उन्नाइसौँ
शताब्दीको पूर्वाद्र्धमा स्कटल्यान्डमा जन्मेका जर्ज स्टट
हाम्रो छिमेकी मुलुक चीनको
झेजियाङ्ग प्रान्तको वेन्जु सहरमा
जाने पहिलो ख्रीष्टियान
मिसनरी हुन् ।
१९
वर्षको उमेरमा लडेर खुट्टा
सुन्निएकोले पछि तिनले
देब्रे खुट्टा नै गुमाउन
पुगे । अपाङ्ग
हुँदाहुँदै पनि तिनी
४ अक्टोबर १८६५
मा मिसनरी भएर
चीनतर्फ लागे ।
शारीरिक अशक्तताको बाबजुत पनि
तिनी एक प्रभावशाली
मिसन अगुवाको रूपमा
खडा भए ।
स्टटले
सेवा गरेको वेन्जु
सहरमा स्थापित झेङ्ग्सी क्रिस्चियन चर्च
प्राचीनतम चर्च हो
जुन अहिलेसम्म पनि
तिनको सेवाको साक्षीको
रूपमा खडा छ
। आज वेन्जु
सहरलाई “चीनको यरूशलेम” भनेर
चिनिन्छ किनकि पुरै वेन्जु
नगरपालिकामा भएका ६०
लाख जनसङ्ख्यामध्ये १०%
अर्थात् ६ लाख
इभान्जलिकल ख्रीष्टियानहरू छन् ।
एउटा
मात्र खुट्टा भएको
अशक्त व्यक्ति भएर
पनि तिनी किन
मिसनरी भएर चीन
जान लागेका थिए
भनी तिनलाई सोध्दा
तिनले यसरी उत्तर
दिएका थिए, “दुई
ओटा खुट्टा भएकाहरू
गएको मैले देखिनँ
। तसर्थ, म
जानैपर्छ ।” अपाङ्ग
भएर तिनले चीनमा
२२ वर्षभन्दा बेसी
समय बिताए ।