द्रित रहेको थियो तर त्यसपछि पुरातत्त्वविद्हरूले वरिपरिका क्षेत्रहरूमा पनि उत्खनन गर्दै जाँदा तिनीहरूले एउटा घर फेला पारे जुन बाइबलिय शिमोन पत्रुसको हुनुपर्छ जहाँ येशू बस्नुभएको थियो भनिएको उत्खननको क्रममा सभाघरभन्दा ८४ फिट पर अष्टकोण आकारको यो भवनको अवशेष पाइएको हो पुरातत्त्वविद्हरूका अनुसार यो संरचनालाई पाँचौँ शताब्दीमा निर्माण गरिएको थियो

निश्चय नै येशूको मृत्यु पुनरुत्थानपश्चात् पत्रुसको घरलाई मण्डलीको रूपमा प्रयोग गरिएको हुनुपर्छ केही शताब्दीपछि त्यही ठाउँमा मण्डली भवन खडा गरी ख्रीष्टियानहरूले त्यसलाई पवित्र स्थलको रूपमा हेरे आक्रमणको क्रममा पछि यसलाई नष्ट गरियो पुरातत्त्वविद्हरूले मण्डली भवन त्यसको मुनि भएको घर दुवैलाई उत्खनन गरेका छन्    


   

Leave Your Comments Here.