menu bar

Saturday, February 7, 2015

लूका २४:५०–५१ अनुसार येशू बेथानियाबाट स्वर्गारोहण हुनुभयो जब कि प्रेरित १:९–१२ ले प्रस्टसित बताउँछ कि उहाँ जैतून पर्वतबाट स्वर्ग जानुभयो । वास्तवमा येशू कहाँबाट स्वर्गारोहण हुनुभयो— बेथानिया वा जैतून पर्वत ?



तेस्रो सुसमाचारिय लेखक डा. लूकाको विवरणअनुसार येशू बेथानियाबाट स्वर्ग जानुभयो, “त्यसपछि उहाँ [येशू] ले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो स्वर्गमा लगिनुभयो” (लूका २४:५०५१) तर उही लेखकको दोस्रो पुस्तकमा भनिएको , “उहाँ [येशू] ले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो ... तब तिनीहरू जैतून भनिने पहाडबाट यरूशलेम फर्के” (प्रेरित :१२) यी दुई ओटा विवरणलाई एक आपसमा जुधाएर अध्ययन गर्दा उहाँको स्वर्गारोहणको वास्तविक स्थलबारे विरोधाभास देखिन्छ येशू कहाँबाट स्वर्ग जानुभयोबेथानिया या जैतून पर्वत ?

येशू पहिलो शताब्दीको प्यालेस्टाइनमा बाँच्नुभयो उक्त देशको भूगोलको ज्ञान नहुने व्यक्तिले उहाँको स्वर्गारोहणबारे यी दुई ओटा विवरणहरूलाई पढेर बाइबलमा भुल भन्ने गलत निष्कर्षमा पुग्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन

बेथानिया जैतून पर्वतको पूर्वपट्टि फेदनिर अवस्थित गाउँ थियो यो गाउँ जैतून पर्वतमा नै पर्दथ्यो (लूका १९:२९) यो गाउँ यरूशलेमबाट लगभग दुई माइल पूर्वमा थियो

स्वर्गारोहणको पर्वतभनेर चिनिने जैतून पहाडको उच्चतम टाकुरा समुद्र सतहदेखि ,७०० फिट उचाइमा रहेको यो टाकुरा पहाडको मध्य भागमा पर्छ जहाँबाट येशू स्वर्ग जानुभयो भन्ने परम्परागत विश्वास रहिआएको यहीँ नै सम्राज्ञी हेलेनाले येशूको स्वर्गारोहणको सम्झनामा मण्डली भवन बनाएकी थिइन्   
 
येशूको स्वर्गारोहणको वास्तविक स्थलबारे छलफल गर्दा परम्परागत विश्वास त्रुटिपूर्ण जस्तो देखिन्छ किनकि लूकाको विवरणअनुसार उहाँ बेथानियाबाट स्वर्गारोहण हुनुभएको प्रस्ट येशू जैतून पर्वतको मध्य भागमा पर्ने उच्चतम टाकुराबाट स्वर्ग नगई त्यहाँदेखि एक माइल टाढा पर्ने बेथानियाबाट स्वर्गारोहण हुनुभयो यो अनुच्छेदमा परम्परागत दृष्टिकोणचाहिँ त्रुटिपूर्ण कि भन्न खोजिएको हो, बाइबलिय विवरण भने होइन  

स्वर्गारोहणको बारेमा बताउने दुवै विवरणका लेखक डा. लूकाले दुवै ठाउँहरूलाई ख्रीष्टको स्वर्गारोहणको सामान्य स्थलको रूपमा उल्लेख गरेका छन् येशू कहाँबाट स्वर्ग जानुभयो भन्ने प्रश्नको उत्तरमा दुवै (बेथानिया जैतून पर्वत) नै सही छन् एउटाले सानो क्षेत्रलाई उल्लेख गर्छ भने अर्कोले ठुलो इलाकालाई   

Leave Your Comments Here.