उत्तर–आधुनिकतावादको यस युगमा
सत्यतालाई सापेक्ष ढङ्गमा हेर्ने
झुकाव प्राय: जताततै
फैलिएको छ ।
यसैले जन्माएको एउटा
अभियान हो, धार्मिक
बहुलवाद । सबै
धर्महरू साँचा छन् भनी
यसले विश्वास गर्छ
। सारमा सबै
धर्महरू उही त
हुन् नि भन्ने
विचारले जनमानसको दिमागमा कब्जा
जमाएको छ ।
आफू इमान्दार भएसम्म
जुनसुकै धर्म माने
पनि केही फरक
पर्दैन भनी तिनीहरू
भन्ने गर्छन् ।
व्याप्त सापेक्षतावादको एउटा यस्तो
संस्कृतिमा हामी बाँचिरहेका
छौँ जसमा सत्यताको
अवधारणा लचिलो बनेको छ;
इतिहासलाई प्रचण्ड सन्देहवादको आँखाले
हेरिन्छ र येशू
परमेश्वरकहाँ पुग्ने एउटै मात्र
बाटो हुनुहुन्छ भन्ने
ख्रीष्टियमतको परम्परागत दाबीलाई धार्मिक
असहिष्णुताको रूपमा हेरिन्छ ।
मुक्ति प्राप्त गर्नको लागि
ख्रीष्टियान नै हुनुपर्दैन
भनी बहुलवादीहरू विश्वास
मात्र गर्दैनन्, प्रचार
पनि गर्छन् ।
इमान्दार मुस्लिम, बौद्ध धर्मावलम्बी,
हिन्दु र यहूदीले
विभिन्न नाउँमा उही ईश्वरको
पूजा आराधना गरिरहेका
छन् भनी तिनीहरू
सिकाउँछन् । नेपाली
धार्मिक वृत्तमा सबै धर्महरू
उही हुन् भन्ने
बुझाइ एउटा लोकप्रिय
आवाज हो ।
जुन बाटो गए
पनि गन्तव्यमा पुगिहालिन्छ
नि भन्ने कथन
प्राय: हिन्दुहरूको मुखैमा झुण्डिएको
छ । सबै
धर्महरूमा केही समानताहरू
नभएका होइनन् तर
असमानता जगमा नै
छ । सबै
धर्म उही हुन्
भन्ने भनाइले सामान्य
धर्मावलम्बीलाई खुसी पार्ला
तर यसले तर्कशास्त्रलाई
बेखुसी तुल्याउँछ । यस
पङ्क्तिकारले यहाँ चार
ओटा तर्कलाई अगि
सारेको छ जसले
सबै धर्महरू उही
हुन् भन्ने अवधारणामा
भुईंचालो ल्याउँछन् ।
१. विभिन्न
धर्महरूले
फरक–फरक
कुरा
सिकाउँछन्
।
संसारका
प्रमुख धर्महरूमा भएका समानताहरूलाई
नकार्न सकिँदैन तर समानताभन्दा
असमानता बढी छन्
भन्दा तपाईं छक्क
पर्नु पर्दैन ।
तिनका आधारभूत तत्त्वहरू
यसरी फरक छन्
कि धर्मको बारेमा
सामान्य ज्ञान हासिल गरेको
मान्छेले पनि सबै
धर्महरू उही हुन्
भन्ने आँट गर्दैन
। हिन्दुहरू बहुईश्वरवादमा
विश्वास गर्छन् । तिनीहरूको
बुझाइअनुसार ईश्वर एउटा मात्र
होइन, धेरै छन्
। बौद्ध धर्मावलम्बीहरू
नास्तिक होइनन् भने पनि
तिनीहरू अनीश्वरवादीहरू हुन् ।
