menu bar

Saturday, February 14, 2015

मर्कूसको सुसमाचारअनुसार येशू बिहानको ९ बजे क्रूसमा टाँगिनुभयो (१५:२५) भने यूहन्नाको सुसमाचारमुताबिक दिउँसोको करिब १२ बजेसम्म उहाँको जाँच पडताल अझै जारी थियो (१९:१४) जसले अङ्कित गर्छ कि उहाँ बाह् बजेपछि मात्रै क्रूसमा टाँगिनुभयो । वास्तवमा येशूलाई कति बजे क्रूसमा झुण्ड्याइयो— ९ बजे वा १२ बजेपछि ?



मर्कूसको सुसमाचारले स्पष्टसित बताउँछ कि येशू बिहानको बजे क्रूसमा टाँगिनुभयो, “तिनीहरूले उहाँ [येशू] लाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो” (मर्कूस १५:२५) तर चौथो सुसमाचारअनुसार दिउँसो लगभग बाह् बजेसम्म येशूको जाँच पडताल अझै जारी थियो, “दिउँसोको करीब बाह् बजेको थियो पिलातसले यहूदीहरूलाई भने, ‘हेर, तिमीहरूका राजा !’” (यूहन्ना १९:१४) येशूलाई बाह् बजेपछि मात्र क्रूसमा टाँगिएको थियो भनी यूहन्नाको यस विवरणले अङ्कित गर्छ यहाँ हामी प्रस्ट विरोधाभास देख्छौँ येशू कति बजे क्रूसमा टाँगिनुभयो बजे वा १२ बजेपछि ?  

यो विश्वव्यापी रूपमा स्वीकार गरिएको किसम्मिलित सुसमाचारहरू” (मत्ती, मर्कूस लूका) मा समयलाई सूर्योदयदेखि गणना गरिएको जुन लगभग बिहान बजे सुरु हुन्थ्यो यसको अर्थ हुन्छ कि येशू बिहान बजे क्रूसमा टाँगिनुभयो (मर्कूस १५:२५); बिहान देखि मध्यान्ह १२ बजेसम्म उहाँले क्रूसमा दु: भोग्नुभयो; मध्यान्ह १२ बजेदेखि दिउँसो बजेसम्म सारा देशमा अन्धकार छायो (मत्ती २७:४५; मर्कूस १५:३३; लूका २३:४४); दिउँसो बजे उहाँले प्राण त्याग गर्नुभयो (मत्ती २७:४६; मर्कूस १५:३४; लूका २३:४६)

सम्मिलित सुसमाचारहरूका लेखकत्रयले प्रयोग गरेको समय प्रणाली चौथो सुसमाचारका लेखकले प्रयोग गरेको समय प्रणालीलाई हामीले बुझ्यौँ भने यो कठिनाइ दुर हुन्छ मत्ती, मर्कूस र लूकाले यहूदी समय प्रणालीको प्रयोग गरेका छन् भने यूहन्नाले रोमी समय प्रणालीको यहूदीहरूको दिन बेलुका बजे आरम्भ भई अर्को दिनको बेलुका बजे टुङ्गिन्थ्यो तर रोमी गणनाअनसार तिनीहरूको दिन मध्य रातबाट सुरु भई अर्को मध्य रातसम्म जारी रहन्थ्यो जस्तो आज हामी नेपालीहरूले गणना गर्छौं यसको अर्थ हुन्छ कि यूहन्नाले करिब १२ बजे येशूको जाँच पडताल हुँदै थियो भन्दा यहूदी गणनाअनुसार त्यो बिहानको बजेतिर थियो थप केरकारपछि बिहान बजे येशूलाई क्रूसमा टाँगियो

तर यूहन्नाले किन रोमी समय प्रणालीलाई पछ्याए ? किनकि यूहन्नाले यो सुसमाचार रोमी प्रान्तको राजधानी एफिससमा बसेर लेखेका थिए बाइबल धर्मशास्त्रका लेखकहरूले तिनीहरू बसैकै ठाउँको समय प्रणालीलाई अवलम्बन गरेको अन्य उदाहरणहरू पनि छन् उदाहरणको लागि, उही वर्षलाई उल्लेख गर्न यर्मिया २५: ४६: मा प्यालेस्टाइनको समय प्रणालीअनुसार गणना गरिएको भने दानिएल : मा बेबिलोनी गणनाअनुसार

निष्कर्षमा, मर्कूस यूहन्नामा देखिएको विरोधाभास समयलाई गणना गर्ने दुई ओटा बेग्लाबेग्लै प्रणालीको उपज मात्र हो येशूको क्रूसारोहणको समयको सम्बन्धमा दुवै लेखक पूर्णत: सही छन्येशू बिहानको बजे क्रूसमा टाँगिनुभयो        

Leave Your Comments Here.