प्रेरितको
पुस्तकका लेखक डा.
लूका लेख्छन्, “आफ्नो
दु:ख–भोगपछि
धेरै अकाट्य प्रमाणद्वारा
तिनीहरूका सम्मुख उहाँ [येशू]
ले आफैलाई जीवित
प्रस्तुत गर्नुभयो । चालीस
दिनसम्म उहाँ तिनीहरूकहाँ
देखा पर्नुभयो अनि
परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई
बताउनुभयो” (प्रेरित १:३)
। येशू पुनरुत्थान
हुनेबित्तकै सुटुक्क स्वर्ग जानुभएन
। आफ्नो पुनरुत्थानको
पुष्टि गर्न ४०
दिनको अवधिमा उहाँ
विभिन्न क्षणमा विभिन्न मानिसहरूकहाँ
देखा पर्नुभयो भनी
येशूका जीवनीकारहरू मत्ती, मर्कूस,
लूका, यूहन्नासाथै नयाँ
करारका १३ ओटा
पत्रका लेखक प्रेरित
पावलले अभिलिखित गरेका छन्
। ती लेखकहरूका
विवरणहरूलाई नियाल्दा स्वर्गारोहणअगि येशूका
१० ओटा प्रकटीकरणहरूलाई
देख्न सक्छौँ हामी
।
१. येशू
मरियम
मग्दलिनीकहाँ
देखा
पर्नुभयो
(यूहन्ना
२०:११–१८)
।
येशू
पुनरुत्थान हुनुभएपछि पहिलो पटक
मरियम मग्दलिनी नाउँ
गरेकी स्त्रीकहाँ देखा
पर्नुभयो, “हप्ताको पहिलो दिनको
बिहानै उहाँ जीवित
भई उठ्नुभएपछि उहाँ
पहिले मरियम मग्दलिनीकहाँ
देखा पर्नुभयो” (मर्कूस
१६:१) ।
येशू बाँच्नुभएको संसार
पितृ–सत्तात्मक भए
तापनि इतिहासको सर्वाधिक
महत्त्वपूर्ण घटनाको पहिलो साक्षी
हुन पाउने सौभाग्य
स्त्रीलाई नै मिल्यो
।
२. येशू
स्त्रीहरूकहाँ
देखा
पर्नुभयो
(मत्ती
२८:८–१०)
।
मरियम
मग्दलिनी, योअन्ना, याकूबकी आमा
मरियम (लूका २४:१०) ले
चेलाहरूलाई येशूको पुनरुत्थानको खबर
दिन दगुर्दै जाँदा
येशू तिनीहरूकहाँ प्रकट
हुनुभयो, “अकस्मात् येशूले तिनीहरूलाई
भेटेर भन्नुभयो, ‘शान्ति
!’ तिनीहरू नजिक आएर
उहाँका पाउ पक्रेर
उहाँलाई दण्डवत् गरे” (मत्ती
२८:९) ।
येशू पुनरुत्थान हुनुभयो
भनी पहिले गवाही
दिने स्त्रीहरू नै
थिए भनी चार
ओटै सुसमाचारले बताउँछन्
। यदि येशूको
पुनरुत्थानको घटना काल्पनिक
थियो भने कुनै
पनि लेखकले स्त्रीहरूलाई
पुनरुत्थानको गवाहको रूपमा पेस
गर्दैनथ्यो । किन
? किनकि पहिलो र दोस्रो
शताब्दीका यहूदीसाथै रोमी संस्कृतिमा
पुरुषहरूको साक्षीको तुलनामा स्त्रीहरूको
साक्षीलाई कमजोर मानिन्थ्यो । स्त्रीहरूले
पुनरुत्थान हुनुभएका येशूलाई देखे भनी
बताउने यस्तो लज्जास्पद विवरणलाई
तिनीहरूले समावेश गर्नुको एउटै
कारण यही हो
कि यो वास्तवमै
घटेको थियो ।
३. येशू
पत्रुसकहाँ
देखा
पर्नुभयो
(१
कोरिन्थी
१५:५)
।
केफास
येशूका चेला पत्रुसको
अर्को नाउँ हो
जसकहाँ येशू प्रकट
हुनुभयो भनी पावल
प्रेरित लेख्छन्, “उहाँ केफासकहाँ
... देखा पर्नुभयो” (१ कोरिन्थी
१५:५) ।
१ कोरिन्थी १५:१–८
मा पावलले पुनरुत्थानपश्चात् येशूका प्रकटीकरणहरूको सूची
दिएका छन् ।
पावलको भाषालाई हेर्दा छर्लङ्ग
हुन्छ कि यो
मण्डलीका प्राचीनतम विश्वासका सारहरूमध्ये
एक थियो ।
