menu bar

Tuesday, June 30, 2015

मृत सागरका मुट्ठाहरू: बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज



ख्रीष्टाब्द १९४७१९५६ सम्ममा मृत सागरको उत्तरपश्चिमपट्टि अवस्थित एघार ओटा गुफाहरूमा पत्ता लगाइएका झण्डै ९८१ ओटा पाण्डुलिपिका टुक्राहरूको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू भनेर चिनिन्छ कुमरान भनेर चिनिने यो क्षेत्र यरूशलेमदेखि १३ माइल पूर्वमा समुद्री सतहदेखि ,३०० फिट तल पर्छ

धेरैले यसलाई बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका छन् यी पाण्डुलिपिहरूको ऐतिहासिक, धार्मिक भाषिक महत्त्व रहेका छन् यहूदी धर्म ख्रीष्टियमतबारे भएको हाम्रो ज्ञानलाई यस आविष्कारले अति नै वृद्धि गरेको एस्तरको पुस्तकबाहेक पुरानो करारको प्रत्येक पुस्तकको टुक्रा फेला पारिएको गुफा नम्बर मा यशैयाको पुरै पुस्तक फेला पारिएको थियो मृत सागरका मुट्ठाहरूको खोजसँगै हामीसँग भएका पाण्डुलिपिहरूभन्दा झण्डै एक हजार वर्षअगि पुग्न सफल भएका छौँ हामी   

पत्ता लगाइएका अधिकांश पाण्डुलिपिहरू हिब्रू भाषामा लेखिएका छन् भने ग्रिक आरमेइक भाषामा लेखिएका केही प्रतिलिपिहरू पनि फेला पारिएका छन्  

यी सामग्रीहरू तेस्रो शताब्दी ख्रीष्टपूर्वको आरम्भ ख्रीष्टाब्द पहिलो शताब्दीको उत्तराद्र्धको बिचमा तयार पारिएका थिए भनी विद्वान्हरू सहमत छन् यसको अर्थ यी पाण्डुलिपिहरू झण्डै २००० वर्षसम्म ती गुफाहरूमा सुरक्षित रहे एसिएनहरू भनेर चिनिने यहूदी सम्प्रदायले यी मुट्ठाहरूलाई तयार पारेर त्यहाँ राखेका थिए

वास्तवमा यी मुट्ठाहरू पत्ता लगाइएका पुरानो करारका सर्वाधिक प्राचीन पाण्डुलिपिहरू हुन् हाल विद्यमान पुरानो करारको पाठयपुस्तक सही तरिकाले प्रतिलिपि हुँदै हामीकहाँ आइपुगेको रहेछ भनी यस खोजले उदाङ्गो पारेको पुरानो करारको विश्वसनियतामाथि आशङ्का गर्नेहरूलाई यस उदेकको खोजले लज्जित तुल्याइदिएको  

पुरातत्त्वविद् डा. ब्रायन्ट वूडले भनेका छन्, “सम्भवत: मृत सागरका मुट्ठाहरूको सर्वाधिक बाइबलीय प्रभाव हाम्रो पहिलेको प्राचीनतम पाण्डुलिपिभन्दा तिनले झण्डै ,००० वर्ष प्राचीन पुरानो करारका पाण्डुलिपिहरू जुटाएका छन् यो अन्तरालमा पुरानो करार ठिक प्रकारले सम्प्रेषण गरिएको रहेछ भनी मृत सागरका मुट्ठाहरूले पुष्टि गरेका छन् यसका अतिरिक्त, ख्रीष्टको जीवनको समय त्यस अगिको पृष्ठभूमिबारे तिनले प्रचुर जानकारी उपलब्ध गराउँछन्



Leave Your Comments Here.


Monday, June 29, 2015

बाइबल र पुरातत्त्वविद्याबारे ८ ओटा भनाइहरू



 धर्मशास्त्र [बाइबल] को विपरीत हुने कुनै पुरातात्त्विक खोज उचित किसिमले पुष्टि भएको मलाई थाहा छैन बाइबल संसारले जानेको सबैभन्दा विश्वसनीय ऐतिहासिक पाठ्यपुस्तक हो
क्लिफोर्ड विल्सन, पुरातत्त्वविद्साथै लेखक

पुरातत्त्वविद्याले [बाइबलका] अनगिन्ती खण्डहरूलाई पुष्टि गरिदिएको जसलाई आलोचकहरूले इतिहाससित बेमेल वा ज्ञात तथ्यहरूसित परस्पर विरोधी भनी इन्कार गरेका थिए
डा. जोसेफ पी. फ्रि 

