ख्रीष्टियमतका
आधारभूत सिद्धान्तहरूलाई गिराउन चेष्टा गर्ने
कथित् सुसमाचारहरूको ताँती
अन्त्यहीन देखिन्छ । ख्रीष्टाब्द
२०१२ मा जब
प्राध्यापक करेन लि
किङ्ग र उनका
सहकर्मी अन्ने मेरीले चौथो
शताब्दीमा कप्टिक भाषामा लिखित
पपाइरसको टुक्रालाई सार्वजनिक गरे
त्यसले ख्रीष्टियान जगत्मा एउटा
तरङ्ग ल्याइदियो ।
यसका आठ ओटा
क्षत विक्षत हरफहरूमध्ये
एउटा वाक्यांश यस्तो
छ: “येशूले तिनीहरूलाई
भन्नुभयो, ‘मेरी पत्नी
... ।’” यसैको आधारमा येशूले
बिहे गर्नुभएको थियो
भन्ने हल्ला अन्तर्राष्ट्रिय
मिडियाको लागि खुराक
बनेको थियो ।
तर के यस्तो
अनौठो दाबीको लागि
कुनै ऐतिहासिक आधार
छ त ? यस
आलेखमा यस्ता तिन ओटा
तर्कहरू अगाडि सारिएका छन्
जसले येशूले कहिल्यै
बिहे गर्नुभएन भनी
पुष्टि गर्छन् ।
१. येशूले
बिहे
गर्नुभएको
थियो
भनी
बाइबलले
कत्तै
पनि
उल्लेख
गरेको
छैन
।
बाइबलको
नयाँ करार प्राचीन
संसारको ऐतिहासिक रूपमा सबैभन्दा
विश्वसनीय दस्तावेज हो ।
“सुसमाचारहरू” भनेर चिनिने
यसका अगिल्ला चार
ओटा पुस्तकहरू येशूको
जीवनीबारे लेखिएका सबैभन्दा प्राचीन
प्रलेखहरू हुन् ।
न ती सुसमाचारहरूमा
न त पत्रहरूमा
नै उहाँकी पत्नी
थियो भनी कत्तै
सङ्केत गरिएको पाइन्छ ।
येशू क्रूसमा टाँगिनुहुँदा
उहाँले आफ्ना चेला यूहन्नाको
हातमा आफ्नी आमाको जिम्मा
लगाइदिनुभयो (यूहन्ना १९:२५–२७) ।
यदि मरियम मग्दलिनी
उहाँकी पत्नी थिइन् (उहाँले
बिहे गर्नुभएको थियो
भनी दाबी गर्नेहरूले
उनी नै येशूकी
पत्नी थिइन् भनी
जिकिर गर्छन्) भने
किन येशूले आफ्नी
आमालाई यूहन्नाको हातमा सुम्पनुभयो
जब कि मरियम
मग्दलिनी पनि क्रूससम्मै
पुगेकी थिइन् ?
यदि
येशूले बिहे गर्नुभएको
थियो भने यस्तो
महत्त्वपूर्ण विषयलाई बाइबलले अवश्य
नै बताउँथ्यो वा
यस विषयमा कुनै
न कुनै सङ्केत
अवश्य नै हुनेथियो
। बाइबलले येशूकी
आमा मरियम, मरियमका
पति योसेफ, येशूका
भाइहरू र बहिनीहरूको
चर्चा गर्छ ।
बाइबल यस विषयमा
मौन रहनुको सबैभन्दा
सम्भाव्य कारण यही
हो कि उहाँले
बिहे नै गर्नुभएको
थिएन ।
२. येशू
क्रूसमा
मर्न
आउनुभएको
थियो
भनी
उहाँलाई
राम्ररी
थाहा
थियो
।
उहाँको
मृत्युको बारेमा शताब्दीऔँअगि नै
भविष्यवाणी गरिएको थियो (जस्तै:
यशैया ५३) ।
येशू आफैले पनि
उहाँको गिरफ्तार, मृत्यु, गडाइ
र पुनरुत्थानको विषयमा
पटक–पटक भविष्यवाणी
गर्नुभएको थियो (मत्ती १२:३८–४०;
लूका १८:३१–३३) ।
यदि येशूले बिहे
नै गर्नुभएको भए
पनि त्यसमा कुनै
गल्ती हुँदैनथ्यो ।
तर मानव–जातिको
पापको लागि मर्नु
नै उहाँको मिसनको
उद्देश्य भएकोले पति र
पिताको भूमिकालाई उहाँले राम्ररी
पुरा गर्न सक्नुहुन्नथ्यो
भनी उहाँलाई थाहा
थियो ।
३. येशूले
बिहे
गर्नुभएको
थियो
भन्नाका
लागि
कुनै
ऐतिहासिक
साक्षी
छैन
।
हालै
सार्वजनिक गरिएको चौथो शताब्दीको
यस पपाइरसको टुक्रा
र ज्ञानवादी सुसमाचारहरू
(यी वास्तविक सुसाचारहरू
होइनन्) मा उल्लिखित
केही सन्दिग्ध खण्डहरूबाहेक
येशू र मरियम
मग्दलिनीको रोमान्टिक सम्बन्धको लागि
कुनै ऐतिहासिक आधार
छैन । यस्तो
सम्बन्धको बारेमा कुनै सेकुलर,
यहूदी र आदि
ख्रीष्टियान इतिहासकारहरूले एउटै शब्द
पनि उल्लेख गरेको
अभिलेख छैन ।
हालै प्रकाशित यो
टुक्रा र अन्य
ज्ञानवादी सुसमाचारहरू अज्ञात लेखकहरूद्वारा
शताब्दीऔँपछि लेखिएकाले तिनलाई नयाँ
करारको दस्तावेजको प्रकाशको आधारमा
जाँचिनुपर्छ ।
यी
तिन ओटा तर्कहरूलाई
हेरिसकेपछि त्यस पपाइरसको
टुक्रामा अभिलिखित वाक्यांशको अर्थ
के हो भनेर
उत्तर दिइएन भने
यो रचना अधुरो
नै रहन्छ ।
आधुनिक केही विद्वान्हरूको
भनाइअनुसार त्यो किर्ते
गरिएको आधुनिक टुक्रा हो
प्राचीन समयको होइन ।
दोस्रोमा, त्यो वाक्यांश
येशूलाई मानिसको रूपमा मात्र
उभ्याउने उद्देश्यले उहाँको जीवनीको
कैयौँ शताब्दीपछि उहाँको
जीवनमा नभएको तर थपिएको
कथाको अंश हुन
सक्छ । वा
तेस्रोमा, येशूले आलङ्कारिक भाषामा
बोल्दै हुनुहुन्थ्यो ।
यो
पपाइरसको टुक्रालाई सार्वजनिक गर्ने
करेन लि किङ्ग
आफैले पनि सजग
गराएका छन्, “ऐतिहासिक व्यक्तित्व
येशूले वास्तवमै बिहे गर्नुभएको
थियो भन्ने प्रमाणको
लागि [यसलाई] प्रयोग गरिनुहुँदैन
। सम्भवत: यस
खण्डलाई येशू जिउनुभएको
शताब्दीऔँपछाडि लेखियो र अन्य
सबै प्रारम्भिक, ऐतिहासिक
रूपमा विश्वसनीय ख्रीष्टियान
साहित्य यस प्रश्नबारे
मौन छ ।”