पावलले यो पत्र
करिब ख्रीष्टाब्द ५५
मा लेखेका थिए
। यसको अर्थ
हुन्छ कि येशूको
पुनरुत्थानको केही वर्षभित्रमा
नै विश्वासको सारको
रूपमा उहाँको पुनरुत्थानको
घटना प्रचार–प्रसारमा
आइसकेको थियो ।
कसैले येशूको पुनरुत्थानलाई
पछि थपिएको किँवदन्तीको
रूपमा व्याख्या गर्न
खोज्ने प्रयासलाई घटना घटेको
केही वर्षभित्रमा किँवदन्तीको
उदय हुन सक्दैन
भन्ने यथार्थताले धुजैधुजा
बनाइदिन्छ ।
४. येशू
दुई
जना
चेलाकहाँ
देखा
पर्नुभयो
(लूका
२४:१३–३२)
।
क्लेओपास
र अर्को एक
जना चेला पुनरुत्थानको
विषयमा बहस गर्दै
इम्माउस नामक गाउँतर्फ
गइरहँदा येशू तिनीहरूकहाँ
देखा पर्नुभयो, “तिनीहरू
आपसमा बातचित गर्दै
र बहस गरिरहेको
बेला येशू आफै
नजिक आएर तिनीहरूका
साथ लाग्नुभयो” (लूका
२४:१५) अनि
उहाँले तिनीहरूको बिचमा रोटी
खानुभयो ।
५. येशू
१०
जना
प्रेरितकहाँ
देखा
पर्नुभयो
(यूहन्ना
२०:१९–२५)
।
येशूका
प्रेरित दिदुमस भन्ने थोमाको
अनुपस्थितिमा उहाँ पुनरुत्थान
हुनुभएको आइतबारको साँझमा येशू
तिनीहरूका माझमा उभिनुभयो, “त्यही
दिन, अर्थात् हप्ताको
पहिलो दिनको साँझ,
जब यहूदीहरूको डरले
चेलाहरू ढोकाहरू बन्द गरेर
भित्र बसेका थिए,
येशू आएर तिनीहरूका
माझमा उभिनुभयो, र
तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूलाई शान्ति
!’” (यूहन्ना २०:१९)
। पुनरुत्थान भएको
शरीरमा बन्द ढोकाभित्र
प्रवेश गर्ने क्षमता हुन्छ
।
६. येशू
११
जना
प्रेरितकहाँ
देखा
पर्नुभयो
(यूहन्ना
२०:२६–२८)
।
पुनरुत्थानको
आठ दिनपश्चात् थोमाको
उपस्थितिमा येशू फेरि
बन्द ढोकाभित्र उभिनुभयो,
“आठ दिनपछि उहाँका
चेलाहरू फेरि घरभित्रै
थिए । थोमा
पनि तिनीहरूसँग थिए
। ढोकाहरू बन्द
थिए, तर येशू
भित्र प्रवेश गर्नुभयो,
र माझमा उभिएर
भन्नुभयो, ‘तिमीहरूलाई शान्ति !’” (यूहन्ना
२०:२६) ।
प्रमाण फेला नपरेसम्म
येशूको पुनरुत्थानमा विश्वास नगर्ने अठोट
लिएका शङ्कालु थोमाले
यही प्रकटीकरणमा उहाँको
कोखामा डोब देखेपछि
उहाँलाई प्रभु र परमेश्वर
भनी स्वीकार गरे
।
७. येशू
सात
जना
चेलाकहाँ
देखा
पर्नुभयो
(यूहन्ना
२१:१–१४)
।
सात
जना चेलाहरू तिबेरियास
समुद्रको छेउमा भएको बेलामा
येशू तिनीहरूकहाँ देखा
पर्नुभयो, “त्यसपछि चेलाहरूकहाँ तिबेरियास
समुद्रको छेउमा येशूले आफूलाई
प्रकट गर्नुभयो” (यूहन्ना
२१:१) ।
येशूको यस प्रकटीकरणमा
उहाँले एउटा आश्चर्यकर्म
गर्नुभयो जसमा चेलाहरूले
एक सय त्रिपन्न
ओटा ठुला–ठुला
माछा पक्रे ।
८. येशू
५००
जनाकहाँ
देखा
पर्नुभयो
(१
कोरिन्थी
१५:६)
।
येशू
५०० भन्दा बेसी
मानिसहरूकहाँ प्रकट हुनुभयो भनी
पावलले लेखेका छन्, “त्यसपछि
उहाँ एकै समयमा
पाँच सयभन्दा बढी
भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो,
जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन्