हामी ऐतिहासिक पुरातात्त्विक खोजद्वारा पत्ता लगाइएका तथ्यहरूको प्रचुरताद्वारा बाइबलको ऐतिहासिक सच्चाइलाई जाँच गर्न सक्षम भएका छौँ यसका दाबीहरूलाई जाँच गर्न सकिने हरेक अवस्थामा बाइबल विश्वसनीय भरोसायोग्य प्रमाणित भएको
डा. ज्याक कट्रेल, ख्रीष्टियान दार्शनिकसाथै ईश्वरशास्त्री

पुरातात्त्विक कामले बाइबलको अभिलेखको विश्वसनीयतामा भएको निश्चयतालाई मजबुत बनाएको भन्ने कुरामा कुनै प्रश्न छैन
मिल्लर बुरोज, बाइबलीय विद्वान्साथै प्राध्यापक

कुनै पनि पुरातात्त्विक खोज कहिल्यै बाइबलीय सन्दर्भको विरुद्धमा गएको छैन भनी स्पष्टत: भन्न सकिन्छ मनग्गे पुरातात्त्विक खोजहरू पत्ता लगाइएका छन् जसले प्रस्ट सारांशमा वा सबिस्तार ढङ्गमा बाइबलका ऐतिहासिक सन्दर्भहरूको पुष्टि गर्छन् यसै गरी, बाइबलीय बयानहरूको उचित मूल्याङ्कनले प्राय: उदेकका खोजहरूतर्फ डोर्याएको
नेल्सन ग्लुक, पुरातत्त्वविद्साथै रब्बी

जहाँजहाँ सुसमाचारहरूका ज्ञात तथ्यहरूलाई जाँच गर्न सकिन्छ ती उल्लेखनीय रूपमा निरन्तर सही साबित भएका छन्, खास गरी यूहन्नाको सुसमाचारमा पुरातत्त्वविद्हरूले भेडाढोकाको नजिक रहेको बेथस्दाको जलकुण्डका पाँच ओटा दलानहरू (:), सिलोआमको तलाउ (:), सुखारमा भएको याकूबको इनार (:), पिलातसले येशूलाई जाँच गरेकोढुङ्गाका पाटी[गब्बथा] (१९:१३), मन्दिरका हाताहरूमा भएको सोलोमनको दलान (१०:२२२३) हालै मात्र अर्थात् १९६१ मा कैसरियामा एउटा शिलालेख फेला पारियो जसले पहिलो पटक ख्रीष्टको समयमा शासन गर्ने यहूदियाका बडाहाकिम पिलातसको सम्बन्धमा बाइबलेतर प्रमाणलाई जुटाएको प्यालेस्टाइनमा पहिलो शताब्दीको योहानान नाउँ गरेको क्रूसमा चढाइएको मानिसको अस्थिबाकसको खोजले उसका गोलीगाँठाहरूमा काँटीहरूको प्रयोग भएको पुष्टि भएको जसरी ख्रीष्टलाई ठोकिएको थियो दण्डाज्ञा पाएका मानिसका खुट्टाहरूलाई क्रूसमा टाँग्नका लागि डोरीको प्रयोग गरिन्थ्यो भनी पहिलेपहिले सन्देहवादीहरूले विचार गर्थे ... १९९० मा यरूशलेममा यहूदी प्रधान पूजाहारी कैयाफा तिनको परिवारको समाधिस्थल पत्ता लगाइयो यीलगायत अन्य वर्णनहरूले जाँच गर्न सकिने क्षेत्रहरूमा सुसमाचारको विश्वसनीयताबारे अनुकूल प्रभावको रचना गर्छन्
क्रेग एल. ब्लम्बर्ग, नयाँ करारका विद्वान्साथै प्राध्यापक

धेरैले बाइबलको सच्चाइमाथि आशङ्का व्यक्त गरेका छन् [तर] समय अविरल खोजले परमेश्वरको वचनका आलोचकहरूभन्दा यसलाई बढी सूचित गराइएको भनी निरन्तर रूपमा पुष्टि गरेका छन् वास्तवमा प्राचीन संसारका हजारौँ खोजहरूले सारांश प्रायश: सबिस्तार ढङ्गमा बाइबलिय तस्बिरको समर्थन गर्छन् एउटै पनि निर्विवाद खोज कहिल्यै बाइबलको विरुद्धमा गएको छैन
नर्मन गेइस्लर, ख्रीष्टियान दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक

हरेक उदाहरणमा जहाँ पुरातात्त्वविद्याका खोजहरू बाइबलीय अभिलेखसित सम्बन्धित छन् त्यहाँ पुरातात्त्विक साक्षीले धर्मशास्त्रको ऐतिहासिक सच्चाइलाई पुष्टि गर्छ कहिलेकाहीँ सबिस्तार ढङ्गमा प्रमाणित गर्छ ती उदाहरणहरूमा जहाँ पुरातात्त्विक खोजहरू बाइबलसित मतभेद भएको जस्तो देखिन्छन् त्यहाँ विभेद पुरातात्त्विक साक्षीमा जस्तै: अनुचित अर्थ खोलाइ, अपर्याप्त साक्षी आदि, बाइबलमा होइन
डा. ब्रायन्ट सी. वुड, पुरातत्त्वविद्











Leave Your Comments Here.