मुस्लिमहरूले एकेश्वरवादमा विश्वास गर्छन् भने
ख्रीष्टियानहरूले त्रिएक परमेश्वरमा ।
नास्तिकहरूले ईश्वरको अस्तित्वमा नै
विश्वास गर्दैनन् । परमेश्वरको
अस्तित्वको विषयमा कसरी यी
सबै धर्महरू सही
हुन सक्छन् जबकि
एउटाले बहुसङ्ख्यामा विश्वास गर्छ, अर्कोले
एउटामा त अर्कोले
विश्वास नै गर्दैन
? यहाँ एउटा मात्र
साँचो हुन सक्छ,
सबै होइनन् ।
जसरी गणितमा एक
र एक जोडेर
दुई हुन्छ र
बाँकी सबै उत्तर
गलत हुन्छन् त्यसै
गरी परमेश्वरको अस्तित्वको
विषयमा पनि एउटै
विश्वास मात्र सही हुन
सक्छ सबै होइनन्
। परमेश्वरको विषयमा
मात्र नभई अन्य
शिक्षामा पनि प्रमुख
धर्महरूको बुझाइ नितान्त फरक
छ । हिन्दुहरूका
अनुसार मानिसको जन्म अघिल्लो
कर्मको फल हो
र यस कर्मको
चक्रबाट छुटकारा पाई ब्रम्हामा
विलिन हुनु नै
मोक्ष अर्थात् मुक्ति
प्राप्त गर्नु हो र
यसको लागि तिन
ओटा विधि तोकिएका
छन् । स्वार्थी
इच्छाको कारणले दु:खको
यस संसारमा मानिस
परिबन्धमा परेको छ र उक्त इच्छालाई
निर्मूल पारेपछि निर्वाणा अर्थात्
मुक्ति पाइन्छ भनी बौद्ध
धर्मावलम्बीहरू विश्वास गर्छन् ।
र, निर्वाणा प्राप्त
गर्नको लागि आठ
ओटा मार्गहरू छन्
। इस्लाम धर्मअनुसार
मानिस कमजोर छ
तर पापी छैन
। अल्लाहले तोकेको
नियम कानुन पालन
गरेमा स्वर्गमा गइन्छ
र स्वर्ग भनेको
रक्सी, स्त्री र गीत–भजनको स्थान हो
। पापले मानिस
र परमेश्वरको बिचमा
भएको सङ्गतिलाई टुटाएको
छ र येशूमा
विश्वास गरेपछि त्यो पुनस्थापित
हुन्छ र येशू
मात्रै मुक्तिको बाटो हुनुहुन्छ
भनी ख्रीष्टियानहरू विश्वास
गर्छन् । मुक्ति
के हो र
यसलाई प्राप्त गर्ने
विधिबारे यी धर्महरूको
अवधारणा पृथक् छन् ।
हिन्दुहरूले पापलाई एउटा भ्रमको
रूपमा लिन्छन् जब
कि ख्रीष्टियान, मुस्लिम
र यहूदीहरूले यसलाई
वास्तविकताको रूपमा हेर्छन् ।
लोकप्रिय विचारको विपरीत संसारका
प्रमुख धर्महरूले उही कुरा
सिकाउँदैनन् । एउटा
धर्मको अर्को धर्मसित आधारभूत
तत्त्वहरू नै मेल
खाँदैनन् । तिनीहरूका
बिचमा अपरिहार्य भिन्नता
छन्, सहमती त
केवल सतहमा मात्र
हो । यति
धेरै पृथक्ताका बाबजुद
पनि कसरी सबै
धर्महरू एउटै र
उही हुन सक्छन्
?
