मेथोडिज्मको
स्थापनामा उल्लेखनीय भूमिका निर्वाह
गरेका जोन वेस्ली
अठारौँ शताब्दीका महान् प्रचारकसाथै
ईश्वरशास्त्री थिए ।
इङ्गल्यान्डमा जन्मेका वेस्ली आफ्नो
देशमा विद्यमान दास
प्रथा हटोस् भन्ने
चाहना राख्थे ।
तिनको समयमा निकै
परिचित विलियम विल्बसफोर्स नाउँका
एक जना ख्रीष्टियान
राजनीतिज्ञ थिए जो
दास प्रथाको उन्मूलनको
लागि संसदबाट सङ्घर्ष
गर्दै थिए ।
ख्रीष्टाब्द १७९१ मा
सदाको निम्ति आफ्नो
स्थायी घरमा प्रवेश
गरेका वेस्लीले आफ्नो
मृत्युशैय्याबाट विल्बरफोर्सलाई दास प्रथाको
विरुद्धमा लागिरहन लेखेको चिठीको
अंश हो यो:
“धर्म,
इङ्गल्यान्डसाथै मानवीय स्वभावको कलङ्कको
रूपमा विद्यमान त्यस
[अमानवीय दास प्रथा] को विरुद्धमा
लाग्ने तपाईंको महिमित अभियानलाई
साकार पार्न ... परमेश्वरको
शक्तिले नै तपाईंलाई
नउठाएसम्म सम्भव छैन ।
यही कुरोको निम्ति
परमेश्वरले तपाईंलाई उदय नगराउनुभएसम्म
मानिस र शैतानको
विरोधले तपाईंलाई छियाछिया पार्नेछ
। तर, परमेश्वर
नै तपाईंको पक्षमा
हुनुहुन्छ भने तपाईंको
विरुद्धमा को खडा
हुन सक्छ ? के
तिनीहरूको जमात परमेश्वरभन्दा
शक्तिशाली छ र
? परमेश्वरको नाउँ र
उहाँको शक्तिमा अगाडि बढ्नुस्
।”
निश्चय
नै वेस्लीको चिठीले
विल्बरफोर्सलाई दास प्रथा
विरुद्धको आफ्नो अभियानमा अगाडि
बढ्न उर्जा मिलेको
थियो । विल्बरफोर्स
मानवीय कलङ्कको रूपमा स्थापित
दास प्रथाको विरुद्धमा
लागिरहे । अन्ततोगत्वा,
विल्बरफोर्सको पहलमा अमानवीयसाथै बाइबल
विरोधी दास प्रथालाई
इङ्गल्यान्डमा ख्रीष्टाब्द १८०७ मा
कानुनबाट निर्मूलन गरियो ।