जिम
इलिअट दक्षिण अमेरिकी
राष्ट्र इक्वेडरको घना जङ्गलमा
बस्ने उका अर्थात्
हुरानी आदिवासी जातिलाई सुसमाचार
सुनाउने क्रममा अन्य चार
जना मित्रहरूसँगै सहिद
बनेका थिए ।
अमेरिकामा जन्मेका जिम ८
जनवरी १९५६ मा
यस धरतीबाट बिदा
भएका थिए ।
६ वर्षको उमेरमा
नै प्रभु येशूमाथि
विश्वास गरेका जिमले २९
वर्षको जवान अवस्थामा
सहादत प्राप्त गरे
।
जिम
अति नै उत्साही
ख्रीष्टियान थिए जसले
आफ्ना धेरैजसो विचार र प्रार्थनालाई
लेखेर राख्ने गर्थे
। आफूलाई परमेश्वरले
चलाउनुभएको होस् भन्ने
विषयमा तिनले यसरी लेखेका
थिए, “हे पिता,
मलाई ओजस्वी मान्छे
बनाउनुहोस् । मैले
सम्पर्क गरेकाहरूलाई निर्णयमा ल्याउनुहोस्
। म सडकमा
राखिने कोसेढुङ्गो हुन नपरोस्
। मलाई काँटा
बनाउनुहोस् ताकि मलाई
देखेर मानिसहरूले ख्रीष्टको
सामना गर्दा तिनीहरू
कुनै न कुनै
मार्गमा लागून् ।”
झण्डै
साठी वर्षअगि तिनी
स्वर्गबास भए तापनि
तिनको प्रभाव आजको
दिनसम्म जारी छ
। परमेश्वरले वास्तवमै
तिनको प्रार्थनालाई सुन्नुभएको
छ ।