menu bar

Saturday, February 21, 2015

जकरिया कसरी अन्तिम सहिद हुन सक्छ ? के येशूले भन्नुभएजस्तै तिनी वास्तवमै बेरेक्याहका छोरा थिए त (मत्ती २३:३५) ?



प्रभु येशूको मृत्युको षड्यन्त्र गर्ने शास्त्री फरिसीहरूलाई उहाँले भन्नुभयो, “पृथ्वीमा बगाइएको सब धर्मी जनको रगतनिर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्रस्थान वेदीका बीचमा हत्या गर्यौसो तिमीहरूकै टाउकामा पर्नेछ” (मत्ती २३:३५) हाबिल पहिलो सहिद थिए जसलाई तिनकै दाजु कयिनले हत्या गरेका थिए (उत्पत्ति :) जकरिया प्रधान पूजाहारी योहोयादाका छोरा थिए जसलाई ८३६ ख्रीष्टपूर्वमा मन्दिरको चोकमा ढुङ्गाले हानेर हत्या गरिएको थियो ( इतिहास २४:२०२२) कसरी जकरिया अन्तिम सहिद हुन सक्छ जब कि पुरानो करारमा इस्राएलको इतिहास झण्डै ४०० ख्रीष्टपूर्वसम्म लम्बिएको ? जकरिया कसका छोरा थिएयहोयादा वा बेरेक्याह

पुरानो करारमा कम से कम २७ जना भिन्नाभिन्नै व्यक्तिहरूको नाउँ जकरिया भएको पाउँछौँ हामी येशूले उल्लेख गर्नुभएको जकरिया प्रधान पूजाहारी यहोयादाका छोरा नभई अगमवक्ता थिए जो वास्तवमै बेरेक्याहका छोरा थिए (जकरिया :)

१२ जना साना अगमवक्ताहरूमध्ये एघारौँ अगमवक्ता थिए जकरिया करिब ५२० ख्रीष्टपूर्वमा आफ्नो सेवाको थालनी गरेका अगमवक्ता जकरिया ५८०५७० ख्रीष्टपूर्वको बिचमा सहिद भएको हुनुपर्छ पुरानो करारमा अगमवक्ता जकरियाको मृत्युको सम्बन्धमा कुनै विवरण नभए तापनि येशूको भनाइबाट हामी निष्कर्ष निकाल्न सक्छौँ कि यहोयादाका छोरा जकरिया झण्डै तिन शताब्दअगि जसरी सहिद बनेका थिए बेरेक्याहका छोरा जकरिया पनि झण्डै त्यसरी नै सहिद भए २७ जना व्यक्तिमध्ये दुई जनाको मृत्युको प्रकृति लगभग उस्तै हुनु पक्कै पनि अनौठो होइन यसरी हाबिल पहिलो सहिद थिए भने अगमवक्ता जकरिया आखिरी

यस कठिनाइको लागि बाइबल विद्वान्हरूले अर्को समाधानलाई पनि अगि सारे तापनि यस सिकारुको बुझाइमा यो समाधानले येशूको भनाइलाई अर्थपूर्ण बनाउँछ

Leave Your Comments Here.