Sunday, June 28, 2015

कोइला खानीको कामदारबाट महान् प्रचारक बनेका बिल्ली ब्रे



ख्रीष्टाब्द १७९४ मा बिल्ली ब्रेको जन्म इङ्गल्यान्डमा भएको थियो तिनी अशिक्षित व्यक्तिको रूपमा हुर्के कोइला खानीमा काम गर्न गए तिनी जाँडको कुलतमा फसे आफ्नो जीवनलाई दुष्टतामा डोर्याए तिनको बुझाइमा तिनी एक महान् पापी थिए तिनको लागि कृपाको ढोका बन्द गरिएको थियो

तर एउटा पुस्तकले तिनको जीवनमा नसोचोको परिवर्तन ल्याइदियो स्वर्ग नरकको विषयमा लेखिएको एउटा पुस्तक तिनको हातमा पर्यो त्यो पुस्तकले तिनलाई ख्रीष्टियान विश्वासतर्फ डोर्यायो यो ख्रीष्टाब्द १८२३ को कुरो थियो जुन बेला तिनी २९ वर्ष पुगेका थिए

नाटकीय परिवर्तनको महसुस गरेपछि तिनको जीवनमा देखा परेको एउटा उदेकको कुरो प्रचारको निम्ति तिनको उत्साह थियो कोही मानिस तिनीकहाँ पुग्दा तिनी सधैँ मुस्कुराइरहेको, गाइरहेको परमेश्वरको प्रशंसा गरिरहेका हुन्थे एक दिन कसैले तिनलाई तिनको प्रशस्त आनन्दको कारण सोध्दा तिनले यसरी जवाफ दिएका थिए, “उहाँले मलाई प्रसन्न पार्नुभएको कसैले मलाई अप्रसन्न पार्न सक्दैन

पछि बिल्ली इङ्गल्यान्डमा एक महान् प्रचारक बने तिनी तिनको छोरो मिलेर थुप्रै मण्डली भवनहरू खडा गरे

Leave Your Comments Here.


Saturday, June 27, 2015

के पुरानो करारले आफ्ना शत्रुहरूलाई घृणा गर भनेर सिकाउँछ ? होइन भने मत्ती ५:४३ को भनाइको अर्थ के हो ?



डाँडाको उपदेशमा प्रभु येशूले पुरानो करारलाई मान्ने आफ्ना यहूदी स्रोताहरूलाई भन्नुभयो, “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, तिम्रो शत्रुलाई घृणा गर’” (मत्ती :४३) परमेश्वर जो प्रेम हुनुहुन्छ ( यूहन्ना :१६) के पुरानो करारमा उहाँले आफ्ना शत्रुहरूलाई घृणा गर भनेर आदेश दिनुभएको हो ? कदापि होइन

आफ्ना शत्रुहरूलाई घृणा गर भनेर परमेश्वरले कहिल्यै पनि आफ्ना मानिसहरूलाई आदेश दिनुभएको छैन यस्तो आदेश दिने पद पुरानो करारमा कहीँ पनि पाईंदैन यसको विपरीत पुरानो करारको लेवीको पुस्तकमा परमेश्वरले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर भन्ने आदेश दिनुभएको (१९:१८) महानतम आज्ञाहरूमा परमेश्वरलाई प्रेम गर्ने छिमेकीलाई आफैलाई झैँ प्रेम गर्ने आज्ञाहरू पर्छन् भनी येशू आफैले पनि सिकाउनुभएको (मत्ती २२:३४४०)

त्यसो भए मत्ती :४३ मा येशूको भनाइको अर्थ के हो ? यस पदमा उल्लिखित दुई ओटा आज्ञामध्ये पहिलो आज्ञा (छिमेकीलाई प्रेम गर) पुरानो करारको हो (लेवी १९:१८) भने दोस्रो आज्ञा (शत्रुलाई घृणा गर) फरिसीहरूको परम्पराबाट उल्लेख गरिएको हो परमेश्वरले छिमेकीलाई प्रेम गर भन्ने आज्ञा दिनुभएकोले शत्रुलाई घृणा गर्नुपर्छ भनी फरिसीहरूले गलत तरिकाले अर्थ खोले येशूले पुरानो करारको वचनबाट उद्धृत गर्नुहुँदा उहाँले भन्नुहुन्छ, लेखिएको (जस्तै: मत्ती :,,१०) तर उहाँले यहाँ त्यसो भन्नुभएको छैन बरु उहाँले भन्नुभयो, “तिमीहरूले यसो भनेको सुनेका छौ ... यसको अर्थ यहूदी परम्परा हो जुन पुरानो करारको व्यवस्थावरिपरि वृद्धि हुँदै आएको थियो जसको खातिर फरिसीहरूले परमेश्वरको वचनलाई बेकम्मा तुल्याएका थिए (मत्ती १५:,)

