अदनको
बगैँचामा परमेश्वरले आदमलाई गम्भीर
चेताउनी दिनुभयो, “बगैँचाका सबै
रूखका फल तैंले
सङ्कोच नमानी खाए हुन्छ,
तर असल र
खराबको ज्ञान दिने रूखको
फलचाहिँ नखानू, किनभने जुन
दिन तैंले त्यो
खान्छस् तँ निश्चय
नै मर्नेछस्” (२:१६–१७)
। निषेधित फल
खाएको दिनमा नै
आदमको मृत्यु हुनेथियो
भनी परमेश्वरले भविष्यवाणी
गर्नुभए तापनि उत्पत्तिको विवरणअनुसार
तिनी शारीरिक रूपमा
तुरुन्तै मरेनन् । परमेश्वरको
आज्ञा उल्लङ्घन गरेपछि
तिनले छोराछोरीहरू जन्माए
अनि तिनी ९३०
वर्षको उमेरमा मरे (उत्पत्ति
५:४–५)
। के आदम
तुरुन्तै नमरेकाले परमेश्वरको भविष्यवाणी
चुकेको हो त
? कदापि होइन ।
पवित्र
धर्मशास्त्र बाइबललमा तिन किसिमका
बेग्लाबेग्लै मृत्युको उल्लेख भएको
पाइन्छ— शारीरिक मृत्यु, आत्मिक
मृत्यु र अनन्त
मृत्यु ।
शरीरबाट
आत्माको विच्छेद हुनुलाई शारीरिक
मृत्यु भनिन्छ । शारीरिक
मृत्यु व्यक्तिको अन्त्य होइन
भन्ने विषयमा पुरानो
करारमा परमेश्वरका जनहरू सचेत
थिए । अब्राहामको
मृत्यु भएपछि तिनी “आफ्ना
मरेका पिता–पुर्खाहरूसँग
मिल्न गए” (उत्पत्ति
२५:८) ।
यसले मृत्युपश्चात् तिनको
आत्माको निरन्तर अस्तित्वलाई अङ्कित
गर्दछ । पुरानो
करारमा मरेका आत्माहरू पाताल
भन्ने ठाउँमा जान्थे
जुन मृतकहरूको वासस्थान
थियो ।
दोस्रो
किसिमको मृत्युलाई आत्मिक मृत्यु
भनिन्छ । परमेश्वरबाट
आत्मिक रूपमा विच्छेद हुनु
नै आत्मिक मृत्यु
हो (एफिसी २:१) ।
यो येशू ख्रीष्टमाथि
विश्वास नगरेको अवस्था हो
।
तेस्रो
किसिमको मृत्युलाई अनन्त मृत्यु
भनिन्छ । परमेश्वरबाट
सदाको निम्ति विच्देछ
हुनु नै अनन्त
मृत्यु हो ।
यसलाई दोस्रो मृत्यु
पनि भनिन्छ (प्रकाश
२१:८) ।
मृत्युका
किसिमहरूबारे बाइबलिय दृष्टिकोणलाई हेरिसकेपछि
अब हाम्रो प्रश्नमा
फर्कौं— के आदम
त्यही दिनमा मरेनन्
त ? जुन दिन
आदमले त्यो निषेधित
फल खाए तिनी
आत्मिक
रूपमा
तुरुन्तै मरे ।
तिनीलगायत सम्पूर्ण मानव–जातिमाथि
शारीरिक मृत्युको दण्डाज्ञा पर्यो
। परमेश्वरले आफ्नो
अनुग्रहमा यसलाई तुरुन्तै कार्यान्वयन
भने गर्नुभएन ।