menu bar

Monday, June 29, 2015

बाइबल र पुरातत्त्वविद्याबारे ८ ओटा भनाइहरू



 धर्मशास्त्र [बाइबल] को विपरीत हुने कुनै पुरातात्त्विक खोज उचित किसिमले पुष्टि भएको मलाई थाहा छैन बाइबल संसारले जानेको सबैभन्दा विश्वसनीय ऐतिहासिक पाठ्यपुस्तक हो
क्लिफोर्ड विल्सन, पुरातत्त्वविद्साथै लेखक

पुरातत्त्वविद्याले [बाइबलका] अनगिन्ती खण्डहरूलाई पुष्टि गरिदिएको जसलाई आलोचकहरूले इतिहाससित बेमेल वा ज्ञात तथ्यहरूसित परस्पर विरोधी भनी इन्कार गरेका थिए
डा. जोसेफ पी. फ्रि 

हामी ऐतिहासिक पुरातात्त्विक खोजद्वारा पत्ता लगाइएका तथ्यहरूको प्रचुरताद्वारा बाइबलको ऐतिहासिक सच्चाइलाई जाँच गर्न सक्षम भएका छौँ यसका दाबीहरूलाई जाँच गर्न सकिने हरेक अवस्थामा बाइबल विश्वसनीय भरोसायोग्य प्रमाणित भएको
डा. ज्याक कट्रेल, ख्रीष्टियान दार्शनिकसाथै ईश्वरशास्त्री

पुरातात्त्विक कामले बाइबलको अभिलेखको विश्वसनीयतामा भएको निश्चयतालाई मजबुत बनाएको भन्ने कुरामा कुनै प्रश्न छैन
मिल्लर बुरोज, बाइबलीय विद्वान्साथै प्राध्यापक

कुनै पनि पुरातात्त्विक खोज कहिल्यै बाइबलीय सन्दर्भको विरुद्धमा गएको छैन भनी स्पष्टत: भन्न सकिन्छ मनग्गे पुरातात्त्विक खोजहरू पत्ता लगाइएका छन् जसले प्रस्ट सारांशमा वा सबिस्तार ढङ्गमा बाइबलका ऐतिहासिक सन्दर्भहरूको पुष्टि गर्छन् यसै गरी, बाइबलीय बयानहरूको उचित मूल्याङ्कनले प्राय: उदेकका खोजहरूतर्फ डोर्याएको
नेल्सन ग्लुक, पुरातत्त्वविद्साथै रब्बी

जहाँजहाँ सुसमाचारहरूका ज्ञात तथ्यहरूलाई जाँच गर्न सकिन्छ ती उल्लेखनीय रूपमा निरन्तर सही साबित भएका छन्, खास गरी यूहन्नाको सुसमाचारमा पुरातत्त्वविद्हरूले भेडाढोकाको नजिक रहेको बेथस्दाको जलकुण्डका पाँच ओटा दलानहरू (:), सिलोआमको तलाउ (:), सुखारमा भएको याकूबको इनार (:), पिलातसले येशूलाई जाँच गरेकोढुङ्गाका पाटी[गब्बथा] (१९:१३), मन्दिरका हाताहरूमा भएको सोलोमनको दलान (१०:२२२३) हालै मात्र अर्थात् १९६१ मा कैसरियामा एउटा शिलालेख फेला पारियो जसले पहिलो पटक ख्रीष्टको समयमा शासन गर्ने यहूदियाका बडाहाकिम पिलातसको सम्बन्धमा बाइबलेतर प्रमाणलाई जुटाएको प्यालेस्टाइनमा पहिलो शताब्दीको योहानान नाउँ गरेको क्रूसमा चढाइएको मानिसको अस्थिबाकसको खोजले उसका गोलीगाँठाहरूमा काँटीहरूको प्रयोग भएको पुष्टि भएको जसरी ख्रीष्टलाई ठोकिएको थियो दण्डाज्ञा पाएका मानिसका खुट्टाहरूलाई क्रूसमा टाँग्नका लागि डोरीको प्रयोग गरिन्थ्यो भनी पहिलेपहिले सन्देहवादीहरूले विचार गर्थे ... १९९० मा यरूशलेममा यहूदी प्रधान पूजाहारी कैयाफा तिनको परिवारको समाधिस्थल पत्ता लगाइयो यीलगायत अन्य वर्णनहरूले जाँच गर्न सकिने क्षेत्रहरूमा सुसमाचारको विश्वसनीयताबारे अनुकूल प्रभावको रचना गर्छन्
क्रेग एल. ब्लम्बर्ग, नयाँ करारका विद्वान्साथै प्राध्यापक

धेरैले बाइबलको सच्चाइमाथि आशङ्का व्यक्त गरेका छन् [तर] समय अविरल खोजले परमेश्वरको वचनका आलोचकहरूभन्दा यसलाई बढी सूचित गराइएको भनी निरन्तर रूपमा पुष्टि गरेका छन् वास्तवमा प्राचीन संसारका हजारौँ खोजहरूले सारांश प्रायश: सबिस्तार ढङ्गमा बाइबलिय तस्बिरको समर्थन गर्छन् एउटै पनि निर्विवाद खोज कहिल्यै बाइबलको विरुद्धमा गएको छैन
नर्मन गेइस्लर, ख्रीष्टियान दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक

हरेक उदाहरणमा जहाँ पुरातात्त्वविद्याका खोजहरू बाइबलीय अभिलेखसित सम्बन्धित छन् त्यहाँ पुरातात्त्विक साक्षीले धर्मशास्त्रको ऐतिहासिक सच्चाइलाई पुष्टि गर्छ कहिलेकाहीँ सबिस्तार ढङ्गमा प्रमाणित गर्छ ती उदाहरणहरूमा जहाँ पुरातात्त्विक खोजहरू बाइबलसित मतभेद भएको जस्तो देखिन्छन् त्यहाँ विभेद पुरातात्त्विक साक्षीमा जस्तै: अनुचित अर्थ खोलाइ, अपर्याप्त साक्षी आदि, बाइबलमा होइन
डा. ब्रायन्ट सी. वुड, पुरातत्त्वविद्











Leave Your Comments Here.