menu bar

Wednesday, June 17, 2015

कुख्यात बक्सिङ खेलाडीबाट शक्तिशाली प्रचारक बनेका गार्डनर



उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धमा अमेरिकामा जन्मेका ओर्भिल गार्डनर एक कुख्यात मुक्केबाज, जँडयाहा ठग थिए तिनले एक जना मान्छेको हत्या गरिदिएपछि तिनी एक प्रवासी भगुवा बने मुक्केबाजहरूका प्रशिक्षक तिनी यति कुख्यात थिए कि न्युयोर्क टाइम्सले पनि तिनलाईमिस्टर अफुल गार्डनर” (अर्थात् मिस्टर डरलाग्दो गार्डनर) भनेको थियो ।

तर गार्डनरको जीवनमा नाटकीय परिवर्तन देखा पर्यो आफूले ज्यादै माया गरेको तिनको सानो छोरोको निधन भएको केही समयपछि एक दिन तिनी न्युयोर्कको एउटा बारमा उभिरहेका थिए तिनका मिलनसार सङ्गीहरू तिनको वरिपरि थिए निकै गर्मीको समय थियो ताजा हावा लिन तिनी बाहिर निस्के बाहिर बसेर तिनले ती गगनचुम्बी भवनहरूको बिचमा आफ्ना आँखा दौडाएर आकाशतिर हेरे एउटा चम्किलो तारा तिनको मास्तिर चम्किरहेको थियो त्यस तारालाई हेर्दै तिनले आफैलाई यसो भने, “आज बेलुका मेरो सानो छोरो कहाँ होला है ?” त्यसपछि तुरुन्तै तिनको मनमा एउटा विचार उत्पन्न भयो, “ जहाँ भए तापनि तपाईंले आफ्नो  जीवन परिवर्तन गर्नुभएन भने तपाईंले उसलाई कहिल्यै देख्नुहुनेछैन

त्यस रात परमेश्वरको आत्माले गार्डनरलाई छोयो तिनी बारबाट हतारहतार आफ्नो  कोठातर्फ लागे जहाँ तिनकी ईश्वरभक्त आमा बसिरहेकी थिइन् भनी तिनलाई थाहा थियो कोठाभित्र प्रवेश गरेर तिनले आमालाई प्रार्थनाको लागि अनुरोध गरे आमाले छोरोको निम्ति बिन्ति चढाइन् अनि छोरोलाई प्रभु येशू ख्रीष्टमा डोर्याइन्

पछि गार्डनर सुसमाचार प्रचारको शक्तिशाली योद्धा बने । तिनकै गवाहीबाट प्रभावित भएर सात वर्ष जेल जीवन बिताएका जेरी म्यकअलीले येशूमाथि विश्वास गरेका थिए ।

Leave Your Comments Here.