menu bar

Tuesday, June 9, 2015

आफ्ना महत्त्वपूर्ण ठेलीहरू आगोले नष्ट पार्दा पनि नआत्तिएका केरी



आधुनिक मिसनका पिता भनेर चिनिने विलियम केरी अठारौँ शताब्दीमा इङ्गल्यान्डमा जन्मेका थिए तिनी नै नयाँ करारलाई नेपाली भाषामा अनुवाद गर्ने प्रथम व्यक्ति हुन् हाम्रो छिमेकी मुलुक भारतमा मिसनरी भएर आएका केरीले उक्त भूमिमा ४१ वर्ष बिताए बाइबललाई स्थानीय भाषाहरूमा अनुवाद गर्ने हेतुले तिनले विभिन्न भाषाहरू सिक्न आफैलाई समर्पित गरे

एक दिनको कुरो हो केरी कतै टाढा गएका बेला तिनको घरमा आगलागी भयो उक्त घर एकैछिनमा खरानीमा परिणत भयो आगोले तिनले तयार पारेका कैयौँ बाइबल, महत्त्वपूर्ण पाण्डुलिपिहरू, शब्दकोशसाथै व्याकरणहरूलाई पनि नष्ट गरिदियो तिनले वर्षौं लगाएर ती महत्त्वपूर्ण ठेलीहरू तयार पारेका थिए जुन केही क्षणमा नै तहसनहस हुन पुगे तिनी फर्केपछि तिनलाई त्यो दु:खको खबर सुनाइयो तर तिनी निराश भएनन् तिनको अनुहारमा घडबढाहटको कुनै झल्को देखिन्थ्यो बरु तिनले घुँडा टेके ती पुस्तकहरू तयार पार्न आफूसित अझै पनि शक्ति भएकोमा परमेश्वरप्रति धन्यवादी भए शोक गर्नमा समय नबिताईकन तिनले तुरुन्तै ती पुस्तकहरूको पुनरुत्पादनमा आफैलाई समर्पित गरे तिनको मृत्युअगि तिनले आफूले पहिले तयार पारेका ठेलीहरूभन्दा बेसी तयार पार्न सफल भए तिनी   

Leave Your Comments Here.