यहूदीहरूको
निस्तार चाडको अवसरमा येशू
यरूशलेम जानुहुँदा अठतीस वर्षदेखि
बिरामी पर्दै आएका एक
पक्षाघातीलाई येशूले चङ्गाइ गर्नुभयो
भनी यूहन्नाले लेखेका
छन् (यूहन्ना ५:१–१५)
। तिनको बयानअनुसार
भेडा–ढोकाको नजिक
पर्ने यस जल–कुण्डमा पाँच ओटा
दलान थिए ।
चौथो
सुसमारिय लेखक यूहन्नाले
वर्णन गरेका ठाउँहरूमध्ये
केही ठाउँहरू पुष्टि
नभएकाले आलोचकहरूले तिनको सुसमाचारमाथि
आशङ्काका बिउहरू छर्दै आएका
थिए । ससाना
वर्णनहरूमा चुकेकाले तिनी येशूको
जीवनीका प्रत्यक्षदर्शी हुन सक्दैनन्
भनी केही विद्वान्हरूले
आरोप लगाएका थिए
। यूहन्नाको सुसमाचारमा
येशूले गर्नुभएका आश्चर्यकर्महरूमध्ये पक्षाघातीको
चङ्गाइ निकै चर्चित
छ । हिब्रूमा
बेथस्दा भनेर चिनिने
यस जल–कुण्डमा
पाँच ओटा दलान
थिए भन्ने यूहन्नाको
वर्णन त्रुटिपूर्ण छ
भनी लामो समयदेखि
दाबी गरिँदै आएको
थियो किनकि उन्नाइसौँ
शताब्दीसम्म यूहन्नाको सुसमाचारभन्दा बाहिर
यस कुण्डको बारेमा
कुनै जानकारी प्रकाशमा
आएको थिएन ।
तर
बाइबलको भौगोलिक वर्णनमा फेरि
एक चोटि पुरातत्त्वविद्याले
आलोचकहरूलाई स्तब्ध पारिदिएको छ
। उन्नाइसौँ शताब्दीमा
यस क्षेत्रको उत्खनन
गरियो । तर
यसलाई बेथस्दाको जुल–कुण्डको रूपमा पहिचान
गर्न पुरातत्त्वविद्हरूलाई झण्डै
१०० वर्ष लाग्यो
। फेला पारिएका
अवशेषहरू बेथस्दाको तलाउसित ठ्याक्कै
मेल खान्छ ।
यरूशलेमस्थित सन्त अन्ने
मण्डलीनजिकै उत्खनन गर्दा यो
कुण्ड फेला परेको
हो । वास्तवमा
यस जल–कुण्डका
दुई ओटा भाग
थिए । उत्तरपट्टिको
जलाशयभन्दा दक्षिणपट्टिको जलाशय ठुलो थियो
।
उन्नाइसौँ
शताब्दीमा पुरातत्त्वविद्हरूले यस कुण्डलाई
पत्ता लगाएपछि बिसौँ
शताब्दीमा गरिएको थप उत्खननले
यूहन्नाले दिएको वर्णनजस्तै यसमा
पाँच ओटा दलान
भएको पुष्टि गर्यो
। यसरी पुरातत्त्वविद्याले
बाइबलको भौगोलिक वर्णनलाई पुष्टि
गरी सन्देहवादीहरूको आशङ्कालाई
दूर गराइदिएको छ
।