menu bar

Tuesday, June 30, 2015

मृत सागरका मुट्ठाहरू: बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज



ख्रीष्टाब्द १९४७१९५६ सम्ममा मृत सागरको उत्तरपश्चिमपट्टि अवस्थित एघार ओटा गुफाहरूमा पत्ता लगाइएका झण्डै ९८१ ओटा पाण्डुलिपिका टुक्राहरूको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू भनेर चिनिन्छ कुमरान भनेर चिनिने यो क्षेत्र यरूशलेमदेखि १३ माइल पूर्वमा समुद्री सतहदेखि ,३०० फिट तल पर्छ

धेरैले यसलाई बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका छन् यी पाण्डुलिपिहरूको ऐतिहासिक, धार्मिक भाषिक महत्त्व रहेका छन् यहूदी धर्म ख्रीष्टियमतबारे भएको हाम्रो ज्ञानलाई यस आविष्कारले अति नै वृद्धि गरेको एस्तरको पुस्तकबाहेक पुरानो करारको प्रत्येक पुस्तकको टुक्रा फेला पारिएको गुफा नम्बर मा यशैयाको पुरै पुस्तक फेला पारिएको थियो मृत सागरका मुट्ठाहरूको खोजसँगै हामीसँग भएका पाण्डुलिपिहरूभन्दा झण्डै एक हजार वर्षअगि पुग्न सफल भएका छौँ हामी   

पत्ता लगाइएका अधिकांश पाण्डुलिपिहरू हिब्रू भाषामा लेखिएका छन् भने ग्रिक आरमेइक भाषामा लेखिएका केही प्रतिलिपिहरू पनि फेला पारिएका छन्  

यी सामग्रीहरू तेस्रो शताब्दी ख्रीष्टपूर्वको आरम्भ ख्रीष्टाब्द पहिलो शताब्दीको उत्तराद्र्धको बिचमा तयार पारिएका थिए भनी विद्वान्हरू सहमत छन् यसको अर्थ यी पाण्डुलिपिहरू झण्डै २००० वर्षसम्म ती गुफाहरूमा सुरक्षित रहे एसिएनहरू भनेर चिनिने यहूदी सम्प्रदायले यी मुट्ठाहरूलाई तयार पारेर त्यहाँ राखेका थिए

वास्तवमा यी मुट्ठाहरू पत्ता लगाइएका पुरानो करारका सर्वाधिक प्राचीन पाण्डुलिपिहरू हुन् हाल विद्यमान पुरानो करारको पाठयपुस्तक सही तरिकाले प्रतिलिपि हुँदै हामीकहाँ आइपुगेको रहेछ भनी यस खोजले उदाङ्गो पारेको पुरानो करारको विश्वसनियतामाथि आशङ्का गर्नेहरूलाई यस उदेकको खोजले लज्जित तुल्याइदिएको  

पुरातत्त्वविद् डा. ब्रायन्ट वूडले भनेका छन्, “सम्भवत: मृत सागरका मुट्ठाहरूको सर्वाधिक बाइबलीय प्रभाव हाम्रो पहिलेको प्राचीनतम पाण्डुलिपिभन्दा तिनले झण्डै ,००० वर्ष प्राचीन पुरानो करारका पाण्डुलिपिहरू जुटाएका छन् यो अन्तरालमा पुरानो करार ठिक प्रकारले सम्प्रेषण गरिएको रहेछ भनी मृत सागरका मुट्ठाहरूले पुष्टि गरेका छन् यसका अतिरिक्त, ख्रीष्टको जीवनको समय त्यस अगिको पृष्ठभूमिबारे तिनले प्रचुर जानकारी उपलब्ध गराउँछन्



Leave Your Comments Here.