२. प्राय: सबै
धर्मले
आफ्नो
धर्मले
मात्र
मुक्ति
दिन्छ
भनी
दाबी
गर्छ
।
येशू
मात्रै मुक्तिको एउटै बाटो
हुनुहुन्छ भन्ने ख्रीष्टियान दाबीको
कारणले गर्दा ख्रीष्टियान धर्मलाई
घमण्डी र सङ्कुचित
धर्मको बिल्ला भिराइदिएको छ
। मुक्तिको लागि
येशू मात्र एउटै
मार्ग हुनुहुन्छ भन्ने
दाबी आत्मिक खोजकर्ताहरूको
लागि आज एउटा
ठुलो अवरोध भएको
छ । तर
लोकप्रिय बुझाइको विपरीत आफ्नो
धर्मले मात्र मुक्ति दिन्छ
भनी दाबी गर्ने
केवल ख्रीष्टियान धर्म
होइन । अन्य
धर्महरूले पनि उही
दाबी गर्छन् ।
मुस्लिमहरू विश्वास गर्छन् कि
इस्लाम धर्मको एउटै मात्र,
पर्याप्त र अन्तिम
आश्चर्यकर्म हो— कुरान
। हिन्दु धर्मका
दुई ओटा आधारभूत
शिक्षा हुन्— वेदको सर्वाधिकार
र जातिय प्रथा
। सिद्धार्थ गौतमले
यी दुवै शिक्षालाई
इन्कार गरेकोले बुद्ध धर्मको
जन्म हुन पुगेको
थियो । कर्मको
चक्र, वेदको अधिकार
र पुनअवतारजस्ता शिक्षाहरूमा
हिन्दुहरूले कसैसँग सम्झौता गर्दैनन्
। हिन्दु धर्म
र बुद्ध धर्म
दुवैको चुनौतिको रूपमा सिख
धर्मको उदय भएको
थियो । यसरी
यी धर्महरूले आ–आफूलाई सही मात्र
ठान्दैनन् तर ईश्वरको
अस्तित्वलाई इन्कार गर्ने नास्तिकहरू
पनि हामी नै
सही छौँ भनी
दाबी गर्छन् ।
यसरी सबै मार्गले
आफूलाई नै सही
ठान्दा कसरी ख्रीष्टियान
मार्गको दाबी मात्र
असहय हुन सक्छ
?
३. बाइबलले
येशू
मुक्तिको
एउटै
बाटो
हुनुहुन्छ
भनी
दाबी
गर्छ
।
बाइबलले
यो परमेश्वरको वचन
हो भनेर दाबी
गर्छ र यसको
लागि पर्याप्त वस्तुगत
साक्षीहरू छन् ।
विश्वसनीय यही प्राचीन
धर्मशास्त्र बाइबलमा येशूको दाबीलाई
यसरी लेखिएको छ,
“येशूले भन्नुभयो, ‘बाटो, सत्य
र जीवन म
नै हुँ ।
मद्वारा बाहेक कोही पनि
पिताकहाँ आउन सक्दैन’”
(यूहन्ना १४:६)
। येशू मात्र
स्वर्ग पुग्ने एउटै बाटो
हुनुहुन्छ भन्ने भनाइ ख्रीष्टियानहरूले
बनाएको नियम होइन,
यो त येशू
स्वयम्ले गर्नुभएको दाबी हो
। उहाँको दाबी
कि साँचो हुनुपर्छ
कि झुटो हुनुपर्छ
। अरू कुनै
वैकल्पिक उत्तर हुन सक्दैन
। येशूको जीवनीको
एक–एक पाटो
अध्ययन गर्नेहरूले उहाँजस्तो अद्वितीय
व्यक्ति यस धरतीमा
कोही फेला पारेका
छैनन् । तसर्थ,
उहाँको यस दाबीमा
कुनै खोट छैन
। प्रष्ट कुरो
यो हो कि
यदि उहाँको यो
दाबी साँचो हो
भने अरू दाबीहरू
अर्थात् अरू धर्मले
मुक्ति दिलाउँछ भन्ने कथन
भ्रम मात्र हुन्छ
।
४. येशूले
जे
दाबी
गर्नुभयो
त्यसको
पुष्टि
पनि
गर्नुभयो
।
येशूले
आफू परमेश्वरको पुत्र
हुँ भनी दाबी
