पुरातत्त्वविद्हरूद्वारा
पत्ता लगाइएका हजारौँ
शिल्पकृतिमध्ये एउटै पनि
बाइबलको शब्द, वाक्यांश, उपवाक्य
वा वाक्यसित बेमेल
भएको पत्ता लागेको
छैन । यसको
विपरीत ती खोजहरूले
बाइबलको विवरणका सत्यताहरूलाई पुष्टि
गरेका छन् र
प्रमाणित गरेका छन् ।
डा. जे.
ओ.
किनम्यान,
बाइबलीय
विद्वान्साथै
पुरातत्त्वविद्
पुरातत्त्वविद्याले
पुरानो करारको परम्परागत रूपमा
महत्त्वपूर्ण ऐतिहासिकतालाई पुष्टि गरिदिएको छ
भन्ने कुरामा कुनै
शङ्का छैन ।
विलियम एफ.
अल्ब्राइट,
पुरातत्त्वविद्साथै
बाइबलीय
विद्वान्
बाइबलको
विश्वसनियतामाथि उपहास गर्नेहरूले बाइबलको
ऐतिहासिक विश्वसनियतालाई हजारौँ पुरातात्त्विक खोजहरूले
पुष्टि गरेका छन् भन्ने
सत्यतालाई पूर्णतया बेवास्ता गरेर
त्यसो भनेका छन्
।
चार्ली क्याम्पबेल,
लेखकसाथै
शिक्षक
बाइबलीय
विवरणहरूलाई “प्राचीन दन्त्यकथा” वा
“किँवदन्ती” को रूपमा
उपेक्षा गर्नेहरूले यी पुरातात्त्विक
खोजहरूबारे भएको तिनीहरूको
अज्ञानतालाई मात्र प्रकट गर्छन्
।
चार्ली क्याम्पबेल,
लेखकसाथै
शिक्षक
वास्तवमा
बाइबलसित पुरातात्त्विक सामग्रीको पूर्ण सामञ्जस्यमा
समस्या अझै बाँकी
छ । तर,
थप अनुसन्धानद्वारा समाधान
गर्न नसकिने गम्भीर
समस्या भने विद्यमान
छैन । यो
अत्यधिक महत्त्वपूर्ण हुनैपर्छ कि यी
समयका बाइबलको इतिहासको
सम्बन्धमा समर्थन गर्ने थुप्रै
साक्षीलाई ध्यानमा राख्दा कुनै
पनि बुँदामा बाइबल
भुलमा छ भनी
प्रमाणित गर्ने पुरातत्त्वविद्याको एउटै
पनि सन्दिग्ध खोज
विद्यमान छैन ।
डा. हेन्री
एम.
मोरिस,
ख्रीष्टियान
रक्षाशास्त्रीसाथै
लेखक
पुरानो
करारको इतिहासको हरेक समयमा
धर्मशास्त्रले सत्य बोल्छ
भन्नाका लागि पुरातत्त्वविद्याबाट
हामीसँग असल साक्षी
छ । धेरै
उदाहरणमा त धर्मशास्त्रले
व्याख्या गरेको समय र
चालचलनको सम्बन्धमा यसले प्रत्यक्ष
जानकारी पनि उपलब्ध
गराउँछ । धेरैले
बाइबलको सच्चाइमाथि शङ्का गरे
तापनि बाइबलका आलोचकहरूभन्दा
परमेश्वरको वचन बढी
अवगत गराइएको छ
भनी समय र
निरन्तर खोजले स्थिरतापूर्वक पुष्टि
गरेका छन् ।
डा. नर्मन
गेइस्लर,
ख्रीष्टियान
दार्शनिक,
रक्षाशास्त्रीसाथै
लेखक
पुरातत्त्वविद्याको
आगमनले इतिहासकारहरू र कट्टरवादी
ख्रीष्टियानको बिचमा भएको गतिरोधलाई
तोड्ने काम गर्यो
भन्दा अत्युक्ति नहोला
। थोरै थोरै
गरेर, एउटा सहरदेखि
अर्को सहर, एउटा
सभ्यतादेखि अर्को सभ्यता, एउटा
संस्कृतिदेखि अर्को संस्कृति जसका
स्मृतिहरू केवल बाइबलमा
सुरक्षित थिए, पुरातत्त्वविद्हरूका
अध्ययनद्वारा ती प्राचीन
इतिहासमा तिनको उचित स्थानमा
पुनस्थापित भएका छन्
। ... समष्टिगत नतिजा
निर्विवाद छ ।
बिर्सिएका सहरहरू पत्ता लगाइएका
छन्; गाएब भएका
मानिसहरूका हस्तकलाहरू पुन: देखा
परेका छन्; बाइबलीय
घटनाका समकालिक अभिलेखहरू उत्खनन
गरिएका छन् र
तिनलाई प्राचीन जातिहरूका हालै
बुझिएका धर्महरूसित तुलना गर्दा
बाइबलीय प्रकाशको अद्वितीयतामा बल
मिलेको छ ।
कतै पनि पुरातात्त्विक
खोजले इतिहासको रूपमा
बाइबलको खण्डन गरेको छैन
।
जोन एल्डर,
पुरातत्त्वविद्
पुरानो
करारको पुरातत्त्वविद्याले सम्पूर्ण जातिलाई पुन:
पत्ता लगाएको छ;
महत्त्वपूर्ण मानिसहरूलाई बिउँताएको छ
। र, पुरातत्त्वविद्याले
बाइबलका पृष्ठभूमिहरूको ज्ञानमा नाप्नै नसकिने
गरी सहायता गरेर
ऐतिहासिक छिद्रहरूमा आश्चर्यमय ढङ्गमा
भर्ने काम गरेको
छ ।
मेरिल एफ.
अङ्गर,
बाइबल
टिप्पणीकारसाथै
ईश्वरशास्त्री
सत्यताहरू
जान्ने व्यक्तिले अब महसुस
गर्नैपर्छ कि नयाँ
करारलाई उल्लेखनीय रूपमा साँचो
स्रोत सामग्री सङ्कलन
पुस्तकको रूपमा स्वीकार गरिनैपर्छ
।
क्लिफोर्ड विल्सन,
पुरातत्त्वविद्साथै
लेखक
अठारौँ
र उन्नाइसौँ शताब्दीका
महत्त्वपूर्ण स्कुलहरूद्वारा बाइबलप्रति देखाइएको अतिशय
सन्देहवादका केही रूप
समय समयमा देखा
परे तापनि त्यो
प्रगतिशील रूपमा अपमानित हुँदै
छ । खोजपछिका
खोजले अनगिन्ती वर्णनका
शुद्धतालाई प्रष्ट पारेका छन्
र यसले इतिहासको
श्रोतको रूपमा बाइबलको महत्त्वलाई
चिनाएको छ ।
विलियम एफ.
अल्ब्राइट,
पुरातत्त्वविद्साथै
बाइबलीय
विद्वान्