menu bar

Wednesday, June 24, 2015

हडसन टेलर: चाइना इनल्यान्ड मिसनका संस्थापक



आफ्नो जीवनको अन्त्यतिर हडसन टेलरले आफ्ना एक जना मित्रले दिएको चुनौतीलाई सम्झे जसले भनेका थिए, “चीन जाने निर्णल लिएर तपाईंले ठुलो गल्ती गर्दै हुनुहुन्छ तपाईंको पछाडि कुनै संस्था छैन हामी एउटा व्यस्त संसारमा जिउँछौँ तपाईंलाई बिर्सिइनेछ मिसन सात वर्षसम्म पनि टिक्नेछैन तर ती सेवक गलत साबित भए   

हडसन टेलर चीनमा मिसनरी भएर गए तिनले चाइना इनल्यान्ड मिसनको स्थापना गरे जसलाई हाल ओएमएफ इन्टरनेसनल भनेर चिनिन्छ ख्रीष्टाब्द १८६५ मा तिनीद्वारा स्थापित यस संस्थाले ८०० भन्दा बेसी मिसनरीहरूलाई चीनमा झित्र्याउन महत्त्वपूर्ण भूमिका निभाए यस संस्थामार्फत हजारौँ मानिसहरूले आफ्नो जीवन प्रभुमा सुम्पेका छन्

२१ मे १८३२ मा बुबा जेम्स आमा अमेलियाबाट हडसन टेलरको जन्म इङ्गल्यान्डमा भएको थियो ख्रीष्टियान परिवारमा जन्मेको भए तापनि तिनी ख्रीष्टियान विश्वासबाट तर्केर गएका थिए तर १७ वर्षको उमेरमा एउटा सुसमाचारीय पर्चा पढेपछि तिनले ख्रीष्टमाथि विश्वास गरे विश्वासी बनेको केही महिनापश्चात् तिनले आफ्नो सम्पूर्ण जीवन प्रभु येशूमा सुम्पे प्रभुले तिनलाई चीनमा डाक्नुभएको महसुस गरे तिनले

आफ्नो मेडिकल अध्ययनलाई पुरा नगरीकनै २१ वर्षको उमेरमा तिनी चीन प्रस्थान गरे अनि चीनको साङ्घाइमा आइपुगेपछि तिनले चिनियाँ भाषा सिक्न थाले तिनी रुपियाँपैसाको लागि सधैँ परमेश्वरमा भर पर्थे तिनले पटकपटक भनेका छन्, “परमेश्वरको काम परमेश्वरको तरिकामा गरिएमा कहिल्यै खाँचो हुँदैन ती दिनमा मिसनरीहरूलाई चीनका भित्री इलाकाहरूमा जाने अनुमति थिएन तर कहिल्यै सुसमाचार सुन्न नपाएर मरिरहेका लाखौँ आत्माहरूप्रति टेलर निकै चिन्तित थिए त्यसैले राजनीतिक अवरोधलाई वास्ता नगरी तिनी सुसमाचारको लागि भित्री इलाकाहरूमा प्रवेश गरे

ख्रीष्टाब्द १८५८ मा टेलरले मारिया जेनसित विवाह गरे जो एक अनाथ स्त्री थिइन्  

५१ वर्ष चीनमा बिताएका टेलर चिनियाँ संस्कृतिको संवेद्यता सुसमाचार प्रचारको निम्ति निकै प्रसिद्ध छन् त्यस बेलाका मिसनरीहरूको बिचमा दुर्लभ अभ्यास भए तापनि तिनले सुसमाचारको निम्ति स्थानीय चिनियाँहरूको कपडा लगाउँथे तिनले स्थापना गरेको संस्थामा आबद्ध मिसनरीहरूले पनि यही रणनीतिलाई पछ्याउँथे तिनले स्थापना गरेको चाइना इनल्यान्ड मिसन ज्यादै पृथक् थियो उदाहरणको लागि, यो नै पहिलो साँचो रूपमा अन्तरसाम्प्रादायिक मिसनरी सोसाइट थियो यसले अभिषिक्त सेवकहरूलाई भन्दा सामान्य विश्वासीहरूलाई सेवामा खटाउँथ्यो यो विश्वासमा आधारित संस्था थियो जसले रुपियाँपैसाको लागि अनुरोध गर्दैनथ्यो

मिसन क्षेत्रमा टेलरले जुन अद्भूत सफलता हात पारे त्यसको लागि तिनले कैयौँ सङ्घर्षहरूको पनि सामना गर्नुपरेको थियो मस्तिष्कमा पानी जमेर टेलरकी छोरीको मृत्यु भयो; १८६८ को दङ्गामा परेर तिनको परिवार झण्डै मृत्युको मुखमा पुगेको थियो; बच्चा जन्माउने क्रममा तिनकी पत्नी मारियाको निधन भयो; तिनकी दोस्री पत्नी क्यान्सरको कारणले बितिन् तरै पनि टेलर आफ्ना लक्ष्यमा लागिरहे

जुन १९०५ मा टेलर सधैँको लागि आफ्ना अनन्त घरमा प्रस्थान गरे

तिनको मृत्युपश्चात् तिनले स्थापना गरेको चाइना इनल्यान्ड मिसन संसारमै सर्वाधिक ठुलो प्रोटेस्टेन्ट मिसन एजेन्सीको रूपमा चिनियो तिनको जीवनीले सेवा बलिदानको लागि मनग्गे ख्रीष्टियान सेवकहरूलाई अभिप्रेरित गर्यो तिनी सम्भवत: उन्नाइसौँ शताब्दीकै सर्वाधिक परिचित ख्रीष्टियान मिसनरी हुन्

तिनको जीवनको अन्तिम घडीतिर तिनले एक पटक यसरी प्रतिवेदन दिएका थिए, “मैले कहिलेकाहीँ मानिसहरूलाई भेट्दा तिनीहरूले भनेका छन्, ‘परमेश्वरमाथि भरोसा गर्नु एउटा सुन्दर सिद्धान्त हो तर यसले काम गर्दैन तर परमेश्वरलाई धन्यवाद होस् कि यसले काम गरेको यसले काम गर्छ नै ”    

Leave Your Comments Here.