अफ्रिका
महादेशको दक्षिणमा अवस्थित एउटा
भूपरिवेष्टित मुलुकको नाउँ हो,
जिम्बाब्वे । गेलर्ड
काम्बारामी जिम्बाब्वे बाइबल सोसाइटीका
महासचिव थिए ।
बाइबलको नयाँ करारलाई
बाँड्दै जाने क्रममा
तिनी एउटा दुर्गम
गाउँमा पुगे ।
एक जना झगडालु
जड्याहा गाउँलेलाई तिनले नयाँ
करारको एउटा प्रति
दिन खोज्दा उसले
लिन इन्कार गर्यो
। बाइबलले मानिसलाई
दुषित् पार्छ भन्ने उसको
बुझाइ रहेको थियो
। त्यसैले उसले
नलिने जिद्दी गरिरह्यो
। नयाँ करारका
पानाहरूलाई चुरोटको लागि प्रयोग
गर्ने अनुमति दिएको
खण्डमा मात्रै त्यो मानिसले
लिने सहमति जनायो
। काम्बारामीले भने,
“ठिकै छ । तर मेरो
एउटा सर्त छ—
तपाईंले बाइबलका यी पानाहरूलाई
चुरोटको लागि प्रयोग
गर्नुअगि प्रत्येक पेजलाई पढ्नुपर्छ
।” ऊ राजी
भयो अनि दुवै
जना आ–आफ्नो
बाटो लागे ।
पन्ध्र
वर्षपछि काम्बारामी फेरि त्यस
गाउँमा पुगे, यस पटक
कुनै सम्मेलनको लागि
। बाइबलले मानिसहरूको
जीवनमा कसरी परिवर्तन
ल्याउँछ भन्ने विषयमा बोले
तिनले । वर्षौं
पहिले तिनको हातबाट
नयाँ करार प्राप्त
गर्ने त्यो झगडालु
गाउँले पनि स्रोताको
रूपमा उक्त कार्यक्रममा
आएको रहेछ ।
कार्यक्रम सकिनुअगि ऊ उठ्यो
र उसले भन्यो,
“म काम्बारामीलाई केही
कुरो भन्न चाहन्छु
। कृपया, केही
समय दिनुस् ।”
ऊ
यस पटक भद्र
भलाद्मी देखिएको थियो, सुट
पेइन्टमा । उसले
येशूलाई ग्रहण गरिसकेको थियो
। उसले भन्यो,
“उहाँले मलाई बिर्सनुभएको
छ । मैले
पहिलो पटक उहाँलाई
भेट्दा म जँड्याहा
थिएँ । तर
उहाँले दिनुभएको बाइबलको कारणले
मैले मुक्ति पाएको
छु । मैले
मत्तीको सुसमाचारलाई चुरोटको लागि
प्रयोग गरेँ; मर्कूसको सुसमाचारलाई
चुरोटको लागि प्रयोग
गरेँ अनि लूकाको
सुसमाचारलाई चुरोटको लागि प्रयोग
गरेँ तर जब
म यूहन्ना ३:१६ [किनभने परमेश्वरले संसारलाई
यस्तो प्रेम गर्नुभयो,
कि उहाँले आफ्ना
एकमात्र पुत्र दिनुभयो, ताकि
उहाँमाथि विश्वास गर्ने कोही
पनि नाश नहोस्,
तर त्यसले अनन्त
जीवन पाओस्]
मा आइपुगेँ त्यसपछि
म परिवर्तन भएँ
। त्यसपछि मेरो
जीवनमा परिवर्तन आयो ।”
पछि ऊ प्रचारक
बन्यो जसले येशूको
सन्देश बाँड्न आफ्नो समयको
लगानी गर्यो ।
यसरी
बाइबलको वचनले एउटा झगडिया
पियक्कडलाई प्रचारकको रूपमा परिवर्तन
गरिदियो ।