दक्षिण
अमेरिकामा पर्ने राष्ट्र बोलिभियामा
अवस्थित एउटा सहरको
नाउँ हो, ओरुरो
। त्यहाँ युआन
नाउँ गरेका एक
जना आन्दोलनकारी थिए
जो कामदारहरूका लागि
न्यायको पक्षमा लड्दै दिए
। एकातिर तिनी
समाजदेखि रिसाएका थिए भने
अर्कोतिर आफ्नै भाग्यदेखि विरक्तिएका
थिए ।
भोक
र थकाइले गरुङ्गो
शरीर लिई अगाडि
हिँड्दै जाँदा तिनको खुट्टाले
अकस्मात् कुनै वस्तुलाई
हिर्काउन पुग्छ । के
रहेछ भनी हेर्दा
खोल च्यातिएको कुनै
किताबका पानाहरू देख्छन् तिनले
। अधिकांश पानाहरू
दागैदागले भरिएको भए तापनि
ती पढ्न सकिने
थिए । हातमा
लिई पल्टाउँदा तिनका
आँखा यी वचनहरूमा
परे, “व्यर्थ नै
व्यर्थ, पूर्ण रूपमा व्यर्थ,
सबै व्यर्थ हुन्
। मानिसले आफ्ना
सारा कामबाट के
लाभ पाउँछ, जसमा
त्यसले सूर्यमुनि कठिन परिश्रम
गर्दछ ?”
यो
वचन तिनको जीवनमा
प्रासङ्गिक थियो ।
आफूले पढेको कुरोमा
तिनी छक्क परे
। अगाडि पढ्ने
क्रममा तिनले पाए, “फेरि
मैले हेरें, र
सूर्यमुनि भइरहेका सबै अत्याचार
देखें । अत्याचारमा
परेकाहरूको आँसु मैले
देखें, अनि तिनीहरूलाई
सान्त्वना दिने कोही
छैन ।”
युआनले
आफ्नो जीवनभरि यस्तो
सनसनीपूर्ण नवीन वचनलाई
पढेका थिएनन् ।
त्यसको भाषा अप्रचलिन
भए तापनि अवधारणा
भने अप्रासङ्गिक थिएन
।
तिनले
अगाडि पढ्दै गए
र डाँडाको उपदेशमा
येशूले भन्नुभएका वचनहरू तिनलाई
अत्यधिक महत्त्वपूर्ण लाग्यो । तिनको
बुझाइमा “यो कम्युनिष्ट
घोषणापत्रभन्दा राम्रो थियो ।
हामीले यसलाई पालना गर्ने
हो भने यसले
समाजलाई मात्रै परिवर्तन गर्ने
होइन तर मानव–जातिलाई नै बदल्छ
।”
कैयौँ
दिनसम्म युआनले यस किताबलाई
दोहोर्याई–तेहेर्याई
पढे । कामदारहरूसँगै
तिनी पनि कालो–सूचीमा परेकाले ओरुरोमा
बस्नुको औचित्य नठानी आफ्नो
घर कोचाबाम्बा फर्कने
निधो गरे तिनले
।
आफूले
बोकेको पुस्तक बाइबल हुन
सक्ने कल्पना पनि
गरेका थिएनन् युआनले
। पछि तिनको
साथीसँग भएको बाइबलसित
तिनले बोकेको पुस्तकलाई
तुलना गरेर हेर्दा
त्यो बाइबल नै
भएको पाए तिनले
। युआनले आफ्नो
जीवन येशूमा सुम्पे
र तिनी ख्रीष्टियान
बने ।