menu bar

Thursday, June 4, 2015

प्रखर वक्ता डी. एल. मुडीले यसरी प्रभु येशूमा विश्वास गरेका थिए



डी. एल. मुडी उन्नाइसौँ शताब्दीका प्रखर वक्ता हुन् तिनी प्रचारक, प्रकाशकसाथै बाइबल स्कुलका संस्थापक थिए तिनले प्रभु येशूमाथि कसरी विश्वास गरे भनी तिनले यसरी वर्णन गरेका छन्:

बोस्टनमा हुँदा बाल सङ्गतिमा उपस्थित हुने गर्थें मलाई याद कि एक दिन काम गर्ने पसलको काउन्टरमा मेरा शिक्षक आउनुभयो उहाँले मेरा काँधमा उहाँका हात राख्नुभयो अनि मलाई ख्रीष्ट मेरो आत्माको विषयमा बताउनुभयो आत्मा हुन्थ्यो भनी मैले त्यसबेलासम्म महसुस पनि गरेको थिएनँ मैले आफैलाई भनेँ, ‘यो एउटा अनौठो कुरो हो यहाँ एक जना मान्छे हुनुहुन्छ जसले मलाई हालै मात्र देख्नुभएको थियो उहाँ मेरा पापको लागि रुँदै हुनुहुन्छ जब कि मैले मेरा पापको लागि कहिल्यै आँसु बगाइनँ तर मानिसको आत्माको निम्ति जोसिलो हुनु भनेको के हो तिनीहरूका पापको निम्ति रुनु भनेको के हो भनी अहिले मैले बुझेको छु उहाँले भन्नुभएको कुरो मलाई याद छैनँ तर आजको रातसम्म पनि मेरा काँधमा उहाँले राख्नुभएका हातको शक्तिको महसुस गरिरहेको छु मैले

एक जना ईश्वरभक्त शिक्षकको चिन्ता आँसुको माध्यमलाई परमेश्वरले यसरी प्रयोग गर्नुभयो कि डी. एल. मुडीले आफ्नो जीवन येशूमा सुम्पे परमेश्वरले मुडीलाई यस्तो असाधारण वक्ताको रूपमा खडा गराउनुभयो कि तिनका सुसमाचारीय कामहरूद्वारा लाखौँ मानिसहरूले आफ्नो जीवन प्रभु येशूमा समर्पित गरे       

Leave Your Comments Here.