योसेफको
परिवार नासरतमा आएर बसे
भन्ने अभिव्यक्तिसँगै मत्ती
२ अध्यायको अन्त्य
हुन्छ, “तिनी गएर
नासरत भन्ने नगरमा
बसे । यसरी
अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा
भयो: ‘उहाँ [येशू]
लाई नासरी भनिनेछ’”
(मत्ती २:२३)
। तर ‘उहाँलाई
नासरी भनिनेछ’ भन्ने
भविष्यवाणी पुरानो करारमा कत्तै
पनि पाईंदैन ।
यही कारणले गर्दा
बाइबलका आलोचकहरूले यसलाई त्रुटि
भन्ने सम्मको दुस्साहस
गरेका छन् ।
पुरानो
करारको कुनै एक
खास अगमवक्ता (एकवचन)
ले यसो भने
भनी मत्तीले बताएका
छैनन् । तर
‘उहाँलाई नासरी भनिनेछ’ भन्ने
भविष्यवाणी पुरानो करारका अगमवक्ताहरू
(बहुवचन) द्वारा बोलिएको थियो
भनी लेखकले प्रस्ट
पारेका छन् ।
तसर्थ, कुनै एउटा
अगमवक्ताको पुस्तकमा उक्त भविष्यवाणीलाई
खोज्नु निरर्थक हुन्छ ।
बरु, लेखकले अगमवक्ताका
पुस्तकहरूमा व्यक्त सामान्य सत्यतालाई
उल्लेख गरेका छन् ।
बाइबलको
समयमा नासरत एउटा
नगण्य र तिरस्कृत
सहर थियो ।
फिलिपले मसीहलाई भेट्टाएको खबर
नथानेललाई बताउँदा तिनले जवाफ
दिएका थिए, “के
नासरतबाट केही असल
कुरो आउन सक्छ
र ?” (यूहन्ना १:४६) ।
तसर्थ, “नासरी” एउटा हेलासाथै
तिरस्कार व्यक्त गर्ने शब्द
थियो । मसीहलाई
घृणा गरिनेथियो र
उहाँलाई तिरस्कार गरिनेथियो भनी
पुरानो करारका अगमवक्ताहरूले स्पष्टसँग
भविष्यवाणी गरेका थिए (यशैया
५३:२–३ लाई भजनसंग्रह
२२:६–७ सित तुलना
गर्नुस्) ।