मात्र गर्नुभएन तर
त्यसलाई पुष्टि गर्ने साक्षीहरू
पनि जुटाउनुभयो उहाँले
। येशू मात्रै
एक यस्तो अद्वितीय
व्यक्तित्व हुनुहुन्छ जसले सयौँ
वर्षअगिका सयौँ भविष्यवाणीहरूलाई
पुरा गर्नुभयो; आफ्नै
शक्तिले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो;
पापरहित जीवत जिउनुभयो
र मृत्युमाथि विजय
हासिल गर्नुभयो ।
गौतम बुद्ध, मोहम्मद,
कन्फ्युसियस, कार्ल माक्र्स वा
अन्य धार्मिकसाथै दार्शनिक
अगुवाहरूको जन्मअगि तिनीहरूको बारेमा
कुनै विशुद्ध भविष्यवाणी
गरिएको जानकारी हामीसँग छैन
।
व्यक्तिगत
रूपमा मानिसहरूले जुन
धर्मलाई पनि अङ्गाल्न
सक्छन् र उसको
विश्वास जुनसुकै पनि हुन
सक्छ र ऊ त्यस धर्ममा
ज्यादै इमान्दार पनि हुन
सक्छ । तर
उसको इमान्दारीले सच्चाइलाई
परिवर्तन गर्न सक्दैन
। हाम्रा भावपरक
विश्वासहरूले येशू परमेश्वरका
अद्वितीय पुत्र हुनुहुन्छ भन्ने
वस्तुगत यथार्थतालाई परिवर्तन गर्दैन
। येशूको बारेमा
हामीले जे विश्वास
गरे तापनि त्यसले
उहाँ वास्तवमा को
हुनुहुन्छ भन्ने सत्यतालाई बद्लन
सक्दैन । इमान्दारी
र समर्पणताले मात्र
व्यक्तिलाई सही बनाउँदैन
। के हिटलर
र स्टालिनजस्ता विभत्स
हत्या गर्नेहरू आफ्नो
मिसनको लागि समर्पित
थिएनन् र ? तर
के तिनीहरू सही
थिए त ? पृथ्वी
थेप्चो छ भनी
इमान्दारीपूर्वक म पूर्णत:
विश्वास गर्न सक्छु
। तर मेरो
इमान्दार विश्वासले पृथ्वीको गोलाइमा
परिवर्तन ल्याउँदैन । म काठमाडौँको कलङ्कीबाट पोखरा
जाने गाडीमा चढी
इमान्दारीतासाथ नारायणगढ पुग्छु भनी
विश्वास गर्न सक्छु
। तर के
चालकले मलाई पोखरा
नै पुर्याउँदैन र ? तसर्थ,
विश्वास र समर्पणता
मात्र महत्त्वपूर्ण अवयवहरू
होइनन् । हामीले
केमाथि वा कसमाथि
विश्वास गरेका छौँ भन्ने
कुरा हाम्रो गन्तव्यको
सम्बन्धमा ज्यादै महत्त्वपूर्ण छन्
। अरूको विश्वासलाई
हामीले आदर गर्नुपर्छ
तर प्रेमपूर्वक सत्यता
बताउन हामी पछि
पर्नु हुँदैन ।
यथार्थत: यदि तपाईंले
वास्तवमै मानिसलाई प्रेम गर्नुहुन्छ
र आदर गर्नुहुन्छ
भने अनन्त परिणाम
ल्याउने सत्यताको बारेमा तपाईंले
अवश्य बताउनुहुन्छ ।
मलाई व्यक्तिगत रूपमा
सबै धर्महरू सही
छन् र ती
सबैले मुक्ति दिन्छन्
भन्ने कुरो सत्य
भइदिए हुन्थ्यो जस्तो
लाग्छ तर मेरो
तर्कशास्त्रले त्यसलाई मान्दैन ।
येशूले मात्र आफ्नो दाबीको
पुष्टिको लागि पर्याप्त
वस्तुगत साक्षीहरू पेस गर्नुभयो
। तसर्थ, मेरो
तर्कले यही भन्छ
कि उहाँ मात्रै,
केवल उहाँ मात्रै
मुक्तिको बाटो हुनुहुन्छ
।