menu bar

Sunday, June 28, 2015

कोइला खानीको कामदारबाट महान् प्रचारक बनेका बिल्ली ब्रे



ख्रीष्टाब्द १७९४ मा बिल्ली ब्रेको जन्म इङ्गल्यान्डमा भएको थियो तिनी अशिक्षित व्यक्तिको रूपमा हुर्के कोइला खानीमा काम गर्न गए तिनी जाँडको कुलतमा फसे आफ्नो जीवनलाई दुष्टतामा डोर्याए तिनको बुझाइमा तिनी एक महान् पापी थिए तिनको लागि कृपाको ढोका बन्द गरिएको थियो

तर एउटा पुस्तकले तिनको जीवनमा नसोचोको परिवर्तन ल्याइदियो स्वर्ग नरकको विषयमा लेखिएको एउटा पुस्तक तिनको हातमा पर्यो त्यो पुस्तकले तिनलाई ख्रीष्टियान विश्वासतर्फ डोर्यायो यो ख्रीष्टाब्द १८२३ को कुरो थियो जुन बेला तिनी २९ वर्ष पुगेका थिए

नाटकीय परिवर्तनको महसुस गरेपछि तिनको जीवनमा देखा परेको एउटा उदेकको कुरो प्रचारको निम्ति तिनको उत्साह थियो कोही मानिस तिनीकहाँ पुग्दा तिनी सधैँ मुस्कुराइरहेको, गाइरहेको परमेश्वरको प्रशंसा गरिरहेका हुन्थे एक दिन कसैले तिनलाई तिनको प्रशस्त आनन्दको कारण सोध्दा तिनले यसरी जवाफ दिएका थिए, “उहाँले मलाई प्रसन्न पार्नुभएको कसैले मलाई अप्रसन्न पार्न सक्दैन

पछि बिल्ली इङ्गल्यान्डमा एक महान् प्रचारक बने तिनी तिनको छोरो मिलेर थुप्रै मण्डली भवनहरू खडा गरे

Leave Your Comments Here.