दुई
दर्जभन्दा बेसी पुस्तकहरूका
लेखक फिलिप यान्सी
विख्यात ख्रीष्टियान लेखक हुन्
। तिनका झण्डै
एक करोड पचास
लाख किताबहरू बिक्री
भइसकेका छन् ।
ख्रीष्टाब्द २००३ मा
तिनले र्युमर्स
अफ
एनादर
वल्र्ड
नामक कृति प्रकाशित
गरे जसमा क्षमाको
बारेमा एउटा ह्दय
छुने घटना अभिलिखित
छ ।
भान
दे ब्रुक नाउँ
गरेका पुलिसले एउटा
घटनाको वर्णन गरे जसमा
अन्य केही कर्मचारीहरूसित
मिलेर तिनले अठार
वर्षको केटोलाई गोली हानी
उसको शरीरलाई जलाइदिएका
थिए । आठ
वर्ष वर्षपश्चात् ब्रुक
उही घरमा फर्के
जहाँ तिनले केटोको
बुबालाई पक्रे; उनलाई बाँधे;
उनको शरीरमा पेट्रोल
छर्के अनि आगो
सल्काइदिए । पत्नी
यो ह्दयविदारक दृश्य
हेर्न बाध्य थिइन्
।
आफ्नो
छोरो र पति
गुमाउने स्त्रीलाई अदालतमा प्रतिक्रियाको
मौका दिइएको थियो
। “श्री भान
दे ब्रुकबाट तपाईं
के चाहनुहुन्छ ?,” न्यायाधीशले
सोधे । ब्रुकले
उनका पतिलाई जहाँ
जलाएका थिए तिनी
त्यहीँ गएर धुलो
जम्मा गरेर ल्याएको
चाहन्थिन् ती स्त्रीले
ताकि उनले आफ्ना
पतिको निम्ति शिष्ट
दफन कार्य गर्न
सकून् । शिर
निहुराएर बसेका पुलिसले टाउको
हल्लाउँदै सहमती जनाए ।
त्यसपछि
ती स्त्रीले थप
अनुरोध गरिन्, “श्री भान
दे ब्रुकले मेरा
सबै परिवारलाई मबाट
खोसेर लगे तापनि
दिनको लागि मसँग
अझै धेरै प्रेम
बाँकी नै छ
। तिनी महिनाको
दुई पटक हाम्रो
झुपडीमा आऊन् र
मसँगसँगै एक दिन
बिताऊन् ताकि म
तिनको लागि आमा
बन्न सकूँ ।
परमेश्वरले तिनलाई क्षमा दिनुभएको
छ र मैले
पनि क्षमा दिएको
छु भनी श्री
भान दे ब्रुकले
जानेको चाहन्छु म । म तिनलाई
अङ्गालो हाल्न चाहन्छु ताकि
मेरो क्षमा वास्तविक
हो भनी तिनले
जान्न सकून् ।”
त्यसपछि
अदालतमा मानिसहरूले एकै सोरमा
“अचम्मको अनुग्रह” भन्ने भजन
गाउन थाले ।