चारैतिर
हिन्द महासागरले घेरिएर
रहेको देश हो,
माडागास्कर । अफ्रिका
महादेशको दक्षिणमा पर्ने यो
देशमा बाइबलले असाधारण
परिवर्तन ल्याएको थियो ।
आज यो देशका
झण्डै आधाजसो जनसङ्ख्याले
येशूमाथि विश्वास गरेका छन्
।
यस
टापुका स्थानीयहरूले पानीको बप्तिस्मा लिन
लाग्दा तिनीहरूलाई प्राय: यसो
भनेर सोधिन्थ्यो, “सर्वप्रथम
कुन कुरोले तपाईंलाई
ख्रीष्टियान बन्न प्रेरित
गर्यो
?” सामान्य उत्तर हुन्थ्यो— ख्रीष्टियान
भएकाहरूको जीवनमा आएको परिवर्तन
। आफ्नो पुरानो
धर्मलाई छाडी ख्रीष्टियान
भएपछि तिनीहरूको जीवनमा
आएको सुधारले गैरख्रीष्टियान
स्थानीयहरूलाई आकर्षित गरेको थियो
।
बप्तिस्मा
लिन लागेका मानिसहरूले
भन्ने गर्थे, “मलाई
थाहा छ कि
यो मान्छे एक
पटक चोर थियो;
त्यो जँड्याहा थियो;
अर्कोचाहिँ आफ्नो परिवारप्रति क्रूर
र निर्दयी थियो
। तर अहिले
ती सबैका जीवन
बद्लेका छन् ।
चोर इमान्दार बनेको
छ; जँड्याहाले जाँड
खान छोडेको छ
र ऊ अब
आदरणीय व्यक्ति बनेको छ;
र अर्को मान्छे
परिवारप्रति भद्र र
दयालु बनेको छ
। यो धर्ममा
कुनै कुरो हुनैपर्छ
जसले परिवर्तन ल्याउँछ
।”