ख्रीष्टाब्द
१८३९ मा आयरल्यान्डमा
जन्मेका जेरी म्याकअली
बदमास र सडके
चोर थिए ।
आफ्ना
बुबा को थिए
जेरीलाई थाहा थिएन
। आमाले हेरचाह
गर्न नसकेर वा
नचाहेर हजुरआमाले तिनको हेरचाह
गरिन् । परिवारमा
उचित हेरचाह नपाएकाले
तिनी सानै उमेरदेखि
चोरीमा संलग्न भए ।
१३
वर्षको उमेरमा आफ्नो नातेदारसँगै
जिउन तिनी अमेरिका
पठाइए । तर
यो बन्दवस्तले पनि
तिनको बानीलाई सुधारेन
। अमेरिकामा पनि
तिनको मुख्य पेशा
नै चोरी बन्यो
। लत्ता कपडा
किन्न र रक्सी
खान तिनी चोरीमा
संलग्न हुन्थे ।
जेरी
१९ वर्ष पुग्दा
चोरीको अभियोगमा तिनलाई १५
वर्षको जेल सजाय
तोकियो । तिनलाई
सिङ्ग
सिङ्ग
नामक झ्यालखानामा राखियो ।
उक्त झ्यालखानामा ५
वर्ष बिताएपछि एउटा
आइतबार ओर्भिल गार्डनर नाउँ
गरेका ख्रीष्टियानले आफ्नो गवाही
बाँडेको तिनले सुन्ने मौका
पाए । गार्डनरको
शक्तिशाली गवाहीले जेरीको ह्दय
छोयो र तिनले
पनि उही परिवर्तनको
अपेक्षासहित बाइबल पढ्न थाले
। झ्यालखानामा नै तिनले
बाइबललाई दुई पटक
पढेर सिद्याए ।
८
मार्च १८६४ को
रातमा परमेश्वरबाट क्षमा
नपाउञ्जेलसम्म तिनले घुँडा टेकिरहे
। तिनले क्षमाको
महसुस गरेपछि आफ्नो जीवन
प्रभुमा सुम्पे । त्यो
नै तिनको आत्मिक
जन्मदिन थियो ।
ख्रीष्टियान
भएपछि तिनको जीवनमा
सुधारका रेखाहरू देख्न थाले
। तिनको सुधारिएको
जीवन देखेपछि सात
वर्षको जेल जीवनपश्चात्
२६ वर्षको उमेरमा
तिनी जेलमुक्त गरिए
।
ख्रीष्टाब्द
१८७२ मा जेरी
र तिनकी पत्नी
मारियाले न्युयोर्क सहरमा वाटर स्ट्रिट मिसन
नामक संस्थाको स्थापना
गरे । जेरीको
संस्थाले उत्पीडन, समाजमा अपहेलितसाथै
जाँडको कुलतमा फसेका मानिसहरूलाई
हेरचाह गथ्र्यो र तिनीहरूलाई
सुसमाचार सुनाउँथ्यो । उक्त संस्थामार्फत
हजारौँ मानिसहरूलाई प्रभु येशूमा
डोर्याउने
माध्यम बने जेरी
। तिनको सेवाको
प्रत्यक्ष वा अप्रत्यक्ष
प्रभावमा परेर अन्य
सयौँ मिसनहरू स्थापना
गरिएका छन् जसमार्फत
लाखौँ मानिसहरू प्रभु
येशूमा आएका छन्
।