तर कोही–कोही
सुतिसकेका छन्” (१ कोरिन्थी
१५:६) ।
येशूका प्रकटीकरणहरू वास्तविक होइनन् भनी
दुस्साहस गर्न खोज्नेहरूलाई
पावल भन्दै थिए,
“पत्यार नलागे आएर सोध
। उहाँलाई देख्नेहरूमध्ये
केही अझै जीवित
छन् ।”
९. येशू
याकूबकहाँ
देखा
पर्नुभयो
(१
कोरिन्थी
१५:७)
।
येशूले
आफूलाई आफ्ना भाइ याकूबकहाँ
प्रकट गर्नुभयो, “त्यसपछि
याकूब ... कहाँ उहाँ
देखा पर्नुभयो” (१
कोरिन्थी १५:७)
। पुनरुत्थानअगि याकूबले
येशूमाथि विश्वास नगरेको भए
तापनि येशूको यस
प्रकटीकरणले सन्देहवादी याकूबको जीवनमा
आमूल परिवर्तन ल्यायो
र तिनी यरूशलेमको
मण्डलीको खम्बा बने ।
अन्तत: तिनी आफ्नो विश्वासको निम्ति सहिद
बनी यस धरतीबाट
बिदा भए ।
१०. येशू आफ्ना
चेलाहरूकहाँ
देखा
पर्नुभयो
(प्रेरित
१:३–८)
।
येशू
जैतून पर्वतबाट स्वर्गारोहण
हुनुअगि उहाँ चेलाहरूकहाँ
देखा पर्नुभयो अनि
उहाँले तिनीहरूलाई आदेश दिनुभयो,
“तिमीहरू यरूशलेमबाट कतै नजाओ,
तर पिताले गर्नुभएको
प्रतिज्ञाको प्रतीक्षा गर” (प्रेरित
१:४) ।
पुनरुत्थानपश्चात्
येशूका यी प्रकटीकरणहरूलाई
अध्ययन गर्दा विभिन्न तथ्यहरू
बाहिर आउँछन् ।
येशू कहिले एक
जनाकहाँ देखा पर्नुभयो;
कहिले सानो झुण्डकहाँ
त कहिले ठुलो
भिडको बिचमा ।
येशू कहिले बन्द
कोठाभित्र प्रकट हुनुभयो त
कहिले खुला मैदानमा
। उहाँ विभिन्न
ठाउँमा देखा पर्नुभएको
छ: यरूशेलम, गालील,
तिबेरियास समुद्रको किनारसाथै अन्य
ठाउँहरूमा । उहाँले
आफैलाई बेग्लाबेग्लै घडीहरूमा प्रकट गराउनुभयो:
बिहान, दिउँसो अनि साँझमा
। उहाँ आफूले
चिन्नुभएका मानिसहरूकहाँ देखा पर्नुभयो
अनि नचिनेका मानिसहरूकहाँ
पनि । आफ्ना
प्रेरितहरूको बिचमा मात्र नभएर
याकूबजस्तो सन्देहवादीकहाँ पनि प्रकट
हुनुभयो येशू ।
उहाँ तिनीहरूसँगै हिँड्नुभयो;
उहाँले तिनीहरूसित कुराकानी गर्नुभयो
अनि तिनीहरूसँगै खानुभयो
।
येशूका
यी प्रकटीकरणहरूलाई किँवदन्तीको
रूपमा पाखा लगाउन
सकिँदैन न त
दृष्टिभ्रमको रूपमा नै ।
किँवदन्तीको उदयको लागि कैयौँ
वर्षको खाँचो पर्छ ।
तर येशूका प्रकटीकरणहरूको
बारेमा उहाँको मृत्युको केही
वर्षभित्रमा नै लेखिएका
ती विवरणहरू पछि
थपिएका किँवदन्ती हुन सक्दैनन्
। अर्कोतिर, चेलाहरू
किँवदन्तीको लागि सहिद
हुँदैनथ्ये । येशूका
प्रकटीकरणका स्वभावहरूलाई अध्ययन गर्दा तिनलाई
दृष्टिभ्रमको रूपमा तह लगाउन
सकिँदैन किनकि दृष्टिभ्रम नितान्त
वैयक्तिक अनुभव हो भनी
मनोचिकित्सकहरू बताउँछन् ।
तब
सबै सामग्रीहरूलाई विश्लेषण
गरी हामीले तर्कसङ्गत
निष्कर्ष निकाल्नैपर्छ कि येशू
क्रूसमा मारिनुभयो; आइतबार बिहान
उहाँको चिहान रित्तो थियो;
पुनरुत्थानपश्चात् उहाँका चेलाहरूसाथै अन्य
मानिसहरूले उहाँलाई देखे, उहाँलाई
छोए अनि उहाँसँगै
खानपान गरे ।