१८
वर्ष पुगेकी उनी
एउटा जागृति सभामा
उपस्थित भइन् ।
प्रचारकले भन्दै थियो, “हामीले
हाम्रो जीवन प्रभुको
सेवाको निम्ति समर्पित गर्नुपर्छ
।” वक्ताको वचनले
उनको ह्दय छोयो
। आफ्नो सारा
भावी जीवन मिसनरी
भई परमेश्वरको सेवाको
निम्ति अर्पण गर्ने टुसा
पलायो उनको ह्दयमा
। विभिन्न दृष्टिकोणबाट
आफू असक्षम भए
तापनि उनमा मिसनरी
भई छाड्ने इच्छा
यति तीव्र थियो
कि अन्तत: मनग्गे
सङ्घर्षका बाबजुत पनि उनी
आफ्नो लक्ष्य चुम्न
सफल भइन् ।
उनी इङ्गल्यान्डबाट चीनमा
मिसनरी भएर गइन्
। उनको नाउँ
हो— ग्लेडिज अलवार्ड
।
ग्लेडिज
थुप्रै अनुकूलताका बाबजुत पनि
चीनमा मिसनरी भई
जाने साहसिक स्त्री
हुन् । नगण्य
क्षमता भएको व्यक्तिले
पनि जब आफैलाई
पवित्र आत्माको हातमा सुम्पन्छ
तब उसले जीवनमा
कसरी असाधारण काम
गर्छ भन्ने ज्वलन्त
उदाहरण हो ग्लेडिज
।
बुबा
थोमस जोन अलवार्ड
र आमा रोदिना
फ्लोरेन्स अलवार्डबाट २४ फेब्रुअरी
१९०२ मा ग्लेडिजको
जन्म इङ्गल्यान्डमा भएको
थियो । श्रम
गरेर बाँच्नुपर्ने परिवारमा
जन्मेका उनी १४
वर्षको कलिलो उमेरमा घरेलु
कामदार बनिन् ।
ग्लेडिजले
चीनमा मिसनरी भई
जाने सपना देखिन्;
आफैलाई तयार पार्न
कडा अध्ययन गरिन्
। तर उनको
शैक्षिक पृष्ठभूमि अपर्याप्त भएकोले
चाइना
इनल्यान्ड
मिसनले उनलाई
योग्य देखेन अर्थात्
उनी मिसनरी कामको
लागि अयोग्य ठहराइए
।
तथापि
परमेश्वरले उनलाई विदेशी भूमिमा
नै उहाँको सेवाको
निम्ति डाक्नुभएको थियो भनी
उनी विश्वस्त थिइन्
। यसै सिलसिलामा
उनले चीनमा मिसनरी
भई काम गरिरहेकी
वृद्धा जेनी लाउसन
नाउँकी महिलालाई सहयोगीको खाँचो
भएको कुरा सुनिन्
। उनले इङ्गल्यान्डदेखि
चीनसम्म यात्रा गर्दा लाग्ने
खर्चको जोहो गर्न
थालिन् । अन्तत:
जोखिमपूर्ण रेल यात्राबाट
ख्रीष्टाब्द १९३२ मा
उनी चीनको सान्सी
प्रान्तमा उत्रिन् । उनलाई
कुनै मिसनरी संस्थाको
सहयोग थिएन न
त कुनै मण्डलीले
आर्थिक जुटाइदिएको थियो ।
उनीसँग थियो त
केवल परमेश्वरको बोलावट
।
ग्लेडिज
र जेनीले आफू
बसेको ठाउँमा पौवा
खोलिन् । यहाँ
तिनीहरूले खच्चड चालकहरूलाई खाना
र वासको व्यवस्था
मिलाउनुका अतिरिक्त बाइबलका कथाहरू
पनि बताउँथे अनि
येशूको सुसमाचार सुनाउँथे ।
दिउँसो तिनीहरू वरिपरिका गाउँमा
गई सुसमाचार प्रचार
गर्थे । सुरु–सुरुमा स्थानियहरूले यी
मिसनरीद्वयलाई “विदेशी शैतान” को
उपनाम दिए तापनि
तिनीहरूको कामबाट प्रभावित भई
पछि गाउँलेहरूले तिनीहरूलाई
सहजै स्वीकारे ।
ग्लेडिजको
आगमनको केही महिना
पनि बित्न नपाउँदै
जेनीको देहान्त भयो ।
अब ग्लेडिज एकलैले
प्रभुको कामलाई निरन्तरता दिनुपर्ने
भयो ।
मिसनले
ग्लेडिजले भाषा सिक्न
सक्दैन भनी उनलाई
अयोग्य ठहराएको भए तापनि
उनले चाँडै नै
स्थानिय भाषा सिकिन्
। सुसमाचारको खातिर
उनले चिनियाँ पहिरन
धारण गरिन्; तिनीहरूले
खाने खाना खाइन्;
आफैलाई चिनियाँजस्तै तुल्याइन् । १९३६
मा उनी चीनको
नागरिक बनिन् ।
ग्लेडिजले
अनाथहरूको हेरचाह गरिन; झ्यालखानाको
सुधारको वकालत गरिन् अनि
आफ्नै जीवन जोखिममा
हालेर आवश्यकताको समयमा
कैयौँ पटक मानिसहरूको
मद्दत गरिन् ।
चीनमा ग्लेडिजको देनको
कारणले उनी एक
प्रतिष्ठित महिला बनिन् ।
१९३८
मा जापानी आक्रमणकारीहरूले
ग्लेडिज बसेको याङ्गचेङ्ग सहरमाथि
हमला गरे ।
उनले पहिले नै
कैयौँ बालबालिकाहरूलाई पालेकी
थिइन् । जापानीहरूले
उनलाई जासुसी ठानेकोले
उनलाई त्यहाँ बस्नु
असुरक्षित थियो । मार्च १९४०
मा आफूसँग भएका
१०० जना केटाकेटीलाई
लिएर उनी अर्को
प्रान्तको पहाडी गाउँमा भागिन्
अनि एक महिनापश्चात्
तिनीहरू सुरक्षितसाथ त्यहाँ पुगे
। यत्रो लामो
र जोखिमपूर्ण यात्रामा
पनि एक जना
बच्चाको मृत्यु भएन ।
झण्डै
दुई दसक चीनमा
बिताएपछि ग्लेडिज १९४८ मा
इङ्गल्यान्ड फर्किन् । जीवनभरि
अविवाहित रहेकी उनी आफ्नो
देश फर्कंदा “सेलिब्रटी”
भइसकेकी थिइन् । उनको
बारेमा पुस्तक लेखियो; चलचित्र
निर्माण गरियो । उनले
चीनमा आफूले देखेका
र भोगेका यथार्थताहरूलाई
इङ्गल्यान्डका मण्डलीहरूमा बताइन् ।
१९५७ मा उनी
ताइवान गइन् जहाँ
उनले अर्को अनाथालय
खोलिन् । ३
जनवरी १९७० मा
प्रभुको घरमा नजाउञ्जेल
उनले आफ्नो बाँकी
जीवन ती बालबालिकाहरूको
हेरचाह गर्दै त्यही टापुमा
बिताइन् ।