menu bar

Wednesday, February 4, 2015

जोन न्युटन: भयानक ईश्वर–निन्दकदेखि प्रखर प्रचारकसम्म



अचम्मको अनुग्रहले, बाँच्यो चुच्छ प्राण मेरो,
हराएको थिएँ अब पाइएको छु, अन्धो देख्ने भएँ
अनुग्रहले ईश्वरको भय, अनुग्रहले शान्ति,
कस्तो अमूल्य स्वाद अनुग्रहको, जब विश्वास गरें

ख्रीष्टीय भजनको ५९९ नम्बरको अगिल्ला दुई ओटा श्लोकहरू हुन् यी यी जोन न्युटनद्वारा रचित अम्याजिङ् ग्रेस (उदेकको अनुग्रह) नामक बहुचर्चित भजनका हरफहरू हुन् जसलाई नेपालीमा पनि अनुवाद गरिएको यो भजन न्युटनको पद्यात्मक आत्मिक जीवनी हो पापको सागरमा डुबेका न्युटनजस्तोईश्वरनिन्दकलाई पनि परमेश्वरको अनुग्रह यति अपार कि जसलाई तिनलेउदेककोभनेका छन्

जोन न्युटन प्रखर ख्रीष्टियान प्रचारक, कविसाथै भजनका लेखक हुन् तिनी दासदासी ओसार्ने जहाजका कप्तानबाट दास प्रथाको उन्मूलनको पक्षपोषक बनेका थिए

जोन न्युटन २४ जुलाई १७२५ मा इङ्गल्यान्डमा जन्मेका थिए, बुबा जोन आमा एलिजाबेथबाट न्युटन वर्ष पुग्नै लाग्दा तिनकी आमा क्षयरोगको कारणले गर्दा बितिन् बुबाले चाँडै नै अर्की पत्नी भित्र्याए न्युटनका बुबा जहाजका कप्तान थिए ख्रीष्टाब्द १७४२ मा बुबाले अवकाश प्राप्त नगरुञ्जेलसम्म न्युटनले बुबासँगै पटक सामुद्रिक यात्रा गरे जुन यात्रा तिनले ११ वर्षको उमेरदेखि आरम्भ गरेका थिए  

न्युटन एक खराब व्यक्ति थिए तिनी पापलाई माया गर्थे जहाजका दासदासीहरूलाई तिनले दुव्र्यवहार गर्थे तिनी आफू मात्र पाप गर्दैनथ्ये तर अरूलाई पनि पापमा फस्न उस्काउँथे तिनले जीवनमा यति धेरै पाप गरेका थिए कि तिनको आफ्नै बुझाइअनुसार त्यसको लागि क्षमाको कुनै उपाय थिएन तिनले आफैलाई भयानकईश्वरनिन्दकभनेका छन्

परमेश्वरको अनुग्रह कति अपार भन्ने यथार्थता न्युटनको जीवन परिवर्तनमा देख्न सकिन्छ तिनी घरतर्फ आउँदै गर्दा १० मार्च १७४८ मा तिनी चढेको पानी जहाज सामुद्रिक आँधीमा फस्न पुग्छ बाँच्ने कुनै उपाय नदेखेपछि तिनले येशू प्रभुलाई पुकार गर्छन् जसलाई तिनले खिल्लीमा उडाएका थिए, “हे प्रभु, ममाथि दया गर्नुहोस् परमेश्वरले तिनको अन्तरबिन्तीलाई सुन्नुहुन्छ अनि तिनलाई शारीरिक रूपमा मात्र नभई आत्मिक रूपमा पनि बचाउनुहुन्छ  

त्यसपछि न्युटनले बाइबलसाथै अन्य धार्मिक कृतिहरू पढ्न थाले तिनले ख्रीष्टियान सिद्धान्तहरूलाई स्वीकार गरे तिनले अश्लीलता, जुवाताससाथै जाँडरक्सीजस्ता खराब आदतहरूलाई त्यागिदिए तिनी दासदासीहरू ओसारपोसार गर्ने जहाजमा नै हिँडे तापनि तिनीहरूप्रति तिनको व्यवहार पूर्णत: बद्लिएको थियो

१७५० मा न्युटनले मेरी क्याटलेटसित बिहे गरे १७५५१७६० को बिचमा तिनी जर्ज ह्वाइटफिल्डसाथै जोन वेस्लीजस्ता चर्चित व्यक्तिहरूको सम्पर्कमा आइपुगे गम्भीर धार्मिक अध्ययनको लागि तिनले फुर्सदको समयमा हिब्रू, ग्रिकसाथै सिरियाली भाषा सिक्थे पछि तिनी ख्रीष्टियान प्रचारक भए तिनी यति लोकप्रिय बने कि तिनको प्रचार सुन्न मानिसहरूको भिड लाग्ने गथ्र्यो

बाइबल अध्ययनबाट दास प्रथा ख्रीष्टियान शिक्षाको विपरीत भन्ने बुझेपछि तिनी मानव बेचविखनको विरुद्धमा उत्रे १७८८ मा तिनले थट्स अपअन स्लेभ ट्रेड नामक पर्चा निकाले जुन निकै व्यापक प्रचारप्रसारमा आयो तिनी राजनीतिज्ञ विलियम विल्बरफोर्ससँगै मिलेर दास प्रथाको विरुद्धमा लागिरहे अन्तत: १८०७ मा इङ्गल्यान्डले कानुनबाट दासप्रथाको निर्मूलन गर्यो २१ डिसेम्बर १८०७ मा तिनी लन्डनमा प्रभुमा सुते  

एक पटकको विधर्मी, ईश्वरनिन्दक, दासदासीहरू ओसारपसार गर्ने जहाजको कप्तान ख्रीष्टियान भइसकेपछि महान् प्रचारक, भजन लेखकसाथै दास प्रथाको उन्मूलनको पक्षपोषक बने  

   

Leave Your Comments Here.