जुन
गोन किम कोरियाई
क्याम्पस क्रूसेड फर क्राइस्ट
नामक ख्रीष्टियान संस्थाका
संस्थापकसाथै प्रसिद्ध ख्रीष्टियान प्रचारक
हुन् ।
कोरियाई युद्ध
(ख्रीष्टाब्द १९५०–१९५३)
को समयमा साम्यवादी
छापामारहरूले किम बसेको
गाउँमा आक्रमण गरे ।
तिनीहरूले बुढाबुढी, स्त्री र
बालबालिकाहरू गरी झण्डै
६० जनाको हत्या
गरे । किमले
चिनेका दस जना
सिपाहीहरू किमको परिवारलाई मार्न
खटाइएका थिए ।
तिनको आँखाको सामु
तिनीहरूले तिनकी पत्नी र
तिनका बुबाको हत्या
गरे । किमलाई
मरणासन्न हुने गरी
पिटियो र मरे
होलान् भनी छाडियो
। पछि तिनी
बिउँझे र छोरीसँगै
सुरक्षाको लागि तिनी
पहाडतर्फ भागे ।
आफ्ना
शत्रुहरूलाई प्रेम गर्नुपर्छ र
आफूलाई सतावट गर्नेहरूका लागि
प्रार्थना गर्नुपर्छ भनी किमले
बाइबल धर्मशास्त्रबाट सिके
। परमेश्वरको आत्माले
तिनलाई त्यही गाउँमा फर्केर
जान प्रेरित गर्नुभयो,
ती हत्याराहरूलाई क्षमा
दिई तिनीहरूलाई परमेश्वरको
सन्देश सुनाएर प्रभुमा डोर्याउन
। किमले आफ्नै
पत्नी र बुबाको हत्यारासहित ३०
जना साम्यवादीहरूलाई प्रभुमा
डोर्याए
। येशू ख्रीष्ट
नै साम्यवादलगायत जीवनका
समस्याहरूको समाधान हुनुहुन्छ भनी
किमलाई राम्ररी थाहा थियो
।