दोस्रो
विश्व युद्ध (ख्रीष्टाब्द
१९३९–१९४५) जारी
थियो । फ्रान्समा
तैनाथ जर्मनीका गोप्य
प्रहरीबाट एक जना
यहूदी स्त्री भाग्दै
थिइन् । उनलाई
पक्रनै लागेको थियो भनी
उनलाई थाहा थियो
। त्यसैले अझ
भाग्नुको साटो आत्मसमर्पण
गर्नु नै उचित
ठानिन् उनले ।
उनी एक फ्रान्सेली
ख्रीष्टियान महिलाको घरमा आइपुगिन्
जो विधवा थिइन्
। ती विधवाले
उनलाई भेटिन् र
उनलाई नयाँ ठाउँमा
भाग्न सल्लाह दिइन्
।
तर
यहूदी स्त्रीले भनिन्,
“अब भाग्नुको कुनै
अर्थ छैन ।
म जहाँ गएँ
पनि तिनीहरूले मलाई
फेला पार्नेछन् ।”
ती ख्रीष्टियान महिलाले
अनौठो प्रस्ताव अगि
सारिन्, “तिनीहरूले यो घरमा
कसैलाई फेला पार्नेछन्
। तर तपाईं
भने यहाँबाट जानुस्
। यी मानिसहरूसँगै
सुरक्षितसाथ अगाडि बढ्नुस् ।
म आफैलाई तपाईंको
ठाउँमा परिचित गराउनेछु ।
म यहीँ बसेर
पर्खिरहनेछु ।” त्यसपछि
ती यहूदी स्त्रीले
ख्रीष्टियान महिलाको योजना बुझिन्
। उनको योजना
यही थियो कि
ती गोप्य प्रहरीहरू
आएर ती ख्रीष्टियान
विधवालाई भागेरहेकी यहूदी स्त्री
ठानी गिरफ्तार गर्ने
थिए ।
यहूदी
स्त्रीले भनिन्, “तपाईं किन
यसो गर्नुहुन्छ ?” विधवाको
उत्तर थियो, “मैले
गर्न सक्ने सबैभन्दा
कम्ती सहयोग यही
नै हो ।
ख्रीष्टले मेरो लागि
यो काम त
पहिले नै गरिसक्नुभएको
छ । उहाँले
मेरो निम्ति योभन्दा
बढी गर्नुभएको थियो
।” केही समयपछि
यहूदी स्त्रीको सट्टामा
ती विधवा ख्रीष्टियान
महिलालाई समातेर झ्यालखानामा हालियो
। ६ महिनाभित्रमा
नै नजरबन्द गरिएको
शिविरमा उनको देहान्त
भयो ।
पछि
ती यहूदी स्त्रीले
येशूलाई प्रभु र मुक्तिदाता
भनी स्वीकार गरिन्
।