एक
दिन प्लेटोवादबाट प्रभावित
जस्टिन नाउँका एक जना
दार्शनिक एफिसस नजिकैको स्थानमा
हिँड्दै थिए ।
एक जना वृद्ध
मान्छे तिनको पछि आइरहेको
देखे तिनले ।
तिनी एक्कासि पछाडि
फर्केर ती अपरिचित
पाको मान्छेलाई हेर्न
थाले ।
“तपाईं
मलाई किन एकटक
लगाएर हेर्नुहुन्छ ?”, ती
पाको मान्छेले सोधे
।
जस्टिनले
जवाफ दिए, “यस्तो
एकान्त स्थानमा तपाईंलाई देख्दा
म छक्क परेको
छु ।”
“म
यहाँ मेरो एक
जना नातेदारलाई खोज्न
आएको हुँ ।
तर तपाईंचाहिँ किन
आउनुभयो नि ?” वृद्धले जवाफ
फर्काउँदै प्रतिप्रश्न गरे ।
“मेरो
तर्कको अभ्यास गर्न” भन्ने
जस्टिनको जवाफ सुनेपछि
ती पाको मान्छेले
पुन: प्रश्न गरे,
“के दर्शनशास्त्रले कसैलाई
खुसी दिन्छ र
?”
जस्टिनले
“दिन्छ” भन्ने उत्तर दिए
तापनि तिनको भावनमा
निश्चयता झल्कँदैनथ्यो ।
“दर्शनशास्त्र
र खुसी भनेको
के हो ? मलाई
बताउनुस् त”, ती
वृद्धले जान्न चाहे ।
ती
जवान दार्शनिकले परम्परागत
जवाफ दिए, “दर्शनशास्त्र
भनेको वास्तविकताको पूर्ण
ज्ञान र सत्यताको
प्रस्ट बोध हो
। खुसी यस्तो
ज्ञान र बुद्धिको
इनाम हो ।”
“तपाईं
परमेश्वरलाई कसरी परिभाषित
गर्नुहुन्छ ?” ती बुढो
मान्छेले सोधे ।
जस्टिनले
जे सिकेका थिए
त्यही उत्तर दिए,
“सबै थोकको अपरिवर्तनशील
कारण ।”
त्यसपछि
वृद्धले प्रश्नहरू तेर्साए, “त्यसो
भए जसले उहाँलाई
देखेको छ उसबाट
नसुनीकन के कसैले
परमेश्वरलाई जान्न सक्छ त
? परमेश्वरलाई कहिल्यै नदेखेका दार्शनिकहरूले
कसरी सही तवरले
न्याय गर्न सक्छन्
त ?”
प्लेटेको
भनाइलाई उद्धृत गर्दै ती
जवान मानिसले जवाफ
दिए, “परमेश्वरलाई समझद्वारा
मात्र जान्न सकिन्छ
र समझ शुद्ध
र राम्ररी तयार
हुँदा मात्रै ।”
जस्टिनको
जवाफबाट कत्ति पनि नआत्तिई
ती वृद्ध मानिसले
भने, “प्राचीन शिक्षकहरू
छन् जसले ईश्वरीय
प्रेरणा पाएर बोले
र तिनीहरूले भविष्यको
बारेमा बताए ।
तिनीहरूका भविष्यवाणी र आश्चर्यकर्महरूद्वारा
तिनीहरूले आफैलाई प्रमाणित गरे
।”
त्यसपछि
जस्टिनले उपहासपूर्ण ढङ्गमा एकटकले
हेरे । तर
तिनले कुनै जवाफ
दिन भने सकेनन्
।
ती
वृद्धले जारी राखे,
“तपाईंका निम्ति ज्योतिका द्वारहरू
खोल्न सकून् भनी
प्रार्थना गर्नुस् । परमेश्वर
र उहाँका ख्रीष्टले
बुद्धि दिनुभएका मानिसद्वारा मात्रै
यी कुराहरूलाई बुझ्न
सकिन्छन् ।”
ती
वृद्धको तर्कबाट प्रभावित भई
जस्टिनले आफ्नो पुरानो धर्मलाई
त्यागी आफ्नो जीवन येशू
ख्रीष्टमा सुम्पे । अन्तत:
ती जवान ठिटो
दोस्रो शताब्दीका सर्वाधिक महत्त्वपूर्ण
रक्षाशास्त्रीको रूपमा खडा भए
। ख्रीष्टियान विश्वासको
पक्षमा लेखेका तिनका तिन
ओटा कृतिहरू अझै
पनि सुरक्षित छन्
। आफ्नो विश्वासको निम्ति सहिद
बनेका सन्त जस्टिनलाई
जस्टिन मार्टर भनेर चिनिन्छ
।