पुरानो नयाँ करार दुवैमा परमेश्वरले आफ्नो छिमेकीलाई प्रेम गर भन्ने आज्ञा दिनुभएको कहिल्यै पनि शत्रुलाई घृणा गर भन्ने आज्ञा दिनुभएको छैन         

Leave Your Comments Here.


Friday, June 26, 2015

कानुनका बौद्धिक प्राध्यापकले अनुसन्धानपश्चात् पुनरुत्थान हुनुभएका येशूलाई पाए



ख्रीष्टाब्द १८१७ मा अमेरिकामा स्थापित हार्वड स्कुलमा कानुनका एक जना बौद्धिक प्राध्यापकले पढाउँदै थिए पढाउने क्रममा तिनले आफ्ना विद्यार्थीहरूलाई भन्दै थिए कि येशूको पुनरुत्थान केवल मिथ्या हो तिनी नास्तिक भएकाले तिनले आश्चर्यकर्ममाथि विश्वास गर्दैनथ्ये तर तिनका तिन जना विद्यार्थीहरूले तिनको भनाइको खण्डन गर्दै साक्षीबारे तिनका प्रशंसित नियमहरूलाई येशूको पुनरुत्थानमा लागु गर्न चुनौती दिए

त्यसबारे निकै मनन गरेपछि तिनले चुनौतीलाई आत्मसात् गरे तिनी अनुसन्धानको लागि अगाडि बढे इतिहासको सत्यताको विषयमा आफूसित भएको उत्कृष्ट समझको प्रयोग गरी येशूको पुनरुत्थानको विवरण झुटो हो भनी प्रमाणित गर्ने कोसिस गरे तिनले

तर तिनले ऐतिहासिक अभिलेखलाई जति धेरै अनुसन्धान गरे येशू वास्तवमै चिहानबाट बौरी उठ्नुभएको थियो भन्ने मजबुत साक्षी देखेर तिनी त्यति नै धेरै चकित परे मानवीय इतिहासको मार्गलाई नै बदल्ने घटनाले तिनको सन्देहवादलाई चुनौती दिँदै थियो

येशूको मृत्युपछि देखा परेका नाटकीय परिवर्तनहरूलाई व्याख्या गर्न तिनी असक्षम भएका थिए चेलाहरूको व्यवहारमा आएको परिवर्तनले तिनलाई छक्क पारेको थियो एक वा दुई जनाले मात्र नभई सबै चेलाले येशू बौरी उठ्नुभयो भनी दाबी गर्दै थिए सत्यताको निम्ति साक्षीका आफ्नै नियमहरूलाई प्रयोग गरी तिनी निर्णयमा पुगेक्रूसारोहणपश्चात् देखा परेको दृश्यको लागि उहाँको पुनरुत्थान नै सबैभन्दा उत्कृष्ट व्याख्या हो

तिनी आफूले बटुलेका साक्षीहरूबाट यति विश्वस्त बने कि तिनले आफ्नो जीवन येशूमा सुम्पे अर्थात् तिनी पक्का ख्रीष्टियान बने आफूले जम्मा पारेका सामग्रीहरूबाट तिनले येशूको पुनरुत्थानको पक्षमा एउटा गतिलो पुस्तक लेखे: टेस्टिमुनी अफ इभान्जलिस्टस् यस पुस्तकको अन्त्यमा तिनले येशूको पुनरुत्थानबारे भएको सत्यतालाई खोजी गर्नेहरूलाई निष्पक्ष रूपमा त्यसको जाँच गर्ने चुनौती दिएका छन् तिनी विश्वास गर्छन् कि पूर्वाग्रही नभईकन उपलब्ध साक्षीलाई इमान्दारीपूर्वक जाँच गर्ने व्यक्ति उही निष्कर्षमा पुग्छ जुन निष्कर्षमा तिनी पुगेका थिएयेशू वास्तवमै बौरी उठ्नुभयो

अठारौँ शताब्दीको उत्तराद्र्धमा जन्मेका ती प्राध्यापकको नाउँ हो, सिमोन  ग्रिनलिफ जसले ट्रिटिज अन अफ एभिडेन्स नामक तिन ठेलीको कानुनसम्बन्धी सर्वोत्कृष्ट कृतिको रचना गरेका छन्              

Leave Your Comments Here.