२३
जनवरी १९५३ मा
उत्तरी आएरल्यान्डमा जन्मेका अलिस्टर म्याकग्रेथ
झगडालु नास्तिकको रूपमा हुर्केका
थिए । तिनी
नास्तिकवादमा लाग्नुका खास गरी
दुई ओटा कारण
थिए । पहिलो,
तिनले स्कुलमा विज्ञानसित
सम्बन्धित विषयहरू लिएर पढेका
थिए । दोस्रोमा,
ख्रीष्टाब्द १९६० को
दसकमा माक्र्सवादी बन्नु
प्रचलित थियो ।
विज्ञानको
इतिहास र दर्शनशास्त्रबारे
पढेपछि तिनले महसुस गर्न
थाले कि विज्ञान
तिनले सोचेजस्तै सीधा
थिएन । पछि
तिनी रसायनशास्त्रको अध्ययनको
लागि अक्सफोर्ड विश्वविद्यालयमा
भर्ना भए ।
क्रमश: तिनले पत्ता लगाए
कि नास्तिकवाद पनि
विश्वासमा नै अडेको
रहेछ । अर्को
भाषामा भन्नुपर्दा नास्तिकवाद कसैले
कुनै कुरोमाथि गर्ने
विश्वास रहेछ; यो कुनै
प्रमाणित कुरो रहेनछ
। नास्तिकवादमाथि विश्वास
गर्नलाई मजबुत आधार नभएको
पनि तिनले आविष्कार
गरे । नास्तिकवादको
तुलनामा ख्रीष्टियमत बेसी बौद्धिक
अनुशासन भएको पाए
तिनले । यी
आविष्कारहरूले तिनलाई नास्तिकवादबाट ख्रीष्टियान
विश्वासतर्फ रूपान्तरित हुन आकर्षित
गर्यो
र तिनले ख्रीष्टियान
विश्वासलाई अङ्गाले ।
६३
वर्षे अलिस्टर म्याकग्रेथ
हाल वैज्ञानिक, ईश्वरशास्त्री,
बौद्धिक इतिहासकार र ख्रीष्टियान
रक्षाशास्त्री हुन् ।
तिन ओटा विद्यावारिधि
प्राप्त गर्न सफल
म्याकग्रेथ नव नास्तिकवादको
कडा विरोधी हुन्
।
स्वस्थ
समाजको नैतिक जगको लागि
धार्मिक विश्वासको आवश्यकता छ
भन्ने म्याकग्रेथका तिन
दर्जनभन्दा बेसी कृतिहरू
प्रकाशित भइसकेका छन् ।